मुगु जीप दुर्घटना : ज्यान गुमाउनेको संख्या ५ पुग्यो

मुगु । मुगुमा भएको जीप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । सोरु गाउँपालिकामा–७ मा भएको उक्त जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सीप पहिरो नजिक मंगलबार ग १ ज ७७६२ नम्बरको जिप दुर्घटना भएको हो भने मंगलबार बिहान सोरुकोटबाट गमगढीतर्फ जाँदै गरेको उक्त जिप सीप पहिरो नजिक सडकबाट २ सय मिटरभन्दा तल खसेको थियो । उक्त जीप दुर्घटनामा परी ४ जना सख्त घाइते भएका छन । उनीहरुको हाल उपचार भईरहेको छ । 

यसरी ज्यान गुमाउनेमा सोरु गाउँपालिका–५ का लोकजन नेपालीसहित हुम्ला सर्केगार्डका  राम परियार, प्रकाश बोहोरा, राम परियार र पियुस परियार रहेका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले जानकारी दिए । 

तपाइको प्रतिक्रिया
(Visited 62 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेपाल आउँदै एमसीसी प्रमुख कार्यकारी अधिकृत अल्ब्राइट

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
जुम्लाकाे तातोपानी १ वडाध्यक्षमा काँग्रेसका कठायत विजयी