अभिनेत्री स्वस्तिमालाई पर्दैन राजनीति

काठमाडौं । अभिनेत्री स्वस्तिमा पछिल्लो समयकी सफल अभिनेत्री हुन् । एकपछि अर्को हिट चलचित्र दिएकी यी अभिनेत्रीको यतिबेला नयाँ चलचित्र ‘ऐंचो पैंचो’ प्रदर्शनीको तयारीमा छ । आउँदा १४भदौबाट रिलिज हुने यो चलचित्रमा उनले नेतृको चरित्र निर्वाह गरेकी छिन् । उनी यो चलचित्रमा राजनीतिज्ञको रुपमा प्रस्तुत भए पनि आफुलाई राजनीति खास्सै मन नपर्ने उनले बताएकी छिन् ।

‘म राजनीनि’bout चासो राख्छु । तर मलाई राजनीति भने त्यति मन पर्दैन् ।’ यी अभिनेत्रीले सोमबार चलचित्र ऐंचो पैंचोको ट्रेलर रिलिज समारोहमा राजनीति प्रति वितृष्णा पोख्दै आफु राजनीतिक पार्टीमा आबद्ध नरहेको बताएकी छिन् ।

अभिनेत्री स्वस्तिमाको भनाईमा उनी स्कुल पढ्दा देखि नै राजनीतिमा लाग्न साथीहरुले कर गरे । त्यसपछि थापाथली इन्जिनियरिङ क्याम्पसमा उनी अध्ययनका क्रममा स्वस्तिमालाई विधार्थी राजनीतिमा लाग्न समेत साथीहरुले कर गरेका थिए । तर उनलाई नेतृ हैन अभिनेत्री हुनु थियो । त्यसैले राजनीतिमा लाग्ने कुरालाई आफुले महत्व नदिएको स्वस्तिमाले बताएकी छिन् ।

यसपटक काठमाडौं महानगरपालिकाको स्थानीय निर्वाचनमा अभिनेत्री स्वस्तिमाले बालेन साहलाई खुलेर समर्थन गरेकी थिईन् । उनी सहित उनका श्रीमान अभिनेता-निर्देशक निश्चल बस्नेत समेत मेयरको लागि बालेन साहलाई समर्थन गरे । उनलाई निर्वाचित समेत तुल्याए । अहिलेको अबस्थामा आफु कुनै पनि पार्टीसँग आबद्ध नभएको र जो सही उम्मेदवार छ, पार्टी नभनी उसलाई नै भोट दिने गरेको अभिनेत्री स्वस्तिमाले बताएकी छिन् ।

तथापि आफुले नेपालको राजनीतिक अबस्था’bout चासो राख्ने गरेको पनि स्वस्तिमाले बताएकी छिन्,‘म राजनीतिक पार्टीसँग नजिक नभए पनि मुलुकको राजनीतिक अबस्था’bout प्राय अपडेट भईरहन्छु । कुन पार्टीले के गरिरहेको छ तथा कुन नेताले के गरिरहेका छन भन्ने राजनीतिक गतिविधिका ’boutमा पनि चासो राख्ने गरेको छु ।’ यी नायिकाले भनिन् ।

चलचित्र ऐंचो पैंचोमा मुख्य भूमिकामा प्रस्तुत भएपछि राजनीतिप्रति आफ्नो चसो झनै बढेको यी अभिनेत्रीको कथन छ । स्वस्तिमाका अनुसार चलचित्र ऐंचो पैंचोमा उनी राजनीतिज्ञको रुपमा प्रस्तुत भएकी छिन् । चुनाव जित्न देखि सत्ता चलाउनसम्म एउटा नेताले के के गर्नुपछि भन्ने कुरा यो सिनेमाको आफ्नो चरित्रबाट सिक्ने अबसर पाएको पनि स्वस्तिमाको कथन छ ।

यो चलचित्रलाई कृषा चौलागाईंले निर्देशन गरेकी हुन् । कृषाले स्वस्तिमालाई नायिकाको रुपमा प्रस्ताव गर्दा सुरुमा उनी यो चलचित्र खेल्न मन्जुर भएकी थिईनन् । राजनीतिक सिनेमा भन्दासाथ उनलाई काम गर्न मन लागेन । तर फिल्मको स्कृप्ट पढेपछि यो सिनेमामा आफु काम गर्न तयार भएको पनि उनले बताएकी छिन् ।

हुन त यस अघि अभिनेत्री स्वस्तिमाले राजनीतिक बिषयबस्तुमा केन्द्रि चलचित्र छक्का पञ्जा ४ मा अतिथि कलाकारको भूमिका निर्वाह गरेकी थिईन् । सो चलचित्रले सुपर डुपर व्यापार गरेपछि यी अभिनेत्रीको राजनीतिक फिल्म तर्फ आकर्षण बढेको रहेछ ।

चलचित्र ऐंचो पैंचोमा स्वस्तिमासँगै मुकुन भुसाल, वर्षा राउत, शुशिल सिटौला, कोशिस क्षत्री, रमेश बुढाथोकी, रविन्द्र झालगायतको मुख्य भूमिका रहेको छ । यो चलचित्रले अहिलेको समसामयिक राजनीतिक समस्यालाई उठान गरेको पनि अभिनेत्री स्वस्तिमाले बताएकी छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 55 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पोखराका चिकित्सक सडकमा, सिडिओ कार्यालय अघि नाराबाजी (फोटोफिचर)

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
एमालेले क्लिनस्विप गरेको पाख्रिबासमा गठबन्धन विजयी