मेयर बालेनको आलोचना र समर्थन

प्रारम्भ
राजधानी सहरका प्रमुख बालेनजीको क्रियाशीलता र राष्ट्रियताका पक्षमा मुखरित भएका अभिव्यक्ति एवं कार्यले नेपालको राजनीति तरंगित बनेको छ । युवा ¥यापर बालेनलाई विशेषगरी युवाको समर्थन रहेको छ । स्वतन्त्र हैसियतमा निर्वाचन जितेका प्रमुख बालेनजीको कार्यशैली यसअघिका प्रमुखको भन्दा पृथक छ । राष्ट्रियताका पक्षमा विशेषगरी उनले केही निर्णयहरू लिए । पहिलो हो, हालैका दिनमा काठमाडौंका सिनेमा हलमा आदिपुरूष प्रदर्शन भइरहेको थियो । हिन्दी चलचित्र आदिपुरुषमा नेपालकी राष्ट्रिय विभूति तथा नेपाली चेली सीतालाई भारतीय चेलीका रूपमा चित्रित गरिएकोमा मेयरको आपत्ति थियो । उनले सो दृश्य नेपालमा मात्र होइन, भारतमा समेत हटाएर मात्र प्रदर्शन गर्न सुझाव दिए । संशोधन नभएसम्म काठमाडौंका हलमा कुनै पनि हिन्दी सिनेमा प्रदर्शन गर्न नदिने अडानसहितको निर्णय लिए । पाटन उच्च अदालतले हिन्दी फिल्म रोक नलगाउन आदेश दियो ।

तर, दर्शकले बालेनलाई साथ दिए । दोस्रो हो, यस घटनाअघि नै बालेनले ग्रेटर नेपालको नक्सा आप्mनो कार्यकक्षमा राखेका थिए । भारतले संसद भवनमा नेपालको लुम्बिनी र कपिलवस्तु क्षेत्र समेटेर भारतको नक्सा टासिएकोमा यो प्रतिरोध गरिएको थियो । नेपालका प्रधानमन्त्रीलगायतको जम्बो टोलीले उक्त नक्सा अवलोकन गरे, तर त्यस’bout प्रतिक्रिया जनाउने आँट गरेनन् । मेयरले प्रधानमन्त्रीलगायतको भ्रमण टोलीलाई समेत पाठ सिकाउने काम गरेका थिए । यी दुई घटनाबाट मेयर बालेनजीकोे समर्थन र विरोध गर्ने समूह तयार भएको छ । मेयरका कार्यहरू कति उपयुक्त हुन् वा होइनन् ? समर्थन र विरोधका आवाज उठ्नुका कारणहरूसमेतको संक्षिप्तमा विश्लेषण गर्ने प्रयास यस आलेखमा गरिएको छ ।

किन उठेका छन् समर्थनका आवाजहरू ?
बालेनजी निर्वाचित भएपश्चात् धेरै राम्रा कामको प्रारम्भ गरेका छन् । राष्ट्रियताको पक्षमा उनको अडान सराहनीय छ । हिन्दी फिल्म प्रदर्शनमा लगाएको रोक अदालतले अन्यथा आदेश दिएपछि बालेनजीले कडा अभिव्यक्ति दिए । उनको अभिव्यक्ति थियो ‘जब सवाल देशको सार्वभौमसत्ता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । नेपाल भारतको अधीनमा थियो भनी सकेपछि उनीहरूको नियत थाहा हुन्छ, यस कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधीनमा थियो भनेर स्वीकार गर्नु हो, अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ । यसका लागि जुनसुकै सजाय भोग्न तयार छु । तर, फिल्म चल्दैन र चल्न दिइने छैन,’ यस अभिव्यक्तिलाई लिएर बालेनविरूद्ध अदालतको मानहानी मुद्दा दायर भएको छ । यसको सामना अब मेयरले गर्नु नै पर्नेछ । तर, उनी विचलित छैनन् । काठमाडौंबासीले उनको समर्थन गरेका छन् ।

