जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयबाट खटेको टोलीले धनुषाको शहीदनगर नगरपालिकाका इन्जिनियरसहित दुई जनालाई घुसको रकम सहित आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सो पालिकाका इन्जिनियर रमेश कुमार चौधरी र सहयोगी गुरुदेव यादव रहेको अख्तियारका बर्दिबासका कार्यालय प्रमुख रामबहादुर कुरुवाङ्गले जानकारी दिनु भएको छ । अख्तियारको टोलीले विशेष सूचनाको आधारमा पक्राउ गरेको छ ।
धनुषाको गोठकोयलपुरका विद्यालयको पर्खाल निर्माण बापत ठेकेदारसँग पटक– पटक रकम माग गर्दै आएकोमा इन्जिनियर चौधरीले १ लाख नगद र सोही बराबरको चेक लिएको अवस्थामा अख्तियारका टोलीले पक्राउ गर्नमा सफल भएको अख्तियारले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि टोलीले आफ्नो साथमा लगेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 111 times, 1 visits today)