महिनावारी हुँदा गाईगोठमा सुतेकी किसोरीको सर्पको टोकाइबाट मृत्यू

बैतडी । महिनावारी हुँदा गाईगोठमा सुतेकी एक किसोरीको सर्पको टोकाइबाट मृत्यू भएको छ । मृत्यु हुनेमा बैतडी पञ्चेश्वर गाउँपालिका–४ फेउली निवासी रगी चन्दकी १६ छोरी बर्षिय अनिता चन्द रहेकी छन् ।

महिनावारी हुँदा गोठमै सुतेकी उनको सर्पको टोकाइबाट मृत्यु भएको स्थानीय प्रेमबहादुर चन्दले बताए । त्यस ठाउँमा छाउपडी गोठ नभए पनि अलग्गै कोठामा वा गाइभैँसीको गोठमा बस्ने चलन छ ।

मृतक किसोरी जवलपुर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत रहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रकाश चन्दले बताए । किसोरीलाई मध्यरातिमा सर्पले टोकेपछि उनी कराएको आफन्तले सुनेका थिए ।

वडा नं ४ कार्यालयका अपरेटर प्रेमबहादुर चन्दका अनुसार महिनावारी भएको ४ दिन भएकी बालिका गाईर्भैँसीकै गोठमा सुतिरहेकी थिइन् ।

‘उनलाई मध्यराती सर्पले टोकेर घाइते बनाएको हो, आफन्तले बैद्यलाई बोलाउन गएको समयमा उनको घरमै मृत्यु भयो । देविदेवताको डरका कारण अधिकांश महिला र किशोरीहरु गोठमा सुत्छन्, कोही मात्रै घरमा अलग्गै सुत्ने गरेका छन्’ चन्दले भने ।

तपाइको प्रतिक्रिया
(Visited 266 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’को अन्तिम तयारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यस्ताे छ भरतपुरकाे ताजा अपडेट, रेणुकाे अग्रता कायमै