ग्रेटर नेपालको नक्सा भारतीय थिचोमिचोको सांकेतिक विरोध हो । ठूलो देश भारतले देखाउँदै आएको मिचाहा प्रवृत्तिलाई मेयरले सानै भए पनि नेपाल स्वतन्त्र, स्वाधीन र सार्वभौम देश भएको सन्देश दिएका हुन् । सन् १८१६ मा ब्रिटिसले नेपालको ठूलो भू–भाग कब्जा गरेर सुगौलीको सन्धि गर्न बाध्य पारेका थिए । भारत स्वतन्त्र भएपश्चात् नेपाल र भारतबिच भएको सन्धिमा यसअघि इस्टइन्डिया कम्पनीसँग भएका सबै सन्धि खारेज भएको स्पष्ट प्रावधान राखिएको थियो । सन्धिअनुसार उक्त क्षेत्र नेपालले पाउनुपर्ने हो । तर, बुद्धिजीवीले यो विषयलाई बेलाबखत उठान गर्दै आए पनि आधिकारिक तहबाट कहिले पनि यो आवाज उठ्न सकेन । मेयरले यो विषयलाई उजागर गरिदिएका छन् ।

भारतले देखाउँदै आएको मिचाहा प्रवृत्तिलाई मेयरले नेपाल स्वतन्त्र, स्वाधीन र सार्वभौम देश भएको सन्देश दिएका छन्

मेयरको निर्वाचनमा प्रतिस्पर्धा गरिरहँदा बालेनलाई काठमाडौंको फोहोरले चुनौती दिइरहेको थियो । निर्वाचित भएपश्चात् विजयउत्सव समेत नगरी सबैभन्दा पहिला यस समस्याको समाधान गरे । काठमाडौंको रूपान्तरण उनको प्राथमिकतामा परेको स्पष्ट छ । सहरभित्रका नदीनाला मिचेर व्यक्तिगत उपयोग गरिरहेका केही काठमाडौंबासीलाई आफ्नो कुकृत्य सच्याउन बाध्य पारे, नसचिनेलाई आफंैले कारबाही गर्दै नदीनालालाई आफ्नो मार्गमै हिंड्न सक्नेगरी खुला गरिदिए । टुकुचा खोलाको उत्खनन गरेर सबैलाई टुकुचा खोलाको धार देखाइदिए । पार्किंङ प्रयोजनमा नक्सा पारित गरेको स्थानलाई अन्य प्रयोजनमा उपयोग गर्दै सार्वजनिक स्थानमा पार्किङ गर्दैआएकालाई हटाउने र स्वीकृत प्राप्त भएअनुसार नै उपयोग गर्न बाध्य बनाए ।

सहरको सौन्दर्यीकरण उनको सर्वाधिक चासोको विषय बनेको छ । सुकुम्बासीका नाममा सार्वजनिक सम्पत्ति अतिक्रमण गर्दै अकूत फाइदा लिइरहेका धनाढ्यलाई हटाउने प्रयास गरे । संघीय सरकारको समर्थनको अभावमा सफलता मिलेको छैन । तर, उनी आफ्नो कदमबाट पछि हटेका छैनन् । केन्द्रीय सरकारले असहयोग गरेपश्चात् सिंहदरबारको फोहोर नउठाउने निर्णय लिए । सिंहदरबारमा रहेका सबै नेतालाई डम्प गर्नुपर्ने अभिव्यक्ति दिए । जनतामा राम्रो प्रभाव पार्न नसकेकाहरूविरुद्ध बालेन अभिव्यक्तिको समर्थन नागरिकबाट हुन थाल्यो ।

