कोरोनाको आतंक र सामाजिक सञ्जाल

विश्व यतिबेला कहिल्यै नभोगेको कहरबाट गुज्रिरहेको छ । प्रादेशिक अस्पताल धनगढीमा उपचाररत दुबईबाट आएका ३४ वर्षीय एक पुरुषमा १४ चैतमा कोरोनाको पुष्टि भएको छ । यूएईको सारजाहबाट एयर अरेबियाको उडान नम्बर जी ९५३७ बाट चैत ६ गते स्वदेश फर्किएका ३२ वर्षीय धादिङको नेत्रावतीका ऊरबहादुर तामाङ नेपालीमा कोभिड–१९ बुधवार चैत ११ मा देखिएको छ । दुई दिनअघि मात्रै कतार हुँदै फ्रान्सबाट चैत ४ गते कतार एयरवेजबाट २ सय ५ यात्रुसँगै स्वदेश फर्केकी मैतीदेवीकी १९ वर्षीया सदिच्छा श्रेष्ठमा कोरोना संक्रमण पुष्टि भएको थियो । दुई महिनाअघि माघ ८ मा वुहानबाट स्वदेश आएका एक युवामा संक्रमणको पुष्टि भएको थियो । यी सबै स्वदेश आएको ६ दिनपछि मात्र कोरोनाको परीक्षण पुष्टि भएका हुन् । हालसम्म विदेशबाट स्वदेश आएकामा मात्र कोरोना देखिएकाले संक्रमण प्रथम चरणमै छ र संक्रमितलाई आइसोलेसनमै राखेर उपचार गरिँदै आएको छ ।

विश्व स्वास्थ्य संगठनले मार्च ११ मा कोरोनालाई विश्वव्यापी महामारीका रूपमा घोषणा गरेपछि त्यसै दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गर्दै महामारी फैलिए पकेट एरिया लकडाउन गर्ने योजना रहेको बताएको थियो । भारतमा पनि जनता कर्पm्यु लगाउने निर्णय प्रधानमन्त्रीले गरेका छन् । महामारी नियन्त्रणका लागि प्रहरीको कठोर निगरानी र सुरक्षामा रहने अर्थात् अनुमतिबिना आवतजावत गर्न नपाउने, विद्यालय, बजार, बंैक, रेस्टुरेन्ट सबै बन्द गर्नु लकडाउन अर्थात् हेल्थ कस्टडी हो । एक प्रकारको कर्पm्युजस्तै हो । तर, मानवीय सहयोगलाई ध्यानमा राख्नैपर्छ । अन्य मुलुकका तुलनामा नेपालले संकटसँग जुध्न पर्याप्त समय र अवसर पाएको हो तर जनतालाई कोरोना संक्रमणबाट सुरक्षित राख्न सरकारले चैत ११ देखि १८ गतेसम्म लकडाउन गरेको छ र स्वास्थ्यका हिसाबले अन्तिम संक्रमण देखिएको १४ दिनसम्म हेर्ने भएकाले लकडाउन थपिने देखिन्छ । भारतले सुरुमै तीन हप्ताको लकडाउन गरेको छ ।

कोरोनाभन्दा ठूलो मिडिया भाइरस
कोभिड’bout सामाजिक सञ्जालमा फैलिएको हल्लाले मानसिक रोगीमा धेरै डर पैदा गरिदिएको छ । औषधि खाएर सामान्य हुँदै गएकामा पनि डरले रोग बल्झिँदै छ । भ्रामक टिप्पणी जति हेर्छन् उति नै आत्तिने र आउने गरेका मनोचिकित्सक बताउ“छन् । मास्क पाउँदैन, सेनिटाइजर नभए रोग सर्छजस्ता सोचाइले रोगी बढेका छन् । रुघाखोकी, ज्वरो हुनेबित्तिकै कोरोनाकै शंकामा टेकु अस्पतालमा दैनिक २ सय बढीको भीड लाग्छ । चीन, इटली या कोरोना फैलिएको देशबाट फर्किएका या त्यस्ता व्यक्तिको सम्पर्कमा आएपछि खोकी, ज्वरो लाग्ला जस्तो भयो भन्ने धेरै छन् । तर, पनि नजिकैको स्वास्थ्यसंस्थामा मनोपरामर्श वा योग व्यायाम गरेर तनाव कम गर्न सकिने वैकल्पिक उपाय देख्दैनन् । विश्व स्वास्थ्य संगठनले त यस्ता अफवाहपूर्ण सूचना र जानकारीको महामारी नै फैलिएको र यसको उचित नियन्त्रण गर्न नसकेमा कोरोनाको विश्वव्यापी महामारी नियन्त्रणमा समेत समस्या हुने निक्र्याेल गर्दै निगरानीका निम्ति कार्यदल नै बनाएको छ भने सामाजिक सञ्जाल, गुगल, ट्वीटर, युट्युब, भाइबर, ह्वाट्सएप, फेसबुकले पनि नियन्त्रणका लागि प्रभावकारी कदम चालिरहेका छन् । तथापि, पूर्णरूपमा नियन्त्रण हुन सकेका छैनन् ।

