यो युवा उद्यमशीलता वर्ष हो, उपयोग गरौँ : अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थ मन्त्री डा. प्रकाशशरण महतले यसपटकको बजेटमा युवाहरुलाई मध्यनजर गरेर युवा उद्यमशीलता (स्टार्टअप), आइटी र रिसर्चमा ठूलो रकम विनियोजन गरिएको बताएका छन् । यसका लागि आवश्यक सूचना सम्बन्धित निकायबाट लिएर युवाहरुले उपयोग गर्नुपर्ने मन्त्री डा. महतको भनाइ छ ।

‘देशको ठूलो जनशक्ति विदेशिएकाले यहाँ दक्ष्य जनशक्तिको अभाव सिर्जना भइसकेको छ । यहाँ धेरै अवसर छन्, विदेशमा पढाइ सक्नुभयो भने तुरुन्त नेपाल फर्किन म अनुरोध गर्छु’, मन्त्री डा. महतले भने, ‘नेपालमै छ, प्रशस्त सम्भावना छ, त्यसलाई क्यास गर्नुहोस् ।’

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल युवा संस्था संजाल (आयोन) ले शनिबार आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा. महतले भने, ‘रोज्न पाउने हाम्रो आधारभूत अधिकार हो, हाम्रो योग्यता, क्षमता, सिर्जना र सम्भावना के गर्दा र कहाँ गएर आपूर्ति हुन्छ, त्यसमा कसैले बन्देज लगाउन मिल्दैन ।’

पछिल्लो समय सूचना प्रविधिमा ठूलो सम्भावना देखिएको उल्लेख गर्दै मन्त्री डा. महतले भने, ‘नेपालबाट सप्टवेयर निर्यात गरेर ठूलो मात्रामा विदेशी पैसा नेपाल भित्र्याइरहेका छन् । र, यसका लागि धेरै ठूलो लगानी चाहिँदैन । यसका लागि समर्पण र दक्षता भए पुग्छ ।’

कसैले सूचना प्रविधिमा लगानी गर्न चाहन्छ भने उसका लागि सरकारले ५० प्रतिशत आयकर छुट दिने निर्णय गरेको जानकारी दिँदै मन्त्री डा. महतले भने, नेपालमै बसेर आईटी बिजनेशलाई विश्व बजारमा फैलाउन चाहिने विदेशी मुद्रा सरकारले उपलब्ध गराउने छ ।’

‘हाम्रो सिस्टममा इरर थियो, गरे पनि हुने, नगरे पनि हुने प्रवृत्ति विकसित भइरहेको थियो, त्यसलाई अर्डरमा ल्याउने प्रयास भइरहेको छ । श्रोतको अभावले धेरै कुरा हामीले गर्न चाहेर पनि सकेनौं’, मन्त्री डा. महतले भने, ‘अब हाम्रो अर्थतन्त्र सही बाटोमा हिड्ने छ ।

तपाइको प्रतिक्रिया
(Visited 159 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

हिंसात्मक घटनाको जिम्मेवार आयोजक नै हुन्छन् : गृह मन्त्रालय

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
खसको भन्दा १६ मत बढी भेटिएपछि धनुषामा झडप, प्रहरीद्धारा २५ राउण्ड हवाई फायर