समाजवादी मोर्चा : अर्को राजनीतिक स्टन्टबाजी

जबजब देशको राजनीतिक सत्तामा संकट देखापर्न थाल्छ तबतब नयाँनयाँ समीकरण र स्टन्टबाज देखापर्न थाल्छन् । त्यस्तै, गत असार ४ गते राजनीतिक वृत्तमा एउटा नयाँ घोषणा आयो । वर्तमान सत्तासिन दल नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी (जसपा) र विप्लवको नेकपा मिलेर समाजवादी मोर्चा बनाएर राष्ट्रिय सभागृहबाट निक्कै ठुलो राजनीतिक शक्ति निर्माण भएको शैलीमा मोर्चाको घोेषणा गरियो । झट्ट हेर्दा र सुन्दा लाग्छ त्यो कुनै राजनीतिक स्थयित्व, अग्रगमन, नागरिकले भाग्नुपरेको दैनिकका समस्या, शुसासन र भ्रष्टाचार नियन्त्रण र कुनै खास प्रभावकारी कार्यक्रमका लागि भन्दा पनि नांलो ठटाएर हात्ती तर्साउने दुस्साहस जस्तो देखिन्थ्यो ।

१५ बुँदे वैचारिक राजनीतिक प्रतिबद्धता उल्लेख गरिएको उक्त घोषणासभाले शीर्ष नेताबिच आलोपालो मोर्चाको नेतृत्व गर्ने सहमति र सहकार्यको आधारमा साझा नीति र कार्यक्रम तय गर्ने भनिएको रहेछ । दैनिक कार्य सञ्चालनका लागि सचिबालय नै गठन गरेर आवश्यक कार्यविधि बनाई अघि बढ्ने संकल्प पनि गरिएको छ । यदि त्यस्तो हो भने यो मोर्चालाई सफल कार्यकालको शुभकामना दिइसक्दो साथ सहयोग गर्न कुनै पनि कसर बाँकी राखिनुहँुदैन । बालेन शाह र हर्क साम्पाङ पथ पछ्याउने हो भने सम्पूर्ण जनताको साथ सहयोग रहला । होस्टेमा हैसे रहला । र, मोर्चा गठनको औचित्य पनि पुष्टि होला ।

तर, मोर्चा घोषणअघि र पछि व्यक्त भएका नेताका असन्तुष्टि र आशंकालाई आधार मान्ने हो भने केवल सत्ता र शक्तिमा रहिरहनका लागि बार्गेनिङपावर बढाउन मात्र मोर्चा बनाएको हो कि भन्ने आाशंका पनि छ । खासगरी सैद्धान्तिक र सांगठनिकरूपमा कमजोर भएका नेकपा माओवादी र एकीकृत समाजवादीका दुई अध्यक्षलाई मात्र मोर्चा चाहिएको त होइन भन्ने प्रश्न पनि उठ्ने गरेका छन् । गम्भीर वैचारिक र कार्यनीतिक असमजदारीबाट प्रचण्डको साथ छाडेर केही समय सशस्त्र आन्दोलनको घोषणा गरेका पूर्वसहकर्मी नेत्रविक्रम चन्द (विप्लव)लाई देखाएर अन्य माओवादी नेतालाई साइजमा राख्ने प्रचण्ड प्रपन्च हुन सक्छ मोर्चा । यदि त्यही धरातलमा मोर्चा जन्मिएको हो भने मोर्चा कुनै पनि दृष्टिकोणबाट सफल मानिँदैन ।

अवसरवादबिच जन्मिएको समाजवादी मोर्चाले नेपाललाई समाजवाद उन्मुख बनाउला भनेर विश्वास गर्ने आधार छैन

नेपाली राष्ट्रिय राजनीति पछिल्लो समय विभिन्न स्टन्टबाज र पदावली प्रयोगले तरंगित बनिरहेको छ । समाजवाद, शुसासन, भ्रष्टाचार, समृद्धि, विकास, अग्रगमन, प्रतिगमन, षड्यन्त्र आदि । यी पदावलीप्रति आमआकर्षण पनि बढेकै छ । मानौं यी पदावलीको प्रयोग समस्या समाधानको छडी नै हुन । यी पदावली उच्चारण गरे मात्रै पनि जनताबाट अनुमोदित भइहालिन्छ भन्ने अमूर्त छाप हाम्रा नेतामा परेको छ । समाजवाद के हो ? यो कसरी सम्भव छ ? यहाँ पुग्न नागरिकले केके गर्नुपर्छ सरकारले केके गर्नुपर्छ ? यसको चरित्र कस्तो छ ? शिक्षा, स्वास्थ्य, रोजगारी नागरिकको दैनिकी कस्तो मोडलको हुन्छ ? भन्ने प्रश्नसँग कुनै सरोकार राख्दैन । न त सरकारले न त राजनीतिक दलले कहिल्यै पनि जनताको तल्लो तहमा पुगेर नागरिकलाई प्रशिक्षित गर्न सकेका छन् । न त नेताहरू आफंै स्पष्ट छन् । यसले राजनीतिमा एक खालको तरंग त ल्याइदिएको छ । त्योभन्दा पनि मुख्य कुरा यो मोर्चा सत्ता राजनीतिको अंकगणितलाई प्रभावित पार्न रचिएको कुटिल चाल त होइन भन्ने जनमत पनि बलियो छ ।

