भाइरल सिम्रन

पोखरा । जादुमयी स्वरमा गीत गाएर सामाजिक सञ्जालमा भाइरल बागलुङकी सिम्रन परियारको यतिखेर सामाजिक सञ्जालमा व्यापक खोजी छ ।

केही दिनअघिसम्म गाउँघरमै सीमित सिम्रनको पहिलो रेकर्ड गीत टे«न्डिङ वानमा उक्लिएसँगै उनी झनै चर्चामा छिन् । गायक प्रमोद खरेलको स्वरको ‘उसलाई पाउन २’ को फिमेल भर्सन शुक्रबार सार्वजनिक भएको थियो । सुनिल बिसी युट्युव च्यानलबाट सार्वजनिक उक्त गीत राम्रो भ्युजका कारण टेन्डिङ वानमा छिरेको हो ।

गाउँदेखि काठमाडौंको मारुनी डिजिटल स्टुडियोमा गीत रेकर्ड गराउने चाँजोपाँजो मेचीकाली खबरका सञ्चालक भोजराज थापाले मिलाइदिएका थिए । थापा सिम्रनको अन्तर्वार्ताका लागि केही दिनअघि बागलुङ नै पुगेका थिए ।

विकास प्रसाईंको भिडियोमा एरेन्ज विशाल निरौलाले गरेका छन् । कम्पोजर सुनिल बिसी आफंैले गीत लेखेका हुन् । आफ्नो स्वरको फिमेल भर्सनमा देखिएकी सिम्रनलाई गायक प्रमोदले शुभकामना दिंदै सफल सांगीतिक यात्राको कामना गरे । उनले सिम्रनलाई म्युजिक क्लास ज्वाइन गर्न र पढाइ नबिगार्नु आग्रह गरे । प्रमोदका फ्यान भएको बताउँदै सिम्रनले उनकै गीत पहिलोपल्ट रेकर्ड गर्न पाएकोमा खुसी व्यक्त गरिन् ।

सिम्रनले गाएको अर्को गीत ‘मुटुमै घाउ छ’ शनिबार रिलिज भएको छ । श्रीधर अधिकारीको संगीतसँगै निर्देशनमा डा. विष्णुमूर्ति भट्टराईको शब्दको उक्त गीत श्रीधर अधिकारी युट्युब च्यानलमार्फत बजारमा आएको हो । सिम्रनलाई यतिबेला टेलिसिरियलसँगै विभिन्न गीतका लागि अफर आएको बताइएको छ ।

स्कुल तथा कलेज पढ्दा विभिन्न प्रतियोगितामा भाग लिई पुरस्कार जित्न सफल उनले केही वर्षअघिको बागलुङ गाइज स्टारमा प्रथम भएकी थिइन् ।

बागलुङ नगरपालिका वडा ६, लङगाँउस्थित तीनतलेकी सिम्रन विद्यामन्दिर मावि कक्षा १२ मा साइन्स विषय पढ्दै छिन् । सोम परियार र मनीषा परियारकी सुपुत्री उनी निम्न आय भएको परिवारमा हुर्किएकी हुन् । उनका बाबु वैदेशिक रोजगारीका लागि विदेश छन् ।

१८ वर्षीया सिम्रनको जादुमयी स्वरले अहिले सबैलाई मोहित बनाएको छ । सानैदेखि गीत गाउन भनेपछि हुरुक्कै हुने उनी खाली समयमा गीत गुनगुनाउने गरेको साथीभाइ बताउँछन् । उनलाई अझ आधुनिक गीत गाउन बढी मन पर्छ । भविष्यमा सफल गायिका हुने लक्ष्य रहेको सिम्रनले बताइन् ।

तपाइको प्रतिक्रिया
(Visited 219 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पोखराका चिकित्सक सडकमा, सिडिओ कार्यालय अघि नाराबाजी (फोटोफिचर)

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
ओलीको गृहनगर दमकमा एमाले पराजित