काठमाडौं । अभिनेत्री दीपा पुनलाई पर्वतारोहणमा फेरि अर्को सफलता मिलेको छ । बेलायतमा बस्दै आएकी यी अभिनेत्रीले यतिबेला अफ्रिकाको सबैभन्दा अग्लो हिमाल किलिमन्जारोको आरोहण सम्पन्न गरेकी छन् । नेपालको समयअनुसार आपूmले आइतबार बिहान साढे ७ बजे सो पर्वतको चुचुरोमा पुगेको उनले जनाएकी छन् ।
अफ्रिकाको यो पर्वतको उचाइ ५ हजार ८ सय ९५ मिटर (१९ हजार ३४१ फिट) रहेको छ । त्यहाँ पुगेर आपूmले किलिमन्जारोको शिखरमा नेपालको झन्डा फहराउन सफल भएको उनले जनाएकी छन् । आफ्नो पछिल्लो चलचित्रसँगै उनी पर्वत आरोहणमा व्यस्त रहने गरेकी छन् । गत महिना आफ्नो चलचित्र अन्तिम संस्कारको रिलिजका लागि नेपाल आएकी उनी सो चलचित्रको प्रदर्शन सकेर किलिमन्जारो आरोहणको अभ्यासमा जुटेकी थिइन् । फिल्मको रिलिजपछि बेलायत फर्केर त्यतैबाट अफ्रिका पुगेर सो पर्वतको आरोहण उनले गरेकी हुन् ।
अभिनेत्री दिया पुनले सगरमाथाको सफल आरोहण पनि अन्य शिखरको आरोहण सुरु गरेकी हुन् । उनले गत वर्षको जेठमा सर्वोच्च हिमाल सगरमाथाको सफलतापूर्वक आरोहण गरेकी थिइन् । आपूmले पर्वत आरोहणको यात्रा मनास्लुबाट सुरु गरेको पनि उनले बताएकी छन् । सगरमाथा आरोहण गर्नुअघि अभिनेत्री दियाले विश्वकै आठौं अग्लो पर्वत मनास्लु हिमाल (८ हजार १ सय ६३ मिटर)को सफल आरोहण गरेकी थिइन् । त्यसपछि आपूm सगरमाथा चढ्न सफल भएको पनि उनले बताएकी छन् । मनास्लु र सगरमाथापछि अर्जेन्टिनास्थित ६ हजार ९ सय ६१ मिटर अग्लो हिमाल अकोनकागुवाको सफल आरोहण गरेकी यी अभिनेत्रीको किलिमन्जारो चौथो पर्वत आरोहण हो । यसपटक पनि पर्वतारोहणमा सफलता हासिल गरेकोमा उनले खुसी व्यक्त गरेकी छन् ।
पेसा र नर्स र अभिनेत्री रहेकी दियाले चलचित्र ‘वीर विक्रम’बाट नायिकाका रूपमा अभिनय यात्रा सुरु गरेकी थिइन् । उनको अर्को चलचित्र ‘दयारानी’ पनि चाँडै प्रदर्शन हुने बताइएको छ ।