थाइल्यान्डमा नेपालीहरुको इतिहास विमोचन

काठमाडौं । दोस्रो युद्धताका सैनिक भएर लड्न गएका र सोभन्दा पहिले र पछि खानीमा काम गर्न थाइल्यान्डका नेपालीहरु अझै पनि नेपाली हुनुमा गर्व गर्दै नेपालमा सहज रुपमा आउन पाउने वातावरणको पर्खाइमा रहेका छन् ।

वीर गोर्खाली भनेर लडेकाका नातीहरु नेपाली पहिचान माग्दै

नेपालबाट भारत र म्यान्मार हुँदै थाइल्यान्डको पिलोक पुगेका नेपालीहरु पितृभूमीले आफूहरुलाई आफ्नो नथानेकोमा दुःख प्रकट गर्दै आएका छन् । नागरिकताको व्यवस्था नै नभएको बेला विदेशी भूमीमा गएर उतै फसेर पनि नेपाली भाषा, धर्म, संस्कृति मान्दै परम्परा बचाइ रहेका नेपाली मुलका थाइबासीहरुले पितृभूमी जान नपाएकोमा दुःख मनाउ गरेका छन् ।

उनीहरुले पुस्तौंदेखि दबाउँदै आएको भावनालाई पुस्तकमार्फत उजागर गरेका छन् । थाइल्यान्डमा नेपालीहरुको इतिहास नामक पुस्तक प्रकाशन गरेर उनीहरुले आफूहरुको पीडा पोखेका छन् ।

मृत्युअघि नेपाल टेक्ने इच्छा हुँदाहुँदै पनि अवसर नपाएका पुर्खाहरुको जस्तो हविगत आफूहरुको नहोस् भनेर उनीहरुले नेपाल आवतजावतका लागि सहज गरि दिन पुस्तक लोकार्पण कार्यक्रममा जोडतोडले आवाज उठाए ।

नेपाली हुनुमा गर्व रहेको भन्दै उनीहरुले पुर्खाको देशमा एक मुठी माटो भए पनि आफ्नो बनाउने वातावरण बनाइ दिन आग्रह गरेका हुन् । उनीहरुले भने,‘हामीलाई राजनैतिक अधिकार चाहिएन । तर यो देश हाम्रो पनि हो र चाहेको बेला आफ्नो माटोमा टेक्न झन्झट मोल्नुपर्ने अवस्थाको अन्त्य गरिदिनु प¥यो ।’

थाई नेपाली संघकी अध्यक्ष वासना राईले थाइल्यान्डमा बसोबास गर्दै आएका नेपालीमूलका थाई नागरिकलाई गैरआवासीय नेपाली (एनआरएन) परिचयपत्र उपलब्ध गराउन मात्र सके पनि खुशी हुने बताइन् ।

‘हामी नेपालीभाषीहरू थाइल्यान्डमा नेपाली जीवन बाँचिरहेका छौँ, हामीहरू आफूलाई नेपाली भनेरै चिनाउँछौँ। थाइल्यान्ड र म्यान्माका नेपालीभाषी हामीहरू नेपालसँगको नाता टुटाउन चाहँदैनौँ,’ उनले भनिन्।

थाई नेपाली संघका संरक्षक कुमार कार्कीले आफ्नै पुर्खाको भूमिमा आफू पहिचानविहीन भएको भन्दै आफूहरूलाई नेपाली भन्ने परिचय दिलाइदिन सरकारसँग पटकपटक आग्रह गरे। उनले आफू र आफूजस्ता बहुसंख्यक नेपाली जो पुस्तौँदेखि थाइल्यान्ड, म्यान्मार, मलेसिया र फिजीमा रहेका छन् ती नेपालीहरूलाई पहिचान दिलाउन नेपाल सरकारले पहल गर्नुपर्नेमा जोड दिए।

विदेशी माटोमा जसका हजुरबाहरूले वीर नेपाली भनेर रगत बगाए, तिनका नाति पुस्ताले नेपाली भनेर चिनाइपाउँ भनेर आँसु बगाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने कुरामाथि पुस्तक विमोचन कार्यक्रममा वक्ताहरुले जोडतोडले उठाएका थिए ।

बिहीबार थाइल्याण्डका नेपाली आप्रवासीहरूको कथा समेटिएको पुस्तक ‘थाइल्याण्डमा नेपालीहरूको इतिहास’ लोकार्पण संस्कृतिविद डा. जगमान गुरुङको प्रमुख आतिथ्यतामा भएको थियो ।

पुस्तकका लेखक तथा अनुसन्धानकर्ता रमेश खड्काले ८० वर्षको पुरानो इतिहासलाई पुस्तकमा समेट्न पाउँदा गौरव महसुस गरेको बताए । पुस्तकले थाइल्याण्डमा रहेका नेपाली आप्रवासीको मौखिक इतिहासमा सीमित कुरालाई लिखित दस्तावेजको रूपमा बाहिर ल्याइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 110 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेपाल आउँदै एमसीसी प्रमुख कार्यकारी अधिकृत अल्ब्राइट

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
कालिञ्चोक गाउँपालिकामा अध्यक्षमा शिवाकोटी र उपाध्यक्षमा बुढाथोकी निर्वाचित