स्थायीका लागि आन्दोलन गर्दागर्दै जागीरे सकियो

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका –०३का अन्तराम जोशी अहिले ६०बर्ष पुगे । उनी आफ्नै पहलमा वि.स.२०४३ सालमा खुलेको चनैराज माध्यमिक विद्यालयका खरिदार हुन् । ३७ बर्षसम्म विद्यालय कर्मचारीको अस्थायी जागीर खाएका उनि दाह्री÷कपाल सेताम्य हुदाँसम्म पनि आन्दोलनमै छन् ।

उनले विद्यालय कर्मचारीहरुको स्थाई कोटा माग गर्दै पहिलो पटक २०५२ सालमा सानोठिमी भक्तपूरमा आन्दोलन गरेको सुनाए । जोशी अहिलेपनि विद्यालय कर्मचारीहरु सँगै आन्दोलनमा होमिएका भेटिन्छन् । “पहिलो पटक विद्यालय कर्मचारीका माग सरकारलाई सुनाउन ०५२ सालमा काठ्माण्डौँ गए, सानोठिमी भक्तपूरमा आन्दोलन ग¥यौँ, बहादुर खडकालाई आन्दोलनको नेता बनायौँ, शिक्षा ऐनमा विद्यालय कर्मचारीको दरवन्दी प्रष्ट्याउन आवाज उठाउदाँ के िहसुनुवाई भएन् । अहिले नयाँ शिक्षा ऐन आउदैछ भन्ने सुनेकाले यसमा केहि सुनुवाई होलाकी भन्ने आशा छ ।”

१० बर्ष निशुल्क सेवा, त्यसपछि मासिक २ सय ५०

जोशीले भारतको गाजिँयावादबाट एसएलसी पास गरेको बताए । उनले १०बर्ष पारिश्रमिक बिनै विद्यालयको प्रधानाध्यापकको भुमिकामा रही अध्यापन समेत गरे । वि.स.२०५६ सालदेखी मासिक तलव रु २५०, र लामो समय ३०० तलवमा काम गरे । केहि समय ८हजारमा काम गरेका उनको तलव हाल भने मासिक तलव रु २०हजार ५सय छ । उक्त तलव २बर्ष यता पाउन थालेको जोशी बताउछन् ।

जोशीले बुवाको गाली खादाँखादैँ २०४३ सालमा विद्यालय स्थापना गरेको विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष घनश्याम भट्ट बताउछन् । “उहाँले नै २०४३ साल माघ २१ मा स्कूल स्थापना गर्नुृभएको हो, प्राविधिक कारणले स्थाई हुन सक्नु भएन्, उहाँ भन्दापछि आएका शिक्षक उमेर हदले अवकाश भएर गैसके, उहाँको अवस्था यस्तै छ । जतिदिन सम्म हाजिर लगाउन पाइन्छ त्यतिबेलासम्म अस्थायी जागीर कायम रहन्छ, पछि के हुने हो केहि भन्न सकिन्न । ”उनले भने,“घर परिवारको साथ नपाउदाँ पनि उ बेलामा स्कूल स्थापना गरि सबैलाई शिक्षीत बनाउने व्यक्तिलाई सरकारले केहि न केहि व्यवस्था भने गर्नुपर्छ ।”

३७ बर्ष अगाडी जोश जागरका साथ विद्यालय स्थापना गरेका जोशीको स्वास्थ्य अवस्था अहिले कमजोर भइसकेको छ ।

नेपाल सरकारको कर्मचारीले ६०बर्ष अगावै अवकाश हुने व्यवस्था छ । ६०बर्षको उमेर पुग्दा सम्म अस्थार्यी जागीरमै जिवन बिताएका अन्तरम जोशी जस्ता पात्रहरुका लागि नयाँ आउन लागेको शिक्षा ऐनले विद्यालय कर्मचारीका माग सम्बोधन गर्नुपर्ने अभियन्ताहरुको माग छ ।

शिक्षक लक्ष्मण भट्टटले भने,“शिक्षक कोहि अस्थार्यी, कोहि राहत, कोहि स्थाई भन्दा पनि एकै स्तरको होस, विद्यालय कर्मचारीहरुको उचिव व्यवस्थापन होस् ।”

वि.स. २०२८ पछि दोस्रो पटक आउन लागेको शिक्षा ऐनले शिक्षक र विद्यालय कर्मचारीका मागहरु सम्बोधन गर्नुपर्ने भन्दै देशव्यापी आन्दोलनका कार्यक्रमहरु जारी रहेको शिक्षक नेता दल बहादुर कार्कीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 89 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पोखराका चिकित्सक सडकमा, सिडिओ कार्यालय अघि नाराबाजी (फोटोफिचर)

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
पाल्पामा निर्वाचन टोली मतदानस्थमा खटिदै