गौर हत्याकाण्डः सरकार र पीडित संघर्ष समितिका बीचमा शनिबार वार्ता हुदै

रौतहट । न्यायको माग गर्दै आन्दोलनरत गौर हत्याकाण्ड पीडित संघर्ष समितिलाई सरकारले वार्तामा बोलाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले शुक्रबार आन्दोलनरत संघर्ष समितिलाई वार्तामा बोलाएको हो ।

सरकारले वार्तामा बोलाएपछि शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सरकार र आन्दोलनरत समितिका बीचमा वार्ता हुने तय भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनरत पक्षलाई वार्तामा आउँन र वार्ताबाटै समस्याको समाधान गर्न आग्रह गरेको सहसचिव अर्जुन भण्डारीले जनाएका छन् ।

यसैबीच न्यायको माग गर्दै संघर्ष समितिले जारी राखेको धर्ना लगायत आन्दोलनका कार्यक्रममा समर्थन जनाउँदै कलैयामा आज प्रदर्शन भएको छ । आम जनता पार्टी (आजपा) निकटको आम विद्यार्थी मोर्चाले समितिको आन्दोलनमा समर्थन जनाउँदै उनीहरुको माग सम्बोधनका लागि कलैयामा विरोध र्यालीका साथै जिल्ला प्रशासन कार्यालय बारामा ज्ञापन पत्र बुझाएको छ ।

‘गौर हत्याकाण्डको दोषीलाई कारवाही गर, कानुनी शासन र मानवअधिकारको रक्षा गर, भन्ने नारा सहित निकालिएको र्यालीमा आजपा बाराका इन्चार्ज अशोक लामा, विद्यार्थी मोर्चाका केन्द्रीय इन्चार्ज उमेश कुशवाहा, पार्टी एवं विद्यार्थी नेताहरु बिकास कुशवाहा, सन्देश साह, राकेश बैठा, दिपेन्द्र साह, सोनु कुशवाहा लगायतको विशेष सहभागिता रहेको थियो ।

यस अघि समितिको आन्दोलनमा जनकपुर नागरिक समाजले एक्यबद्धता जनाउँदै उनीहरुको माग पुरा गर्न जिल्ला प्रशासन कार्यालय धनुषामा बिहिबार ज्ञापन पत्र बुझाएको थियो ।

२०६३ चैत्र ७ गते दिउँसो १ बजे उपेन्द्र यादव नेतृत्वको तत्कालिन मधेसी जनअधिकार फोरमका कार्यकर्ताहरुले २८ जना माओवादी निर्दोस कार्यकर्ताको निर्मम हत्या गरेका थिए । उपेन्द्र यादवको नेतृत्वमा भएको सो घटनामा परी २७ जनाको घटना स्थलमै र १ जनाको उपचारको क्रममा मृत्यु भएको थियो भने सयौंको संख्यामा निर्दोस नागरिकहरु घाईते भएका थिए ।

पीडितहरुको आन्दोलनमा आम जनता पार्टी (आजपा)ले समेत समर्थन रहेको छ । पीडित परिवारलाई न्याय दिनुपर्ने भन्दै आजपा अध्यक्ष एवं सांसद प्रभु साहले संसदमा यस’boutमा पटक पटक कुरा उठाउँदै आएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 90 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

तीनपटक सकारात्मक सर्किट लागेको सेयर बजार सयमअगावै बन्द

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भ्रष्टाचार आरोपी नवनिर्वाचित अध्यक्षले लिए सपथ