यदि विगतको नेकपा जस्तो हो भने यसको पनि कुनै राजनीतिक भविष्य छैन र छिट्टै विघटनको बाटो समात्ने सम्भावना पनि त्यतिकै बलियो छ । मोर्चाभन्दा बाहिरको सबैभन्दा ठूलो सत्तासहयात्री दल नेपाली कांग्रेस पनि मोर्चा गठनबाट सशंकित बनेको छ भने नेपालको कम्युनिस्ट आन्दोलनको एउटा मुख्य धार नेकपा एमालेलाई बाहिर राखेर बनाएको मोर्चा आप्mनो मिसनमा पुग्ने कुरामा शंकैशंका मात्र छन् । समाजवादी मोर्चा एमालेलाई नै दबाब दिन गठन भएको हुनुपर्छ । यसमा अलि बढी जोडबल पनि माधवकुमार नेपालको हुनुपर्छ ’cause माधव नेपालका धेरै सारथिहरू पुरानै घर फर्किन थालेपछि आपूm एक्लै परिने भयले हतारहतार प्रचण्ड पाउमा विलीन हुन पुगेको देखिन्छ ।

लोक चकित हुने कामभन्दा पनि अस्तित्वको रक्षा नै मुख्य गन्तव्य हुनुपर्छ मोर्चाको । मोर्चाको औचित्य त्यतिखेर पुष्टि हुन्छ जब यसले लिने निर्णय कार्यदिशा, योजना र उद्देश्य भुइँमान्छेका आवश्यकता र राष्ट्रिय स्वार्थसँग जोडिन पुग्छ । तर, अहिले नै यी सबै कुरा प्राप्त होलान् भनेर विश्वास गर्ने आधार मोर्चाका नेताले दिन सकेका छैनन् । जनसर्मथनमा क्रमशः खुम्चिँदै गएपछि अस्तित्व रक्षार्थ चालिएको यो एउटा असफल कदम मात्र हो भनेर बुझ्न सकिन्छ ।

कुनै पनि राजनीतिक संगठन खोल्नु वा मोर्चा बनाउनुका पछाडि उद्देश्य हुन्छ र त्यसको राजनीतिक कार्यदिशा हुनुपर्छ । उद्देश्य र कार्यदिशाबिनाको संगठन, मोर्चा आफंैमा कुनै आन्दोलन पनि होइन र त्यो केवल सत्ताको भ¥याङ मात्र बन्न पुग्छ र घुमाउरो पाराले फेरि पनि सत्ता र शक्ति संचयकै पर्याय बन्न पुग्छन् त्यस्ता मोर्चा । त्यसकारण समाजवादी भनिएको मोर्चाको चरित्र नै पुँजीवादी र अवसरवादले जेलिएको छ । न स्पष्ट कार्यदिशा छ । न त गन्तव्यकै टुंगो छ न त समावेशी चरित्रकै छ । यस्तो एकांकी र मनमौजी मोर्चा कसरी समाजवादी होला अचम्मको विषय छ ।

राजनीतिक सामाजिक, आर्थिक, सांस्कृतिक एंव वर्गीय रूपान्तरणको कुनै गुन्जायस देखिँदैन । एकल उद्देश्य नै वर्तमान गठबन्धनलाई पाँच वर्षसम्म टिकाइ राख्नु र सत्ताको रसपान गरिराख्नु नै हो । जब सत्ता र भागबन्डाको कुरा उठ्न थाल्छ अनि नेपालका राजनीति दल चोइटिने र मोलमोलाइमा लाग्ने नौलो विषय भने होइन । वर्तमान समाजवादी मोर्चाका नेता पनि त्यही पृष्ठभूमिबाट र स्कुलिङबाट आएका हुन् । उनीहरूमा राजनीतिक माहोल आपूmअनुकूल बनिरहोस् भन्ने मनोविज्ञानले काम गरी रहेको हुन्छ । एकले अर्कालाई तीव्र प्रतिस्पर्धी देख्ने राजनीतिक संस्कार बोकेका नेताबाट समाजवादको अपेक्षा गर्नु मृगतृष्णा नै हो । मुलुकलाई समाजवादतर्फ उन्मुख गराउनुपर्छ यो सत्य हो । तर, कम्युनिस्ट सिद्धान्त, विचार कार्यदिशा र दर्शनबाट विचलित भइसकेका केवल बामपन्थी नामका टुक्रे दलबाट यो सम्भव होला ? जनताले छिटो थाहा पाउनुपर्छ । होइन भने राजनीतिक स्टन्टवाज र सार्वजनिक खपतका लागि मात्र गरिएका वाचा र उद्घोषले कुनै सफलता पाउँदैन ।