बालेन नेता पुत्र होइनन्, उनको परिवार राजनीतिक पृष्ठभूमिको पनि होइन । ठूलो रकम खर्च गरेर निर्वाचनमा मत खरिद गरेका पनि थिएनन् । मधेसी समुदायका मानिस पहाडी र रैथाने नेवारको मन जित्न सफल छन् । दलबाट टिकट लिएर विजयी बनेका मेयरले सहरको विकासका लागि खासै कार्य गरेनन् । सहर कुरुप बन्दै गएको दृश्य मात्र हेरिरहे । कुनै मेयर चिया नास्तामा मात्रै करोडौं रकम खर्च गरेर त्यसैलाई उपलब्धि मान्दै आएका छन् । अर्का मेयरको प्राथमिकतामा विदेश भ्रमण र विलासी जीवन बिताउने मात्र देखिँदै छ । सार्वजनिक जमिन मिचिएकोमा सर्वोच्च अदालतको आदेश संरक्षणको पक्षमा आउँदा पनि आफ्नो कर्तव्यबाट च्यूत बनेका छन् । अर्काथरी मेयरहरू अफिसमा कर्मचारीसरह १० बजे पुग्दा र पुरै समय बस्दा गौरवान्वित हुन्छन् । तर, बालेन दलका नेता जस्तो काराबासमा पनि गएका छैनन् । स्वच्छ छवि कायम गरेका छन् । कामलाई पूजा गर्ने संस्कार उनीमा देखिएको छ ।

पेसाले इन्जिनियर हुन्, सहरको मुहार फेर्ने योग्यता राख्दछन् । राष्ट्रवाद भावना र व्यवहार दुवैमा हुनुपर्ने उनको मान्यता रहेको छ । संघीय सरकारले भारतबाट आयात हुने तरकारीमा विषादी रहे नरहेको सम्बन्धमा परीक्षण गर्ने जागर देखाएन । विषादी तरकारी खान बाध्य बनाउँदै गर्दा बालेनले विषादी परीक्षण प्रयोगशाला बनाउन बजेटको व्यवस्था गरेका छन् । २०८०÷८१ आवका लागि पारित बजेटले धेरै प्रकारका सुधारात्मक प्रक्रियाको थालनी गरेको छ । सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्ने प्रयास गरेको स्पष्ट देखिन्छ । यी कारणहरू हुन् बालेनले आफ्ना समर्थक वृद्धि गर्दै गएका छन्

आलोचनाको चाङ
बालेनलाई कुनै पनि दलको समर्थन रहेको छैन । उनको कार्यशैलीका कारण दल आतंकित बनेका छन् । आफ्नो भविष्य सुरक्षित गर्ने चिन्ता पुराना दलमा देखिएको छ । सञ्चार माध्यमले उनलाई खेदिरहेका छन् । राम्ररी अध्ययन नगरी प्रतिक्रिया दिने शैलीले गर्दा ऋतिकरोसन प्रकरण जस्तै र सोभन्दा ठूला घटना घट्ने सम्भावना छ । ग्रेटर नेपालको असम्भव मुद्दा उठाएर दुई देशबिच सौहार्द सम्बन्धमा खलल पुग्ने काम भइरहेको छ । भारतले ग्रेटर नेपाल नेपाललाई फिर्ता गरिदिँदाको परिणाम नेपाल सार्वभौम देश नरहन सक्दछ ।

यस प्रकारको दूरगामी सोच बालेनमा देखिएन । सहरमा आतंक सिर्जना गरेर निसहायलाई वैकल्पिक व्यवस्था नगरी रोजीरोटी नै गुमाउने अवस्था सिर्जना गरेका छन् । काठमाडौं सहर धनी मानिसका लागि मात्र हो भन्ने मान्यताका साथ गरीबलाई निषेध गर्ने कार्य उनले गरेका छन् । बालेनसँग ७० बिगा जमिन भएको उद्घोष गर्दै विशुद्ध जमिनदारी शैली प्रदर्शन गरिरहेका छन् । सांसद विकासकोष सांसदलाई प्रदान गर्दा वल्ल माननीय सांसद वडाअध्यक्षको हैसियतमा आएको क्षुद्र अभिव्यक्ति दिँदा उनले आफ्नो संस्कार देखाएका छन् ।

