कारोनाको जोखीम मोलेरै कृषक खेतबारीमा


ललितपुर । सरकारले जारी गरेको लकडाउनको बेला ललितपुरसहित देशका अधिकांश जिल्लाका किसान जोखीम मोलेर भएपनि आफ्ना खेतबारीमा काम गर्न बाध्य छन् । हावापानी र भौगोलिक स्थान अनुसार अहिले फरक फरक ठाउँमा फरक फरक बाली लगाउने, गोडमेल गर्ने , पानी लगाउने , खनजोत गर्ने लगायतका काम भइरहेको छ । उनीहरुका लागी ती काम अत्यावश्यक अन्र्तगत पर्ने हुँदा सरकारले गरेको लकडाउनमा पनि खेतबारीमा गएर काम गरिरहेका हुन् ।

अहिले बेसी पहाड र तराईमा चैते धान रोप्ने,गहुँ भित्राउने,घैँया रोप्ने , मुसुरो उखेल्ने तथा पहाडमा मकैका लागी खनजोत र मल छर्ने , कतै मकै छर्ने, बर्खे तरकारी लगाउने, आलुमा पानी लगाउने लगायतका काम भइरहेको कृषि तथा पशुपन्छि विकास मन्त्रालयले जनाएको छ । यी काम बाहेक अन्य तरकारी बाली तथा पशुपन्छिको आहारा ब्यवस्थापनमा पनि कृषकहरुलाई कोरोना भाइरस संक्रमणको त्रास बाहिरी रुपमा देखीएको छैन । लेलेका बद्रि घिमीरेलाई बारीमा मकै छर्नका निम्ती मल छर्ने र बारी खनजोत गर्ने हतारो छ । ‘चैतको आदी महिना गइसक्यो,अब मकै छर्ने बेला भयो, लकडाउन भनेर घरमै बसिरहेका छौ, उनले भने, ‘बारी घर नजिकै छ त्यसैले साँझ विहान सर्तकता अपनाएर मल छर्ने र खनजोतको काम परिवार मिलेर गरिरहेका छौँ ।’ कुखुरा समेत पाली रहेका उनका लागी यी काम अत्यावश्यक काममा परेका छन् । उनकै छिमेकी बेला महतले गाईको दुध बेच्ने गरेकी छिन् ।

लकडाउन भएपनि मानिसहरुले दुध खान छोडेका छैनन् , गाईलाई घाँस त खुबाउनै पर्यो , उनले भनिन् , यो सिजनमा खेतबारीमा प्रशस्त घाँस पाइन्छ , पराल मात्रै खुवाउँदा दुध पनि राम्रो आउँदैन फेरी पराल महङ्गो पनि छ । उनले मुखमा मास्क लगाएर खेतबारीमा भएका घाँस काट्न जाने गरेकी छिन् र्। घरमा आएपनि हात साबुन पानीले धुन्छु , उनले भनिन् ,‘विदेशबाट भर्खरै आएका कोही मान्छे गाउँमा छैनन् ।’

विश्वब्यापी कोरोना भाइरस कोभिड १९ को महामारी फैलिइरहँदा यसको संक्रमण फैलन सक्ने जोखीमका कारण सरकारले गरेको लकडाउन एक साता भइसकेको छ । अझ यसको अवधी एक साता थपीइसकेको छ । अत्यावश्यक बाहेक कोही पनि यो अवस्थामा घर बाहिर निस्कीएका छैनन् । तर देशका अधिकांश क्षेत्रका किसान जोखिममै भए पनि खेतबारीमा काम गर्न बाध्य छन्।

कृषि विज्ञ डा श्रीभगवान ठाकुरका अनुसार कृषकहरुले आफ्ना परिवार मिलेर घर करेसा, र नजिकैका खेतबारीमा काम गर्न हुन्छ र्। एकै ठाउँमा धेरै भेला भएर कृषिका काम गर्न हुँदैन, उनले भने, सावधानीका उपाय अपनाएर दूरी कायम गरेर खेतबारीका अत्यावश्यक काम गर्नुपर्छ । अहिले लकडाउनका अवधिमा हतारो नभएका काम भने केही दिन पछि गर्न हुने उनले बताए र्। मुखमा मास्क लगाएर काम गरिरहेपनि हातमा ग्लोब्स र सेनिटाइजरको पहुँच सबै कृषकमा छैन, उनले भने र्, काम गर्दा एउटै टोलका मान्छेहरु मात्र भएर काम गर्नु बाहिरको मान्छेलाई सकेसम्म काममा नलगाउनु राम्रो हुनेछ । मिलेको खण्डमा पर्म गरे्र काम चलाउनु उत्तम विकल्प हुन्छ, उनले भने ।

सरकारले लकडाउन गरेको अवस्थामा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अहिलेसम्म कृषकका लागी भनेर कुनै सूचना सन्देश या निर्देशन जारी गरेको छैन । उनीहरुले अपनाउनुपर्ने साबधानीका विषयमा पनि सरकारले किसान नै भनेर तोकेको छैन । यद्यपी लकडाउन सबैलाई लागु गरेकाले त्यसमा कृषक चाँही अछुतो हुन नसक्ने मन्त्रालयका प्रवक्ता डा हरि बहादुर केसी बताउँछन् । ‘लकडाउन सबैलाई छ तर किसान खेतबारीमा अहिले पनि ब्यस्त छन्, उनले भने, ‘अहिले चैते धान रोप्ने, गहु भित्राउने, मकै छर्ने लगायतका कामको चटारो हुने समय भएकाले किसान घरमै लकडाउन नै भएर बस्न पाएका छैनन् । त्यो उनीहरुको अति आवश्यक काम नै भएकाले हामीले पनि खेतमा नजाउनू भन्न सक्ने अवस्था छैन ।’

पारिवारका सदस्यहरुले किचन गार्डेन मिलाउने, मकै छर्ने , खनजोत आफै मिलेर गर्ने लगायतका कामलाई हामीले रोक भन्न सक्दैनौँ, उनले भने र्, बरु कोरोना भाइरस संक्रमणको जोखिम वा त्यसबाट जोगिनका लागि खेतबारीको अत्यावश्यक काम नरोकी किसानले कस्ता सावधानीका उपाय अपनाउन सक्छन् त्यसमा ध्यान दिनुपर्छ । उनका अनुसार सामाजिक दुरी कायम गरेर काम गर्ने , मास्कको प्रयोग गरी काम सकिएपछि साबुन पानीले मिची मिची हात धुनुपर्नेछ र्। यसमा स्थानीय तहको प्रमुख चासो जानुपर्ने हो, उनले भने र्, बाली लगाउने बेला नाघेपछि लगाएको बालीको उत्पादनमा असर पर्छ र भित्राउने बेला भएको बाली नभित्र्याउँदा मेहनत खेर जाने र घाटा हुने भएपछि बाध्य भएर किसानले स्वास्थ्य नै जोखिममा राखेर भए पनि काम गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 13 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

हत्या भएको ६ महिनापछि शव भेटियो

कुरी-कुरी