यो मोर्चा कसैको दिमाग चलाउन र सत्तापरिवर्तनका सम्भावनालाई टार्नका लागि बनाइएको हो भने यसको आयु पनि छोटो होला । चार दलले बुझेको समाजवाद यदि अमुक दल र खास व्यक्ति विशेषविरूद्ध लक्षित हो भने बुझे हुन्छ त्यसले राजनीतिक क्षयीकरण मात्र हुन्छ । सांगठनिक रूपमा कमजोर हुँदै गएपछिको मनको बह बिसाउने वृद्ध चौतारीमा परिणत गर्ने हो भने मोर्चाको औचित्य असार ४ मा नै समाप्त भएको छ ।

मोर्चा राजनीतिक स्थायित्व, अग्रगमन, नागरिकका समस्या समाधानभन्दा पनि नांलो ठटाएर हात्ती तर्साउने दुस्साहस गर्नतिर लागे जस्तो देखिन्छ

समाजवादी मोर्चाको मिसन भनेको अहिले उदयमान शक्तिका रूपमा अघि बढिरहेको रास्वपा, राप्रपा जनमतपार्टी र अन्य स्वतन्त्र व्यक्तिको बढ्दो लोकप्रियतालाई फिक्का बनाउने हुनुपर्छ । तर, आजको भोलि नै त्यो मिसनमा पुग्ने सम्भावना देखिँदैन । नेपाली समाज अहिले बढ्दो सूचना र सञ्चारको प्रभावले एक कदम होइन आठ÷१० कदम अघि बढिसकेको छ । के त्यस्तो वर्ग सम्प्रदायका सीमित व्यक्तिलाई झुक्याउन सकिएला तर समग्रमा जनताले पुराना दलको कार्यशैली र प्रवृत्ति राम्रोसँग बुझिसकेका छन् । सानातिना आश्वासन र ढाकछोपले पटकपटक भाँचिएको मन अब कुनै कुराले फर्किनेवाला छैन । त्यसैले पनि समाजवादी मोर्चा राजनीतिमा आएको अर्को स्टन्टबाजभन्दा फरक केही छैन ।

मोर्चा बनेदेखि नै पक्षविपक्षमा राजनीतिक दलबाट टिकाटिप्पणी भइरहेकै छन् । कसैले बिग्रिएको राजनीतिलाई लिगमा ल्याउन सफल हुनेदाबी गर्छन् भने कसैले सत्ताबार्गेनिङको चालका रूपमा बुझेका छन् । कसैले निक्कै ठुलै सपना साकार हुँदै गइरहेको व्याख्याविश्लेषण पनि गर्ने गरेका छन् । तर, हो चाँहि के ? स्वयं मोर्चामा आबद्ध दलका नेताले पनि प्रस्ट पार्न सकिरहेका छैनन् । यदाकदा सरकार परिवर्तनका बजारहल्लाले पनि मोर्चाको भविष्य के होला भन्ने प्रश्न उठाएको छ । मोर्चा कति समयका लागि बनेको हो त्यो पनि स्पष्ट छैन । २०८४ सालका निर्वाचनसम्म मात्र पनि हुन सक्छ । सत्ता टिकाउन मात्रै पनि हुन सक्छ । या त कांग्रेस एमालेलाई तर्साउन मात्रै पनि हुन सक्छ ।

अवसरवादबिच जन्मिएको मोर्चाले नेपाललाई समाजवाद उन्मुख बनाउला भनेर विश्वास गर्ने आधार केही छैन । यसका आधार कमजोर र विश्वास गर्न नसकिने छन् । समाजवादी मोर्चा भनेको सामूहिक सत्ता सौदावाजीको एउटा दबाब समूह जस्तो मात्रै छ र, यो नेपालको अस्थिर सत्ता राजनीतिमा बेलाबखत आइरहने राजनीतिक स्टन्टवाजभन्दा फरक छैन । समाजवादी मोर्चा सत्ता जोगाउने एउटा अचुक अस्त्रका रूपमा मात्रै प्रयोग भएको देखिन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल अहिले सत्तामा आइपर्ने सम्भावित खतरा टार्न मोर्चालाई वैशाखीका रूपमा प्रयोग गरिरहेका छन् । ठोस कार्यक्रम पनि नबन्ने, छलफल पनि नहुने अनि मोर्चामा आबद्ध दललाई अलमल्याइरहने रणनीतिमा प्रचण्ड लागिरहेका छन् । यसले सुशासन विकास भ्रष्टाचार नियन्त्रणमा कुनै ठुलो छलाङ मार्ला भन्ने आमअपेक्षा मरिसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 64 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेपालगञ्जमा कर्फ्यू उलङघन गर्दै प्रदर्शन जारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
८१ वर्षीय रसिंह व्यञ्जनकारले वडा अध्यक्षमा दिए उम्मेदवारी