जनमतकी अनिता देवीले लिइन् मन्त्रीकाे शपथ

काठमाडौं । नवनियुक्त मन्त्री अनितादेवी साहले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।  राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको पद तथा गोपनीयता शपथ लिएकी हुन् ।

माओवादी केन्द्रका अमनलाल मोदीलाई फिर्ता बोलाएर माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीकी सांसद साहलाई सो मन्त्रालयको जिम्मेवारी दिएका छन् । 

तत्कालीन खानेपानी मन्त्री अब्दुल खानले आफूले पाएको खानेपानी मन्त्रालय प्रति असन्तुष्टि जनाउँदै २०७९ चैतमा राजीनामा गरेका थिए । मन्त्रीमण्डल पुनर्गठनमा प्रधानमन्त्रीले उनलाई पुन खानेपानी मै राखे पछि जनमत असन्तुष्ट भएको थियो । त्यति बेला जनमतले उद्योग या कृषि मन्त्रालय मागेको थियो ।

प्रधानमन्त्रीले जनमतलाई सुरुमा मागेको मन्त्रालय दिने आश्वासन दिएका थिए तर राष्ट्रपति कार्यालयमा नाम पटाउँदा जनमतलाई पुन खानेपानी मै राखेका थिए । त्यसपछि जनमत असन्तुष्ट बनेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 82 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेपाल आउँदै एमसीसी प्रमुख कार्यकारी अधिकृत अल्ब्राइट

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
सिन्धुलीका ४४ वडाको नतिजा सार्वजनिक (सूचीसहित)