काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा निरन्तर योगदान दिएका विभिन्न श्रष्टाहरु पुरस्कृत भएका छन् । अग्रज अभिनेत्रीहरु भुवन चन्द, चैत्यदेवी सिंह र वसुन्धरा भुसालले स्थापना गरेको भुवन चैत्य वसुन्धारा फाउनडेसनद्धारा चलचित्र विकाश बोर्डमा एक समारोहबीच उनीहरु पुरस्कृत भएका हुन् । यो तीन फाउन्डेसनले उनीहरुलाई २०७९ र २०८० सालका विभिन्न पुरस्कार प्रदान गरेको छ ।
समारोहमा अभिनेत्री मिथिला शर्मा र शर्मिला मल्ललाई २०७९ र २०८० सालको ‘चेतनारायण वसुन्धरा भुसाल पुरस्कार’बाट पुरस्कृत गरियो । उनीहरुलाई सञ्चार मन्त्री रेखा शर्मा तथा आयोजक पक्षले सो पुरस्कार प्रदान गरेको हो । दुबै अभिनेत्रीलाई पुरस्कार स्वरुप जनही ५१ हजार रुपियाँ प्रदान गरियो ।
२०७९ र २०८० सालको हरिश भुवन चन्द पुरस्कार सोही समारोहमा क्रमश गीतकार, निर्माता तथा निर्देशक यादव खरेल र गीतकार, निर्माता निर्देशक तथा अभिनेता नीर शाहलाई प्रदान गरियो । यो दुबै पुरस्कार राशी पनि जनही ५१ हजार रुपैयाँ थियो ।
सोही कार्यक्रममा २०७९ र २०८० सालको चैत्यदेवी सिंह पुरस्कारबाट गायक तथा संगीतकार गणेश रसिक र अभिनेता शिव श्रेष्ठलाई पुरस्कृत गरियो । यी दुबै पुरस्कारको राशी पनि जनही ५१ हजार रुपैयाँ नै थियो ।
नेपाली चलचित्र तथा गीत संगीतमा लामो समय योगदान पु¥याएका निर्माता, निर्देशक, कलाकार तथा संगीतकारहरुलाई यसरी पुरस्कृत गरेर यी कलाकारलाई अझ हौसला बढ्ने विश्वास आफुले लिएको मन्त्री शर्माले कार्यक्रममा बताईन् । सरकारले नेपाली चलचित्रको विकाशको लागि परिमार्जित चलचित्र नीति पनि चाँडै ल्याउने पनि मन्त्रीले बताईन् । नेपाली चलचित्रको विकाशमा गराउने भुवन चन्द, चैत्यदेवी सिंह र वसुन्धरा भुसालजस्ता अभिनेत्रीले स्थापना गरेको पुरस्कार पनि त्यत्तिकै महत्वपूर्ण भएको उनले बताईन् ।
त्यसैगरी, पुरस्कृत कलाकर्मीको तर्पmबाट बोल्दै चलचित्र यादव खरेलले पुरस्कारले आफुहरुमा उर्जा थपेको बताउँदै यसको महत्व’bout चर्चा गरे ।सो कार्यक्रममा पुरस्कृत कलाकारका ’boutमा अभिनेता कृष्ण मल्ल, अभिनेत्री करिश्मा मानन्धर र कलाकर्मी तथा पशुपति विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले प्रकाश पारेका थिए ।