काठमाडौं । रोटरी क्लबअन्तर्गत महिलाहरुको संस्था इनर व्हिल क्लब अफ न्यूरोड सिटीले गत अगस्ट ५ मा १६ औं स्थापना दिवस मनायो । यो संस्था इन्टरनेशनल इनर व्हिलसँग आबद्ध छ । प्रथम विश्वयुद्धमा घाइते भएकालाई सेवा गरेकी नर्स मार्गरेट ओलिभर गोल्डिनले यो इनर व्हिल सन् १९२३ मा विजारोपण गरेकी थिइन । यो संस्थामा १ लाख ९० हजारभन्दा बढी महिला सदस्य परिचालित हुँदै सामाजिक कार्य गरिरहेका छन् ।
महिलाहरुको सबैभन्दा ठूलो संस्था रहेका ती १ सय ४० सदस्य राष्ट्रमध्ये एउटा राष्ट्र नेपाल डिस्ट्रिक ३५० को नामले चिन्ने गरिन्छ । नेपालमा ४१ संस्थामध्ये इनर व्हिल क्लब अफ न्यूरोड सिटी पनि पर्दछ । कार्यक्रमको प्रमुख अतिथिको रुपमा डिस्ट्रिक चियरम्यान तुना थापा, इमिडियट डिस्ट्रिक चियरम्यान सीमा झा, चार्टर प्रेसिडेन्ट तथा पास्ट नेशनल रिप्रेजेन्टिभ सुनी जोशीको उपस्थिति र सम्बोधबाट कार्यक्रम अगाडि बढाइएको थियो ।

सन् २०२२–०२३ का अध्यक्ष सविना श्रेष्ठबाट घण्टी बजाएर कार्यक्रमको सुरुवात गरिएको थियो । पास्ट प्रसिडेन्ट अञ्जु श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिइन् । सन् २०२२–०२३ का अध्यक्षले सबै सदस्य साथीहरुलाई टोक्न अफ लभ प्रदान गरेका थिए ।
इमिडेट पास्ट प्रेसिडेन्ट सविना श्रेष्ठबाट प्रेसिडेन्ट सरिता चित्रकारलाई कार्यभार विधिवत रुपमा हस्तान्तरण गरिन् । डिस्ट्रिक चियरम्यान तुना थापाले विधिवत रुपमा बोर्डका सदस्यहरुलाई पिन लगाइ दिएकी थिइन् ।
कार्यक्रममा प्रसिडेन्ट सरिता चित्रकारका बुवा पूर्णमान चित्रकार र बहिनी मेरिना चित्रकारलाई सम्मान गरिएको थियो । सोही कार्यक्रममा डिस्ट्रिक चियरम्यानको हातबाट कुस्मा, पर्वतका युवा वर्ष आधारभूत विद्यालयका विद्यार्थीहरुलाई स्कुल ब्याग र स्कुल पोशाक पनि हस्तान्तरण गरिएको थियो । क्लबका भाइस प्रसिडेन्ट सरिता शाक्यले सहभागीलाई धन्यवाद दिएकी थिइन् ।
सन् २०२३–०२४ का प्रसिडेन्ट सरिता चित्रकारले पास्ट प्रेसिडेन्टहरुलाई सम्मान गरिएको थियो । मञ्ज शाक्यले सञ्चालन गरेको उक्त कार्यक्रम रञ्जना गल्ली न्यूरोडको इलिभेन्ट लंगमा आयोजना गरिएको थियो ।