लाक्पाले जिते गुटशट स्नुकरको उपाधी


गुटशट स्नुकर टुर्नामेन्ट–२०२३ को उपाधी लाक्पा छिरिङ शेर्पाले जितेका छन् । गुटशट स्नुकर एण्ड रेष्टुरेन्टको खेल स्टेशनमा आइतबारदेखि सञ्चालन भएको प्रतियोगिता सोमबार सम्पन्नभएको थियो । उक्त प्रतियोगितामा लाक्पा छिरीङ शेर्पाले प्रथम स्थान हासिल गर्दा वाङदी शेर्पा दोस्रो स्थानमा रहे । शक्ति राई तेस्रो भए । प्रथम भएका लाक्पाले २५ हजार नगद पुरस्कार र शिल्ड जिते । दोस्रो र तेस्रो खेलाडीले क्रमशः १५ र १० हजार नगद पुरस्कार प्राप्त गरे ।
काठमाडौंको कपनस्थित गुटशट स्नुकर एण्ड रेष्टुरेन्टले प्रतियोगिता आयोजना गरेको थियो । टुर्नामेन्टमा २८ जना स्नुकर खेलाडीहरुको सहभागिता रहेको आयोजक लाक्पा डेण्डी शेपाले बताए । आयोजक शेर्पाका अनुसार स्नुकर खेलमा नयाँ र अनुभवी खेलाडीहरु बीच परिचय गराउने उद्धेश्यले टुर्नामेन्ट आयोजना गरेको बताए । इन्डोर गेमतर्फ विश्वव्यापीरुपमा ख्याती आर्जन गरेको स्नुकरप्रति नेपालमा पनि युवा खेलाडीको आकर्षण बढ्दो छ ।
उपाधी विजेता शेर्पाले खेललाई निरन्तरता दिने बताए । ‘मेरो यो दोस्रो टुर्नामेन्ट हो र आगामी दिनमा खेललाई निरन्तरता दिने सोच छ ।’ उनले भने ।

तपाइको प्रतिक्रिया
(Visited 84 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कहाँ छ त्यो शून्य सञ्चालक ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वीरगन्ज महानगरमा गठबन्धनका सिंहलाई १५ सय बढिको अग्रता