रोल्पमा बस दुर्घटना हुँदा ५ जनाको ज्यान गयो

दाङ । रोल्पाको बाघमारबाट दाङको घोराहीको लागि छुटेको यात्रुबाहक बस रिचिमा पल्टिदा ५ जनाको मृत्यु भएको छ । त्यसैगरी घटनामा परेर १० जना घाइते भएका छन् । मृतकको पहिचान भएको भएको छैन् । ड्राइभरको लापरबाहीका कारण राम्रो बाटोमा पनि बस दुर्घटना हुँदा यात्रुले अकालमा ज्यान गुमाउनु परेको त्रिवेणी गाउँपालिका–७ का वडा अध्यक्ष भानबहादुर घर्तीमगरल बताए ।

‘म अहिले त्रिवेणी गाउँपालिका – ७ को रिचि स्थित घटना स्थलमा छु । उद्धार कार्य जारी छ । अहिलेसम्म ५ जनाको मृत्यु भएको छ र उनिहरुको पहिचान हुन बाँकी छ । प्रत्यक्षदर्शीका अनुसार गाडि तिब्र गतिमा थियो । तिब्रगतिका कारण गाडी पल्टिएर सडकबाट करिब एक सय मिटर तल खसेको छ । चालक भागेर प्रहरीकोमा पुगेका छन् ।’ अध्यक्ष घर्तीमगरले भन्नुभयो । स्थानीय प्रत्यक्षदर्शीले पनि तिब्रगति र लापरवाही पूर्ण तरिकाले दुर्घटना भएको बताएका छन् ।

१५ जना यात्रु लिएर बाघमारबाट ना ५ ख २६१२ नम्बरको बस दाङको घोराहीका लागि छुटेको थियो । भौगोलिक विकटता, यातायाताको असुविधाका कारण घाइतेलाई तत्काल अस्पताल पु¥याउन नसक्दा थप मानविय क्षति हुनसक्ने वडा अध्यक्ष घर्तीमगरले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 77 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेपालगञ्जमा कर्फ्यू उलङघन गर्दै प्रदर्शन जारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पामा निर्वाचन टोली मतदानस्थमा खटिदै