संखुवासभा । संखुवासभाको जिल्ला कारागार भित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरी र कैदीको संम्लग्नता देखिएको छ । दुई कैदीको हत्यामा कारागार सुरक्षामा खटिएका प्रहरी र कैदीको समेत संम्लग्नता देखिएको छानविन समितीका संयोजक तथा कारागार व्यवस्थापन विभागका निर्देशक कमल प्रसाद पाण्डेले बताए ।
कारागारमा रहेको सिसिटिभी फुटेज अध्ययनबाट घटनामा प्रहरी र चौकीदार सहित केही कैदीको संम्लग्नता देखिएको छानविन समितीका संयोजक पाण्डेले बताए । कुटपिटमा कारागारको सुरक्षामा खटिएका केही प्रहरी र ७ कैदीको समेत प्रत्यक्ष संलग्नता देखिएको संयोजक पाण्डेले बताए ।
अनुसन्धानपछि केन्द्रिय छानविन समितीले भोलि (शुक्रबार) कारागार घटनाको प्रतिवेदन गृहमन्त्रलायमा बुझाउने तयारी भएको संयोजक पाण्डेले बताए । घटनामा कारागार सुरक्षा इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरी सहित केही प्रहरी र ७ कैदी देखिएको संयोजक पाण्डेले बताए ।
कैदी मृत्यु प्रकरण मुछिएका कारागार सुरक्षा इन्चार्ज (असई) चौधरी सहित केही प्रहरी र चौकीदार सहितका कैदी माथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घटना पछि गृहमन्त्रालयले कारागार विभागका निर्देशक पाण्डेको नेतृत्वमा बनेको पाँच सदस्यीय टोली अनुसन्धानका लागि गत शुक्रबार संखुवासभाका पठाएको थियो ।
कैदी मृत्यु प्रकरण मुछिएका कारागार सुरक्षा इन्चार्ज (असई) चौधरीलाई आइतबार पक्राउ गरिएको हो । आइतबार पक्राउ परेका चौधरीलाई ५ दिन म्याद थप र कारागारका निमित्त प्रमुख राजेन्द्र घिमिरे विरुद्ध जिल्ला अदालत संखुवासभाले पक्राउ अनुमति जारी थियो । प्रहरीले कारागारका निमित्त प्रमुख घिमिरेलाई भने पक्राउ गरिसकेको छैन ।
घटनाको छानविन टोलीमा प्रहरी नायब उपरीक्षक कौशल बुढाथोकी, अनुसन्धान अधिकृत कुमार बुढाथोकी, कानुन अधिकृत तुलबहादुर खड्का र जिल्ला प्रशासन कार्यालय संखुवासभाका अधिकृत भोगेन्द्र श्रेष्ठ रहेका थिए । घटना लगत्तै अनुसन्धानका लागि केन्द्रिय छानविन समितीको टोली गत शुक्रबार संखुवासभा आइपुगेको थियो ।
घटना’bout अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोग कोसी प्रदेशका प्रमुख उपसचिव पवन कुमार भट्ट, मानव अधिकार अधिकृत चिरञ्जीवि कोइराला र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश प्रमुख सोम थापासहितको ३ जनाको टोली पनि संखुवासभा आएको थियो । २५ जनाको क्षमता रहेको कारागारमा अहिले १ सय ३६ जना कैदीबन्दी छन् ।