विषम परिस्थितिमा सूचना प्रसार कसरी गर्ने भन्ने ज्ञान नभएको, सरकारी तहबाट व्यवस्थित सूचना प्रसार नभइरहेका अनि सामाजिक सञ्जालमार्फत प्रसारित अपुष्ट सूचनामा छिट्टै विश्वास गर्ने समाज रहेका कारण अफवाहको संक्रमण झनै तीव्र हुने खतरा रहन्छ । खुला सीमा र सीमावर्ती नाकामार्फत भइरहेको हजारौंको सहज आवागमनले सम्भावित जोखिम बढिरहेको छ । पछिल्ला दिनमा सामाजिक सञ्जालमार्फत भ्रम र अफवाह फैलाउने केही व्यक्तिको पहिचान गरेर प्रहरीले नियन्त्रणमा लिन थालेको छ । तर, मन्त्रीहरू, दलका नेताहरूबाट नै आश्वस्त पार्नेभन्दा भ्रम फैलाउने काम गरिरहेका छन् । पर्यटन मन्त्रीको कोरोनामुक्त देशको प्रचार गर्दै पर्यटक भिœयाउने, भूमि व्यवस्थामन्त्रीको नेपालीको रोगसँग लड्न सक्ने क्षमता रहेकाले कोरोनाले केही नगर्ने मन्तव्यले समेत अफवाह फैलाएको छ । सूचनाको तलतल स्वाभाविक हो, तर सूचना लिने मिडिया हेरेर, सुनेर आजित छन्, के हेर्न खोज्यो, सुन्न खोज्यो अब त फोन गर्न खोज्दा पनि कोभिडकै सूचना छ । के सामाजिक सञ्जाल, टिकटक, गीतसंगीत चारैतिर कोरोनाकै चर्चा छ । सरकार पनि सभा, सम्मेलन, सार्वजनिक स्थलमा २६ जना हुँदा भाइरस सक्रिय हुने, रोग सर्ने र २५ हुँदासम्म कोरोना निष्क्रिय भई रोग नसर्ने गरी सन्देश दिनेमा व्यस्त रहेको छ ।

प्रवक्ता तोक्ने र उसले दैनिक सूचना प्रवाह गर्नेलगायत प्रभावकारी सञ्चारनीति तर्जुमा गरी सूचना प्रवाह गर्नु आवश्यक सर्त बनाइनुपर्छ

आमनागरिकमा सन्त्रास फैलाउने महामारीलगायतका घटना परिघटना’bout आधिकारिक जानकारी दिने एकद्वार पोर्टलको अभाव छ । त्यसको ज्वलन्त समस्या हाल फैलिरहेको कोरोना भाइरसको संक्रमण’bout भ्रमपूर्ण सूचना र जानकारी सार्वजनिक भइरहँदा जनसमुदायमा बढ्दो डर, त्रास र सन्त्रास व्याप्त छ । मन्त्रालयको वेभसाइटमा सीमित प्रेस विज्ञप्ति मात्र छन् । स्वास्थ्य आपतकालीन परिचालन केन्द्रमा भाइरस’bout केही जानकारी छ तर त्यो पनि अंग्रेजीमा छ । सरकारको तदारुकता र विश्वसनीयता बढाउन, अद्यावधिक र आधिकारिक सूचना प्रवाहले आमजनमानसमा सकारात्मक मनोवैज्ञानिक असर पर्छ । प्रवक्ता तोक्ने र उसले दैनिक सूचना प्रवाह गर्ने तथा प्रभावकारी सञ्चारनीतिको तर्जुमा गरी सञ्चारमाध्यमबाट सूचना प्रवाह गर्नु आवश्यक सर्त भए पनि लकडाउनपछि वामे सरेको भान भएको छ । जबकि छिमेकी भारतले स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले एकद्वार सूचना प्रणाली विकास गरी नेसनल हेल्थ पोर्टलमा कोरोना’bout विभिन्न भाषामा जानकारी, निर्देशिका र ट्राभल एडभाइजरीलगायत प्रशिक्षकलाई सूचना दिने सामग्री केन्द्रीय तथा राज्यस्तरमा स्थापित हेल्पलाइन राखेको एक महिना भइसकेको छ ।

