बझाङको तलकोट गाउँपालिकाद्वारा आयातित खादा, ब्याज र मालामा रोक

बझाङ । बझाङको तलकोट गाउँपालिकाले बाहिरबाट आयात हुने खादा, ब्याज र मालालाई रोक लगाउने निर्णय गरेको छ । केही दिन अघि बसेको कार्यपालिकाको बैठकबाट फजुल खर्च घटाउने उदेश्यले बाहिरबाट ल्याइने खादा, ब्याजहरु र मालाहरुलाई रोक लगाउने निर्णय गरेको तलकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सिद्धराज भण्डारीले बताए ।

पालिकाभित्र हुने विभिन्न किसीमका सार्वजनिक कार्यक्रमहरु संचालन हुँदा हजारौ मुल्य बराबरका खादा, ब्याज र मालामा मात्रै खर्चहुने भएका कारण उक्त खर्च कटौति गर्नका लागी र पालिकामा आएको रकमलाई पालिकामा नै राख्ने उदेश्यका साथ पालिकाले यस्तो कमद चालेको उनले बताए ।

अबदेखि कुनै पनि सार्वजनिक कार्यक्रमहरु संचालन गर्दा पालिकाले नै उत्पादन गरेका अल्लो बाट प्रसोधित गरी तयार पारीएका खादा र टोपीहरु मात्रै प्रयोग गर्न पाउने र ब्याजको ठाउँमा पिपलका पातहरुमा अतिथि लेखेर तयार पारेर त्यसको प्रयोग गर्नु पर्ने वा स्थानीय स्तरमा नै पाईने बस्तुको अधिकतम् प्रयोग गर्नु पर्ने बताइएको छ ।

साउन ३१ गते बुधबार तलकोट गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रममा समेत उक्त अल्लोबाट उत्पादन गरीएका खादा, टोपीलाई कार्यक्रममा प्रयोग गरीएको थियो । विगतका बर्षहरुमा यस्ता सार्वजनिक कार्यक्रम संचालन गर्दा न्युनतम २०।३० हजार मुल्य बराबरका मात्रै खादा, ब्याज र माला खरिद गर्नु पर्ने परिस्थीती थियो । बजारमा पाईने रेडीमेट खादाहरुको अत्याधिक प्रयोग हुन थालेपछी यसलाई रोक्नका लागी पालिकाले यस्तो कदम चालेको हो ।

पालिकाले आफ्नै मातहतमा उद्योमग्राम संचालनमा समेत ल्याएको छ । उक्त उद्योमग्राममा अल्लो बाट नै गलैचा, टोपी, खादा जस्ता बस्तु उत्पादन हुने गरेको उद्योमग्राम सहजकर्ता विन्दु चन्दले बताईन् । उनले भनिन् ‘तलकोट गाउँपालिकाको १३ लाख ५८ हजारको लागतमा यहाँका युवा अतिविपन्न वर्गहरुलाई पालिकामा नै स्वारोजगार दिने उदेश्यले मेड्पा उद्योमशिलता तालिम संचालन गरीएको थियो । तालिममा वडा नम्बर ४,५,६ र ७ का विदेश बाट फर्किएका युवा, महिला , दलितहरुले तालिम लिएका थिए । उनिहरुलाई ४५ दिने तालिम दिएको हो । अहिले उक्त तालिममा सहभागी २५ जनाको सक्रियतामा उद्योमग्राम संचालनमा रहेको छ’।

उद्योमग्राम उत्पादन समुहका अध्यक्ष रमिला शाहिले उद्योगग्रामले अहिले सामान्य रुपमा भएपनी आम्दानी गर्न सुरु गरेको बताईन् । उनले भनिन्‘अहिले कच्चा पदार्थ बाहिर बाट ल्याउनु पर्ने भएका कारण अलि समस्या छ । नभए फाईदा हुने देखीन्छ । अल्लो आफ्नै गाउँ ठाउँमा पाईने भएका कारण अबको केही समय पछी बाहीर बाट कच्चा पदार्थ पनी आयात गर्न नपर्ने, यसमा हामी २५ जना सहभागीको आय आर्जको मुख्य माद्यम उद्योमग्रामनै हुने बताईन् ।

अहिले अल्लोको बेर्ना राखेर अल्लो खेती गर्नका लागी समेत समितीका साथिहरु लागी परेका छौ । हाम्रो ठाउँमा अल्लो समेत उत्पादन हुने भएका कारण निकट भविष्यमा अल्लो बाट झोला, कोट, पाईन्ट,जुत्ता लगायतका सामाग्री उत्पादन गरेर बाहीर जिल्लामा समेत पठाउने लक्ष्य उद्योमग्रामले लिएको बताईन् । यसमा पालिकाले अझै थप सीप प्रदान गर्नमा मद्धत गर्नु पर्ने उनको भनाई छ ।’

गाउँपालिकाका अध्यक्ष कलक बहादुर रोकायाले छोटो समयमा उद्योमग्रामले राम्रो बस्तु उत्पादन गरेकोमा धन्यबाद समेत ज्ञापन गरे । उनले भने ‘यस्तै खालका उद्योगहरु पालिकामा संचालन गरेर युवा, महिला, दलित तथा अतिविपन्न वर्गकालाई विदेश बाट फर्कीका युवाहरुलाई स्वरोजगार सृजना गर्ने उदेश्य पालिकाको रहेको छ । पहिलाका संचालन हुने, विभिन्न सार्वजनिक कार्यक्रममा खादा, ब्याज, मालामा मात्रै हजारौ रकम फजुल खर्च हुने गरेको थियो । यसले ब्यापारीलाई मात्रै फाईदा गरेको देखीन्थ्यो । पालिकामा आएको पैशा पालिकामा नरहेर बाहिर जान्थ्यो । फजुल खर्च रोक्न र पालिकामा उद्योमग्राम संचालनमा आएपछी यहाँका महिलाहरुले रोजगारी पनी पाएका छन् । विभिन्न कार्यक्रमहरुमा प्रयोग गरीने बाहिर बाट ल्याउनु पर्ने खादाको समेत प्रयोग गर्नु परेको छैन । पालिकामा आएको पैशा पालिकामा पनी रह्यो । कसैको घरको चुल्हो पनी बल्यो ।

यसरी जाँदा पालिकालाई संवृद्ध पालिका र खुःसी नागरीक बनाउन सकिने उनले बताए । अझै पालिकाले विभिन्न स्वरोजगारका कार्यक्रम संचालन गरेर युवाहरुलाई रोजगारीको अवसर प्रदान गरी विदेशीने युवालाई पालिकामा रोक्नका लागी पालिकाले विभिन्न प्रयास गरेको बताए’ ।

तपाइको प्रतिक्रिया
(Visited 146 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेपाल आउँदै एमसीसी प्रमुख कार्यकारी अधिकृत अल्ब्राइट

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
इटहरीमा एमालेको विरासत तोड्ने योजनामा कांग्रेस, एमाले भन्छ : हामी जित्छौँ