१५ दिनदेखि संसद अवरुद्ध, एमालेको आज पनि नाराबाजी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दुई सातादेखि प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएको छ । १० साउनमा बसेको बैठकमा एक क्विन्टल सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय वा संसदीय समिति गठनको माग गर्दै सुरु गरेको अवरुद्ध एमालेले २४ साउन बुधबार पनि जारी राखेको छ । 

बुधबार बसेको बैठक पनि कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको छ । बैठक सञ्चालनमा एमालेले अवरोध गरेपछि सभामुख देवराज घिमिरले कार्यसूचीमा भएका सबै विषय हटाउँदै बैठक नै स्थगित गरेका हुन् । उनले शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगन भएको जानकारी दिए । 

बुधबारको बैठकमा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले समिति गठन नभएसम्म बैठक चल्न नसक्ने बताएका थिए । उनले बोल्न थालेपछि सत्तापक्ष सांसदले पनि बोल्न थालेका थिए । रोष्ट्रम अगाडि गएर एमाले सांसदले नाराबाजी गर्न थालेपछि बैठक स्थगित गरिएको हो । 

सुन तस्करी प्रकरण र छानबिन समिति’bout मंगलबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिएका थिए । तर, एमालेले भने अवरोध जारी राखेको छ । उसले सरकार पक्षबाट संसद चल्न नदिएको आरोप लगाएको छ । १० साउन यता केही बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएका छन् । 
 

तपाइको प्रतिक्रिया
(Visited 72 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेपाल आउँदै एमसीसी प्रमुख कार्यकारी अधिकृत अल्ब्राइट

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
जहाँ स्वतन्त्रले जिते