स्पेन पहिलो पटक महिला विश्वकप फुटबलको फाइनलमा

वालिङ्टन । स्पेन जारी महिला विश्वकप फुटबलको फाइनलमा पुगेको छ । उसले स्वीडेनलाई २–१ ले पराजित गरेर फाइनल स्थान सुरक्षित गरेको हो । मंगलबार न्युजिल्यान्डको इडेन पार्कमा भएको पहिलो सेमिफाइनलमा स्वीडेनले ८८ मिनेटमा गोल फर्काएपछि खेल रोचक मोडमा पुगेको थियो ।

यो खुशी एक मिनेट पनि कायम रहन सकेन । स्पेनले ८९ औं मिनेटमा विजयी गोल गरेपछि खेल निर्धारित समयमै सकिएको थियो । स्पेनका लागि पहिलो गोल साल्माले ८१ औं मिनेटमा गरेकी थिइन् । अन्तिम १० मिनेटमा खेल निर्णयक बनेको थियो ।

स्पेनले अब उपाधिका लागि बुधबार हुने दोस्रो सेमिफाइनलको विजेतासॅंग खेल्नेछ । दोस्रो सेमिफाइनलमा इंग्ल्यान्ड र आयोजक अष्ट्रेलिया सिड्नीको स्टेडियममा खेल्ने छन् ।

सुरुआती ६ संस्करणमा सहभागीता नजनाएको स्पेन सातौं संस्करणमा समूह चरणबाट तथा गत संस्करणमा प्रि–क्वाटरफाइनलबाट बाहिरिएको थियो । स्पेनको जितमा साल्मा पोरेलु र ओल्गा कार्मोनाले समान १–१ गोल गरिन् । उता स्विडेनका लागी ब्लोभिस्टले १ गोल गरिन् ।

तपाइको प्रतिक्रिया
(Visited 112 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेपाल आउँदै एमसीसी प्रमुख कार्यकारी अधिकृत अल्ब्राइट

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
हेटौँडा १ नम्बर वडामा कांग्रेसबाट न्याैपाने विजयी