कास्कीमा ९ हजार आँखा पाक्ने रोगबाट संक्रमित

पोखरा । महामारीका रूपमा फैलिएको आँखा पाक्ने रोगबाट कास्कीमा ९ हजार जना संक्रमित भएका छन् । गण्डकी प्रदेशभर यसको संख्या साढे १२ हजार छ । गण्डकीका सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका अनुसार कास्कीमा ९ हजार १७ जना संक्रमित भएका हुन् । यो संख्या गण्डकीका ११ जिल्लामध्ये सबैभन्दा बढी हो ।

सबैभन्दा कम हिमालपारिको जिल्ला मनाङमा १५ जना मात्र संक्रमित छन् । बढी संक्रमित हुनेमा कास्कीसहित नवलपुर, गोरखा र तनहुँवासी हुन् । आँखा पाक्ने रोग अर्थात् एडिनो भाइरस कन्जन्टिभाइटिस महामारी रूपमा फैलिएपछि एमालेका सांसदले प्रदेशसभामा यस’bout जरुरी सार्वजनिक महत्वको प्रस्ताव नै दर्ता गरेका थिए ।

यस’bout संसदमा बिहीबार छलफल भएको थियो । सांसदहरूको प्रश्नको जवाफ दिनेक्रममा गण्डकीका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिंखडाले सरकारले आँखा पाक्ने रोगलाई गम्भीरताका साथ लिएर नियन्त्रणको काम गरिरहेको जिकिर गरिन् । उनले भनिन्, ‘सरकारी र निजी अस्पतालमा उपचार गरिरहेका छौं ।

विभिन्न अस्पतालमा औषधी उपलब्ध गराइएको छ । सञ्चारमाध्यममार्फत सूचना प्रसारण गर्ने काममा बढी जोड दिइएको छ ।’ मन्त्री सिंखडाले गण्डकीका सबै जिल्ला अस्पतालमा आँखा विशेषज्ञसहितको क्लिनिक सञ्चालन कार्यक्रम तयारी गरिएको बताइन् । औषधी अभाव हुन नदिन थप बजेट विनियोजन गरिएको पनि उनको भनाइ थियो ।

जरुरी सार्वजनिक महत्वको प्रस्तावक यशोदा रिमालले रोग नियन्त्रणमा सरकारले चासो नदिएका कारण जिम्मेवार बनाउन प्रस्ताव दर्ता गरेको बताइन् । उनले भनिन्, ‘यसबेला सरकार छ भन्ने अनुभूति दिलाउन जरुरी छ । डेंगुको संक्रमण उत्तिकै छ । सरकारले ध्यान दिनुपर्छ ।’ अर्का सांसद पद्मा जिसीले आँखा पाक्ने रोगका कारण ठूलो जनसंख्या प्रभावित भए पनि सरकारले महत्व दिन नसकेको टिप्पणी गरिन् ।

आँखा पाक्ने रोगको महामारी फैलिएपछि गण्डकीमा कतिपय जिल्लाका विद्यालयको पठनपाठन रोकिएको छ । पोखरा महानगरपालिकाले पनि गत २४ देखि २६ साउनसम्म तीन दिन महानगरका शिक्षण संस्था बन्द गरेको थियो । रोगको संक्रमण फैलिएपछि यहाँको जनजीवन प्रभावित भएको छ । सार्वजनिकस्थलमा मानिसको आवातजावतमा कमी आएको छ ।

पोखराका विद्यालय अहिले खुले पनि पढाउँदापढाउँदै विद्यार्थीको आँखा रातो हुने गरेको भन्दै अभिभावकलाई खबर गर्ने गरेका छन् । सिर्जना माविका एक कर्मचारीले गत सातासम्म त एउटै कक्षामा १५ जनासम्म आँखा पाक्ने रोगी थिए । अहिले अलिक कम भएको हो तर रोकिएको छैन ।

पोखरामा पछिल्लो समय आँखा पाक्ने रोगीको संख्या ह्वात्तै बढेको हिमालय आँखा अस्पतालले जनाएको छ । अघिल्लो महिनासम्म आँखा पाक्ने रोगी फाट्टफुट्ट आउने गरेकोमा तीन सातायता बिरामीको संख्या ह्वात्तै बढेको हो । अस्पतालका मेडिकल डाइरेक्टर इलिया श्रेष्ठ भन्छिन्, ‘देशैभर फैलिएको एडिनो भाइरल कन्जक्टिवाइटिसका कारण बिरामीको संख्या पछिल्लो समय निकै बढेको छ ।’

उनका अनुसार हाल दैनिक १ हजार जनासम्म बिरामी उपचारका लागि आउने गरेका छन् । आँखा दुख्न थालेपछि उपचार गर्न आउने बिरामीको कारण अस्पताल परिसरमा बिरामीको अत्यधिक चाप बढेको छ । आँखा अस्पतालको टिकट काउन्टर, ओपिडी, फार्मेसी जताततै बिरामीको भीड देखिन्छ ।

रोगको संक्रमण फैलिएकाले सचेत बन्नुपर्ने डा. श्रेष्ठको सुझाव छ । उनी भन्छिन्, ‘रोग लागिसकेपछि ज्योति नै गुम्ने भन्ने होइन तर सतकर्ता आवश्यक छ । निको हुन कम्तीमा एकदेखि बढीमा तीन सातासम्म लाग्न सक्छ ।’ आँखामा समस्या देखिए आफूखुसी औषधी प्रयोग गर्नु नहुने, नजिकै चिकित्सकसँग परामर्श लिएर औषधी प्रयोग गर्र्नुपर्ने उनको सुझाव छ ।

चिकित्सकका अनुसार आँखा पाकेमा आँखामा चिसो तथा बरफले सेक्ने, सफा पानीले आँखा सफा गर्ने, घरबाहिर जाँदा कालो चस्मा प्रयोग गर्ने, संक्रमित आँखा छोएपछि राम्रोसँग हात धुने गर्नुपर्छ । तर, संक्रमित आँखा सकेसम्म चलाउनुहुँदैन । यस्तै, भीडभाड भएको ठाउँ नजाने, अरूले प्रयोग गरेको रुमाल–तौलिया प्रयोग नगर्ने तथा आफूखुसी औषधिको प्रयोग गर्नुहुँदैन ।

तपाइको प्रतिक्रिया
(Visited 186 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेपाल–भारत डीआईजीस्तरीय सीमा बैठक : सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण सम्बन्धमा गम्भीर छलफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रोल्पामा चार पार्टीबीचको झडपमा कांग्रेस उम्मेदवार घाइते