काठमाडौं । कवि भूपी शेरचनमाथिको पुस्तक ‘भूपी’को काठमाडौंमा एक समारोहबीच लोकार्पण गरिएको छ । भूपीकी छोरी कविता शेरचनले यो पुस्तक लेखेकी हुन् । उनीसहित प्राध्यापक अभि सुवेदी, वनस्पतिविद् वैज्ञानिक तीर्थबहादुर श्रेष्ठ र भूपीपत्नी कान्ति शेरचनले पुस्तक सार्वजनिक गरेका हुन् । पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो ।
कार्यक्रममा प्राध्यापक अभि सुवेदीले आपूm कवि भूपी शेरचनको कविताको फ्यान भएको बताए । यतिबेला उनको ’boutमा अंग्रेजीमा पुस्तक आउँदा आफू थप चकित परेको पनि उनले बताए, ‘भूपी दाइलाई रक्सीसँग जोडेर जति लेखियो, त्यो चाहिनेभन्दा बढी थियो भन्ने मलाई लाग्छ । समाजमा रक्सी नखाने को छ ?’ भूपिलाई रक्सीसँग जोडेर समाजले निकै गिल्ला गरेको पनि उनले बताए । भूमिको साहित्यमा योगदान’bout चर्चा हुनुपर्नेमा उनले जोड दिए ।
भूपीपत्नी कान्ति शेरचनले भूपिसँगका स्मरण सुनाइन् । पति भूपीले जुनसुकै रचना गरे पनि पहिलो स्रोताका रूपमा आफूलाई सुनाउने गरेको उनले बताइन् । साथै भूपीको निधन भएको ३५ वर्षपछि छोरीले पुस्तक प्रकाशन गरेर बुबालाई फेरि एकपटक जीवित तुल्याएको पनि बताइन् ।
कृषि वैज्ञानिक तीर्थबहादुर श्रेष्ठले भूपिलाई सम्झँदै भने, ‘म विज्ञानको विद्यार्थी, रिपोर्ट आदि विषय अंग्रेजीमै लेख्नुपर्ने, नभए साइन्स नहुने । तर, भूपीजीले आफूले अध्ययन अनुसन्धान गरेका विषय नेपालीमा पनि लेख्नुस् भनेपछि म नेपाली भाषामा लेखरचना लेख्नतिर लागेको हुँ ।’ आफू कविता सिर्जनामा भूपीकै प्रेरणाले लागेको उनले बताए ।
पुस्तककी लेखक कविताले सो कार्यक्रममा भनिन्, ‘रक्सी पिएकै कारण बुबाको बढी आलोचन भएपछि एक÷दुई कक्षा पढ्दा भूपी शेरचनकी छोरी हुँ भन्न नपरे हुन्थ्यो जस्तो लाग्थ्यो । तर, चार-पाँच कक्षा पढ्ने बेलासम्म मेरो स्कुलका शिक्षकदेखि समाजका लब्धप्रतिष्ठित व्यक्ति सबै म त तिम्रो बुबाको ठुलो फ्यान हुँ नि भन्दै आएपछि उहाँको छोरी हुँ भनेर चिनिनमा गर्व लाग्न थाल्यो ।’
आफ्नो घरमा जति पनि मानिस आउँथे, उनीहरू सबै भूपीका प्रशंसक भएको देखेपछि त झनै बुबाको महत्ता आफूले झनै बढी बुझेको पनि छोरी कविताले बताइन् । ‘तर समाजमा बुबालाई एउटा असल कविका रूपमा मात्र नबुझेर जड्याँहाका रूपमा प्रस्तुत गर्दा भने मलाई अति पीडा दिन्थ्यो । बुबाको विषयमा जति विषय बाहिर आएका कतिपय भने बुबाले लेखेको कविता जस्तै हल्लैहल्लामा आएका छन्,’ उनले गुनासो पोखिन् ।