कोरोना फोबिया
अनावश्यक त्रास हुँदा देखिन सक्ने लक्षणमा आफूलाई कोरोना भयो कि भन्ने शंका भइरहने हुन्छ । त्यसले गर्दा अत्यधिक त्रास उत्पन्न भई सामान्य खोकी मात्र लाग्दा पनि कोरोना नै भयो कि भनेर डरले सताउँछ । त्रासका कारण दैनिक कामकाजमा ध्यान केन्द्रित गर्न गाह्रो हुन्छ । डरका कारण एक्कासि सास बढेजस्तो, श्वास लिन गाह्रो भएजस्तो, मुटुको धड्कन बढेजस्तो हन्छ । त्रासकै कारण निद्रा नलाग्ने, बेचैनी, छटपटी हुने, सामाजिक घुलमिलमा डर लाग्ने हुन्छ । आफ्नो स्वास्थ्य’bout अनावश्यक र अत्यधिक चिन्ता हुने गर्छ । यही मानसिक रोगका कारण अनावश्यक चिन्ता र त्रासले रोग बल्झिने वा बढी च्याप्ने समस्या देखिन्छ । कोरोना प्रभावित देश र क्षेत्रबाट फर्किएका वा क्वारेन्टाइनमा रहेकामा यी समस्याले सताउने सम्भावना बढी हुन्छ । यसमा सामाजिक सञ्जालमा आउने वा गाउँघरमा चल्ने अनावश्यक र अफवाह, हल्लाले बढी भूमिका खेल्छ । स्वाभाविक हो कि कोरोनाको फैलावट बढ्दै गएपछि मानिसका दैनिकी र जनजीवन खुम्चिँदै जान्छन् ।

जोखिममा स्वास्थ्यकर्मी
संक्रमणले सबैभन्दा असर पु-याउने स्वास्थ्यकर्मीलाई हो । अस्पताल २४सै घण्टा खुला रहनुपर्छ । स्वास्थ्यकर्मी छुट्टीमा बस्न पाउँदैनन् । आफू मात्र नभई बिरामीलाई बचाउने बढी तनावमा हुन्छन् । निद्रा, आराम, व्यायाम, आधारभूत आवश्यकता खाना, पानी र आवासकै नियमितता हुँदैन । परिवार, घर र समाजबाट टाढा भइरहेका हुन्छन् । उनीहरूलाई फोन र सामाजिक सञ्जालमार्फत सम्पर्कमा राख्नुपर्छ । धुम्रपान, मद्यपान र लागूपदार्थको लतमा रहने सम्भावना रहन्छ । उपत्यकालगायत देशका सहरमा चिकित्सकलाई घरभाडाबाट निकाल्ने क्रम बढ्दै छ । मानसिक स्वास्थ्यकर्मीको मनोवैज्ञानिक ढाडसबाट उनीहरूको प्राथमिक उपचार गर्न जरुरी छ । सही सूचनाको जानकारी अनिवार्य सर्त हो । खेलकुद, प्रार्थना, ध्यान, मनोरञ्जनको व्यवस्था पनि जरुरी छ ।

रोकथाम
आधिकारिक निकायका वेभसाईटबाट भरपर्दाे र विश्वसनीय जानकारी सत्यतथ्य बुझ्ने, भ्रमबाट टाढै बस्ने गर्नुपर्छ । समाचार दैनिक एकपटक हेर्ने गर्दा राम्रो हुन्छ । स्वस्थ खानेकुरा, पर्याप्त निद्रा, आवश्यक आराम, नियमित शारीरिक व्यायाम, नशाजन्य पदार्थको सेवन नगर्ने, काममा व्यस्त, सकारात्मक सोच अपनाउने यसले रोगसँग लड्न सक्ने प्रतिरोधात्मक शक्ति बढाउँछ । रोग सर्न सक्ने जोखिमको न्यूनीकरण गर्न संक्रमितदेखि १ देखि २ मिटर टाढा बस्ने, भीडभाडमा नजाने, रुघाखोकी लाग्दा घरमै आराम गर्ने गर्नुपर्छ । सार्वजनिक स्थानका अनेकन स्थानमा नछुने, छोइहाले नाक मुख, आ“खामा नछुने छिट्टै साबुनपानीले हात धुने वा सेनिटाइजर प्रयोग गर्ने गर्नुपर्छ । हात मिलाउनुका साटो नमस्कार गर्ने उपाय अपनाउनुपर्छ । आवश्यकताअनुसार विशेषज्ञको परामर्श लिनुपर्छ । प्रभावित देशबाट भर्खरै फर्केको वा उनीहरूसँग सम्पर्कमा आएको भए क्वारेन्टाइनमा जानुपर्छ । यदि कोरोनाको लक्षण पुष्टि भएमा आइसोलेसन र जटिलता भए अस्पताल भर्नाको जरुरत पर्न सक्छ ।

तपाइको प्रतिक्रिया
(Visited 304 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रुपन्देहीको शुद्वोधन गाउँपालिकामा पनि काँग्रेसका उम्मेदवार विजयी