जिम्मेवारीमा रहेकाबाट हुने अपरिपक्व अभिव्यक्तिको दूरगामी नकारात्मक प्रभाव पर्दछ । यस्ता कार्यले हिंसात्मकस्वरूप ग्रहण गर्न पनि सक्दछन् । सामाजिक संस्कार वेसभूषा, संस्कृति प्रायः समान रहेको छिमेकी देश भारतसँग नेपालको लामो समयदेखि सौहार्दपूर्ण सम्बन्ध रहिआएको छ । हिन्दी सिनेमा बन्द गराउँदा उनीहरूको भावनामा गम्भीर चोटपरेको हुनुपर्छ । यसको जिम्मेवारी बालेनजीले लिनुपर्छ । भारतसँग द्वन्द्व आमन्त्रण गर्ने काम भएको छ । यस्तो कार्य गर्नुपूर्व यसको प्रभाव’bout विभिन्न कोणबाट चिन्तन हुनु जरुरी छ । बालेनशैली प्रायः उग्रवामपन्थी र मण्डले प्रवृत्तिको स्मरण गराउने प्रकारको छ । यो आफंैमा अतिवादी सोच हो ।

यसले व्यक्ति बालेन, नेपाल र नेपाली नागरिक कसैलाई राम्रो गर्दैन । आदिपुरुष फिल्ममा मिथिला प्रदेशको नाम उल्लेख गर्दै सीता जन्मिएको स्थानका रूपमा उद्धृत गरिएको छ । नेपाल र भारतको आधुनिक सीमाना निर्धारण हुनुपूर्व मिथिला क्षेत्रले बिहारका केही भागहरूसमेत समेटेको पाइन्छ । जनकपुर क्षेत्र मात्र होइन ।

लोकतान्त्रिक आन्दोलनमा सरिक भएको र लामो जेलनेल भोगेको भनी राजनीति गर्नेहरूको दिन सकिएको छ

भृकुटी मण्डपमा आयोजना गरेको शैक्षिक मेलामा रोक लगाउनु पनि परिपक्व निर्णय थिएन । एसईई परीक्षा दिएर नतिजाको संघारमा रहेकालाई सम्पूर्ण महाविद्यालयको सूचना र यी संस्थाले प्रदान गर्ने सेवाको जानकारी एकै स्थानबाट गराउनु कुनै अपराधजन्य कार्य थिएन । कुनै पनि प्रकारको स्वीकृति नलिई च्याउसरह संस्था खोली नेपाली युवालाई विदेश पठाउने गरिरहेकामा उनको दृष्टि पुगेको छैन । कानुन, पद्धति र विधिभन्दा बाहिर गएर राजधानी सहरप्रमुख कारबाहीमा उत्रिनु आफंैमा भत्र्सनायोग्य छ । यो कार्य सम्पूर्ण नगरबासीको अपमान हो ।

निष्कर्ष
बालेनले आफ्नो मार्गचित्र राम्ररी कोरेका छन् । पुरातन प्रवृत्तिको क्रमभंगताका साथ सहरको मुहार फेर्ने उनको संकल्प हो । हर्क साम्पाङले यसअघिका प्रमुखको पदचिह्नमा हिंडेका भए थोरै खर्चमा काकाकुल धरानबासीलाई पानी खुवाउन सक्दैनथे । दलको विरोध हँुदै गर्दा हर्क जनप्रिय बन्दै आएका छन् । बालेनले पनि सहरमा परिवर्तनको अनुभूति गराउन पुरातन शैली र संस्कारलाई परित्याग गर्दै अघि बढ्नु मतदाताको सम्मान गर्नु हो । दलका कार्यकर्ताले उनलाई खासै मत दिएका थिएनन् । केही गरांै भन्ने उनको इच्छा शक्तिलाई काठमाडौंका नागरिकले समर्थन गरेका हुन् । आफ्नो कर्तव्यपथमा दृढताका साथ अघि बढेको अधिकारीले आफ्नाविरुद्ध हुने आलोचनामै अलमलिनुहुँदैन । तर, आफ्ना कमजोरीको उजागर गरिदिनेहरू असल मित्र समान हुन् । उनीहरूको सुझाव र आलोचनाका आधारमा आफूमा सुधार गर्दै अघि बढ्नु पर्दछ ।

