रङ्गेली बन्यो रङ्गेली ग्याङ्स्टर्स

काठमाडौँ । केही दिन अघिमात्र चलचित्र ‘रँगेली ग्याङस्टार’ निर्माणको घोषणा भएको थियो । मोरङको रँगेली निवासीले सो फिल्मको नाम रँगेली ग्याङस्टार राखेको भन्दै बिरोध गरे । सो विरोधपछि पनि निर्माणपक्षले वेवस्ता गरेपछि सिनेमाको छायाँकन रोक्ने चेतावनी दिए ।

सो चेतावनीपछि स्थानीयसँग छलफल गर्दै यो चलचित्रको नाम परिवर्तन गरिएको छ । चलचित्र ’रङ्गेली ग्याङ्स्टर्स’ नाम परिमार्जन ’रङ्गेली’ राखिएको छ । निर्माण टीमले एक प्रेस वक्तव्य जारी गर्दै यसको नाम परिमार्जन गरिएको छ । चलचित्रमा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रविण खतिवडालगायतका कलाकारे प्रमुख भूमिका रहेको छ । चलचित्रका लेखक तथा निर्देशक अर्जुन सुवेदी हुन् ।

फिल्मको कथाले रँगेलीलाई गुन्डागर्दी युक्त क्षेत्रजस्तो देखाउने भएपछि फिल्मको नाम परिवर्तन गरिएको सुवेदीले बताएका छन् । यो नाम यो परिमार्जनले हाम्रो समाज भित्र सकारात्मकता, एकता र सम्मानको वातावरण कायम राख्न सहयोग पुग्ने विश्वास गरिएको निर्माण पक्षले विज्ञप्ति मार्फत जनाएको छ, ‘यस चलचित्रको छायाङ्कन हुने स्थान मोरङ जिल्लाको रङ्गेलीमा भएको आपसी समझदारीबाट शीर्षक परिमार्जनको निर्णय गरिएको हो । त्यहाँका स्थानीय समुदायका अग्रजहरू तथा स्थानीय निकायबाट यस चलचित्रको शीर्षकमा परिमार्जनको लागि आग्रह गरिएको थियो ।’ सोही आग्रहलाई सम्मान गर्दै शीर्षक परिमार्जन गरिएको विज्ञप्तिमा उल्लेख छ । अब यो फिल्म रँगेलीकै नाममा बन्ने तर चलचित्रको स्क्रिप्टमा कुनै परिमार्जन नहुने पनि निर्माण पक्षले जनाएको छ ।

सोमबार जारी गरिएको विज्ञप्तिमा लेखिएको छ, ‘रङ्गेलीको रिलिज महाशिवरात्रीको अवसरमा मिति २०८० सालको फागुन २५ गतेलाई औपचारिक रुपमा तोकिएको छ ।’ निर्माण पक्षका अनुसार यो चलचित्रको अहिले अभिनय कार्यशाली जारी छ । यो चलचित्रको छायाँकन भदौको दोश्रो साताबाट सुरु हुने भएको छ । यो चलचित्रलाई सुशन प्रजापतिले छायाङ्कन गर्दैछन् ।

यो चलचित्रको कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् भने संसार चौलागाईं र रमेश भट्टराई बशिष्ठ यसका निर्माता हुन् । रँगेलीमा युवक कार्की र शिव थपलिया सह–निर्माता, बिबेक खड्का (योलो) एशोसियट निर्माताका रुपमा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 41 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेपाल आउँदै एमसीसी प्रमुख कार्यकारी अधिकृत अल्ब्राइट

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
कटारीमा गठबन्धनका राजेशचन्द्र श्रेष्ठ निर्वाचित