जुगल र मुकन्दको प्रतिबिम्ब सार्वजनिक

काठमाडौं । गीतकार डा. मुकुन्द पथिकको एकल रचना र संगीतकार जुगल डंगोलको एकल संगीतमा नयाँ गीतिसंग्रह प्रतिबिम्ब बजारमा आएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अमेरिकाले जुममार्फत कार्यक्रम आयोजना गरेर यो गीति संग्रह सार्वजनिक गरेको छ ।

यो गीतिसंग्रहमा ६ वटा गीत रहेका छन् । संग्रहमा शुभकामना, छोरो पायो बुहारीलाई, विदेशमा पढ्न गयो, प्रेमको प्रस्ताव, कोही मर्दा र नेपालमा जन्मेकी हुँ गीत संग्रहित छन् । पछिल्लो समय एकल गीत निकाल्ने गरिएकोमा गीतकार पथिक र संगीतकार डंगोलले ६ वटा गीत समेटेर यो संग्रह ल्याएका हुन् । गीतको भिडियो भने विस्तारै निर्माण गर्दै जाने उनले बताए ।

संग्रहका संगीतकार जुगल डंगोलले भने, ‘प्रचलित गीतबाट पर हटेर डा. पथिकले यसपटक सामाजिक यथार्थपरक गीतलाई यो संग्रहमा ल्याउनुभएको छ । यी गीत समाज परिवर्तनका लागि सूचक बन्न सक्छ भन्ने आशा मैले गरेको छु ।’

यस्तै, गीतकार डा. मुकुन्द पथिकले पनि आफ्नो गीतको भावमा संगीतबाट जुगल डंगोलले न्याय गरेको बताएका छन् । गीतहरू राम्रो बनेको उनको कथन छ ।

यी गीतलाई अग्रज कलाकार मदनकृष्ण श्रेष्ठ, संगीता प्रधान राना, सुगम पोखरेल, हेमन्त कान्छा रसाइली, निशान भट्टराई र प्रिजा मिश्रको स्वर रहेको छ ।

यी सबै गीतको संगीत संयोजना पनि जुगल डंगोलकै हो । गीतलाई आर्टोम्युज रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 45 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पोखराका चिकित्सक सडकमा, सिडिओ कार्यालय अघि नाराबाजी (फोटोफिचर)

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
चार पालिका जितेको एमाले योपटक शून्य