महेन्द्रनगर । कञ्चनपुरको उत्तरी चुरे भेग कालापानी जंगलमा एक जगली हात्ती मृत फेला परेको छ । शुक्लाफाँटा नगरपालिका ७ कालापानीस्थित वातावरण मध्यवर्ती सामुदायिक बनको शौचालयको सेप्टी ट्याङ्कीमा परेर बिहीबार बिहान जङ्गली हात्तीको मृत्यु भएको हो ।

बातावरण सामुदायिक वनका अध्यक्ष लोकेन्द्र जोशीले गएराती जंगलबाट आएको हात्ती शौचालयको सेप्टीट्याङकीमा अडकिएर मरेको बताए ।
अध्यक्ष जोशीले उक्त क्षेत्रमा जंगली हात्तीको गतिबिधि बढिरहेका बेला उक्त हाती सामुदायिक वनमा पस्ने क्रममा सेफ्टी ट्याङ्कीमा फसेपछि मृत्यु भएको बताए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको डिभिजन बन कार्यालय कञ्चनपुरले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 123 times, 1 visits today)