जसपाले बोलायो आकस्मिक बैठक

काठमाडौं, । सरकारले गौर हत्याकाण्डको छानबिन गर्ने भएपछि जनता समाजवादी पार्टी नेपालले आकस्मिक रुपमा कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

पार्टी केन्द्रिय कार्यालय, बालकुमारी ललितपुरमामा आकस्मिक रुपमा बोलाईएको सो कार्यकारिणी समितिको बैठकले गौर हत्याकाण्ड छानबिन गर्ने पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले समिति बनाउने बिषयमा छलफल हुनेछ । बैठक ११ बजेबाट सुरु हुनेछ । 

‘प्रधानमन्त्रीले गौर हत्याकाण्डका ’boutमा छानबिन समिति बनाउन सहमति जनाएपछि त्यसवाट उत्पन्न परिस्थीतिका ’boutमा आजको बैठकमा छलफल हुनेछ, सो छलफल पछि पार्टीले आफनो धारणा सार्बजनिक गर्नेछ’ एक नेताले भने । हिजो सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समिति बिचमा सहमति भएको थियो ।

उनका अनुसार उक्त सहमति अनुसार पार्टी अध्यक्ष उपेन्द्र यादवलाई फसाउँनका लागि सरकारले उक्त समिति बनाउन लागेको बुझाई जसपा, नेपालको रहेको छ । उक्त हत्याकाण्ड छानबिन बिरुद्ध जसपाले घटनास्थल, गौर लक्षित आन्दोलनको कार्यक्रम गर्न सक्ने उनले जनाएका छन् । 

सरकारको सो सहमतिलाई लिएर अध्यक्ष यादवले सत्तारुढ गठबन्धनका प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरिसकेका छन् । स्रोतका अनुसार ‘आफुलाई फसाउँनका लागि’ उक्त समिति बनाउन लागेको यादवले सभापति देउवासमक्ष गुनासोसम्म राखिसकेका छन् ।  

उनले सो बिषयलाई लिएर हिजो आफना पार्टीका शिर्ष नेता र सांसदहरुसँग पनि छलफल गरेका थिए । 
  

तपाइको प्रतिक्रिया
(Visited 212 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१२ औं वार्षिकोत्सव  शाक्यमुनि किर्ति बिहारमा सम्पन्न

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुनसरीमा १६६ वटा मतदानस्थल, ४०९५ जना सुरक्षाकर्मी परिचालन