अग्रज पत्रकार झा ५१ हजार राशी सहित सम्मानित

वीरगन्ज । वीरगन्जका अग्रज पत्रकार चन्द्रकिशोर झा आफ्नै गृह नगरमा ५१ हजार नगद राशी सहित सम्मानित भएका छन् । फोटो पत्रकार स्व. सुबोध सिंहको स्मृतिमा स्थापित पुरस्कारबाट अग्रज पत्रकार झा सम्मानित भएका हुन् ।

वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह, प्रतीक दैनिका प्रधान सम्पादक जगदीश शर्मा र सम्पादक शत्रुघ्न नेपालले उनलाई नगद, प्रमाण पत्र र दोसल्ला ओढाई सम्मान गरे । पर्सेली पत्रकारहरु मध्ये राष्ट्रियस्तरका पत्रपत्रिकामा कलम चलाएर नै ख्याती कमाएका अग्रज पत्रकार हुन् झा । उनी कान्तिपुर दैनिकको स्तम्भकारहरु मध्ये मधेशको प्रतिनिधित्व गर्दै कलम चलाउने पत्रकारका रुपमा पर्छन् ।

देश विदेशमा समेत विभिन्न सम्मानले सम्मानित पत्रकार झा जिल्लाको ठूलो नगद राशी सहितको पुरस्कारबाट यो पटक सम्मानित भएका छन् । युवा फोटो पत्रकार स्व.सिंहको भारतमा रेल दूर्घटनामा परी निधन भएको थियो । उनैको स्मृतिमा प्रतीक दैनिकले स्थापना गरेको पुरस्कारबाट प्रतीक दैनिकले आफ्नो ३६ औं वर्ष पूरा भई ३७ बर्ष प्रवेशको अवसरमा सम्मान गरेको हो । प्रतीक दैनिकले फोटो पत्रकारहरु मध्येबाट छनौट गरी सुरुमा ५ हजार राशीबाट सुरु गरेको यो पुरस्कारको राशी अहिले ५१ हजार पुगेको प्रतीक दैनिकका प्रधान सम्पादक शर्माले जनाए । राशी बढेझै पुरस्कार तर्फ फोटो विधाबाट विस्तारै लेखन विधा तर्फ पनि विस्तार गरिएको उनको भनाइ छ । सो क्रममा शुक्रबार अग्रज पत्रकार झा पनि सुबोध स्मृति पुरस्कारबाट सम्मान पाउने पत्रकारको लाइन पर्न सफल भए ।

प्रतीक दैनिकले आफ्नो बार्षिकोत्सवमा विविध कार्यक्रम गर्ने गरेको छ । जसमा सुबोध स्मृति पत्रकारिता पुरस्कार वितरण पनि पर्दछ । योसँगै पतीक दैनिकले आफ्ना पत्रिकामा निरन्तर लेख रचना र फोटो प्रकाशनमा योगदान गर्ने स्तम्भकार, सम्वाददाता लगायतलाई पनि शुक्रबार सम्मान गरेको छ ।

कार्यक्रममा वीरगन्ज महानगरपालिकाका नगरप्रमुख सिंह, पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि प्रसाद गौतम, नेपाल पत्रकार महासंघका मधेश प्रदेश महासचिव श्याम बन्जारा, महासंघका पर्सा शाखा अध्यक्ष अनुप तिवारी र पुरस्कृत हुनेहरु मध्येबाट पत्रकार झाले आ–आफ्ना विचार व्यक्त गर्दै वीरगन्जको पत्रकारिता र प्रतीक दैनिकको झण्डै चार दशक लामो पत्रकारिता इतिहासको योगदानका ’bout चर्चा गरे ।

तपाइको प्रतिक्रिया
(Visited 38 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पोखराका चिकित्सक सडकमा, सिडिओ कार्यालय अघि नाराबाजी (फोटोफिचर)

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
एमालेकी कान्छी उम्मेदवार, २१ वर्षमै वडा सदस्यमा भिड्दै