संघीय सरकार र प्रदेश सरकार मेयरलाई सहयोग गर्न तत्पर देखिएका छैनन् । सुकुम्बासीका नाममा दलका कार्यकर्ताले सार्वजनिक स्थल अतिक्रमण गरेर बस्दा नगर प्रमुखलाई केन्द्रीय सरकारले सहयोग गर्नुपर्दथ्यो । तर, यो उत्साह संघीय सरकारमा देखिएन । यसको प्रतिकारात्मक कारबाहीका रूपमा सिंहदरबारको फोहोर नउठाउने निर्णय लिएर बालेनले सवक सिकाए । गलत प्रवृत्तिमा रहेकाको मत बिथोलिन नदिने सोचमा दलहरू देखिए । आफ्ना राम्रा कर्मले मतदाताको मन जित्नेतर्फ बालेन उभिए । उनको समर्थकको संख्या बढिरहेको छ । राजधानीलाई व्यवस्थित गर्ने, यहाँका नागरिकलाई गुणस्तरीय सेवा उपलब्ध गराउने सपना बोकेका मेयर हुन् बालेन साह । त्यसैले आफ्नो गन्तव्यमा अघि बढ्न कुनै व्यवधान आएमा त्यसलाई चिर्नसक्नुपर्छ । यसका लागि पुनः जनताकै समर्थन जरुरी हुन्छ । सत्कर्मबाट त्यो समर्थन प्राप्त हुन्छ । सुशिक्षित मतदाता रहेकाले बालेनका कार्यहरू र उनका आलोचकको विश्लेषण उनीहरू कुनै पूर्वाग्रह नराखी गर्न सक्ने हैसियतमा छन् । यस अर्थमा बालेनको शैलीले निरन्तरता पाउने देखिन्छ ।

स्वतन्त्र बुद्धिजीवीले लोकतान्त्रिक शासन प्रणालीमा अदालतको निर्णय र कानुन मान्दिनँ भन्नुलाई स्वीकार गर्न सकेका छैनन् । लोकतन्त्रमा कानुनी शासनले ठूलो महŒव राख्दछ । कानुन हातमा लिनेहरू तानाशाह हुन्छन् । तर, कानुनको निर्माण र कार्यान्वयन जनताको पक्षमा गरिन्छ । जनतालाई अस्वीकार्य हुने कानुनहरू र संविधानको अवज्ञा आमनागरिकले गर्दछन् । विश्वको राजनीतिको विश्लेषण गर्दा यही निष्कर्षमा पुग्न सकिन्छ । यसैलाई आफ्ना कार्यक्रम लागू गर्दै गन्तव्यतर्फ अघि बढ्दा यसैलाई मनन गर्नु जरुरी हुन्छ । राजधानी सहरबाहेक अन्य चारवटा महानगरपालिकाको चर्चा शून्य छ । यो नै बालेनको असली राजनीतिक आर्जन हो । त्यसैले जनताको साथ लिई आफ्नो कर्तव्यपथमा अग्रसर हुनुको विकल्प छैन । लोकतान्त्रिक आन्दोलनमा सरिक भएको लामो समय जेलनेल भोगेका आधारमा राजनीति गर्ने समय नेपालमा सकिएको छ । अब आर्थिक प्रगतिका साथै राजनीतिक स्थिरता कायम गरेर देशको समुन्नतिमा लाग्नुपर्ने अवस्था छ । यस अर्थमा पनि बालेनशैली मतदातालाई स्वीकार्य बनेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 142 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेपाल आउँदै एमसीसी प्रमुख कार्यकारी अधिकृत अल्ब्राइट

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
कैलालीमा हार स्वीकारेर घर पुगेका उम्मेदवार ३ मतले विजयी भएपछि...