६ दर्जन हलबाट सुरक्षाको जुलेवी रिलिज

काठमाडौं । नेपाली चलचित्र जुलेवी यही १ भदौ शुक्रबारबाट मुलुकका ६ दर्जनभन्दा बढी सिनेमा हलमा रिलिज हुने भएको छ । यो चलचित्रका विभिन्न ५ वटा दृष्यमा सेन्सर बोर्डले कैंची चलाएपछि यसले ‘एडल्ट सर्टिफिकेट’ पाएको छ ।

फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, समीरमणि दिक्षितलगायतको अभिनय रहेको छ ।

‘मैले डेढ दर्जन चलचित्रमा नायिकाका रूपमा काम गरिसकें । तर, जुलेवीमा यौन व्यवसायी चरित्र निर्वाह गर्न जस्तो गाह्रो मलाई यस अघि अरू कुनै फिल्ममा भएन ।’ अभिनेत्री सुरक्षा पन्तले भनिन् ।

विवेक खड्काको छायांकन, जाटवेद बनर्जीको संगीत, अन्जय खड्काको सम्पादन र साउन्ड डिजाइन उत्तम न्यौपानेको रहेको छ । डिसिएन र रिच इन्टरटेन्टमेन्टले वितरणको जिम्मा लिएको चलचित्रको डिजिटल अधिकार डिएआर मुभिजले खरिद गरेको छ ।

यो चलचित्रलाई गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् । लेखक तथा निर्देशक पाण्डेले भने फिल्म’bout भने, ‘चलचित्रका पात्रलाई रत्नपार्कले जोड्छ, चलचित्रको कथा सात जना पात्रको सम्बन्धको वरिपरि घुमेको छ । गाउँबाट ठुलो सपना बोकेर काठमाडौं छिरेपछि बिरोजगार भएर यौन पेसामा लागेका पात्रको संघर्षलाई हामीले यसमा उतारेका छौं ।’

फिल्मकी निर्माता आभा शर्मा नेपाल हुन् । फिल्ममा चार जना महिला पात्रको कथा रहेको आभाले बताइन् । आपूm नारी भएकाले नारीका पीडा सिनेमामा समेटेको पनि उनको कथन छ ।

यो चलचित्रका कार्यकारी निर्माता नवीन भट्ट हुन् । एन्थोलोजी जनरामा निर्मित यो चलचित्रको कथावस्तु दर्शकलाई नयाँ लाग्ने विश्वास निर्माण टिमको छ ।

तपाइको प्रतिक्रिया
(Visited 112 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेपाल आउँदै एमसीसी प्रमुख कार्यकारी अधिकृत अल्ब्राइट

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
मौन अवधि आज राति १२ बजेबाट, के गर्न पाइन्छ के पाइदैन ?