निवर्तमान सम्पादक लम्सालको विदाइ

काठमाडौं । निवर्तमान सम्पादक ध्रुव लम्साललाई राजधानी न्यूज पब्लिकेशनले विदाइ गरेको छ । लम्साललाई पब्लिकेशनका सञ्चालक आशिस शेरचन र सम्पादक सरोज मिश्रले आइतबार विदाइ गरेका हुन् ।

सञ्चालक शेरचनले राजधानी दैनिकबाट उत्पादन भएका धेरै जनशक्ति सम्पादक लेबलमा पुग्नु खुशीको कुरो भएको बताए । उनले भने, ‘जो जहाँ गए पनि सबैको उन्नति र प्रगति देख्न चाहन्छु । यो प्लेटफर्मले सबैलाई न्याय गरेको छ भन्ने मलाई लागेको छ ।’ निवर्तमान सम्पादक लम्सालको उज्जवल भविष्यको शुभ कामना दिँदै उनले भने, ‘क्षमतावन सञ्चारकर्मीलाई अड्यार राख्न नसक्नु संस्थाका लागि नोक्सानी हो ।’

ब्रोडसिटमा पत्रकारिता राजधानीबाटै सुरु गरेर सम्पादक बनेको स्मरण गर्दै लम्सालले भने, ‘कार्यकालभरि ६–७ जना सम्पादकसँग रमाएर काम गरियो, अन्त्यमा प्राध्यापकलाई न्यूजरुम हस्तान्तरण गरेर हिड्न पाएको छु, मलाई खुशी लागेको छ ।’ पत्रकारितामा जे सिकियो, त्यसको श्रेय राजधानीलाई जाने भन्दै लम्सालले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

आउने–जाने क्रम चलिरहने भएकाले संस्था रेल्वे प्लेटफर्मजस्तै भएको उल्लेख गर्दै सम्पादक सरोज मिश्रले भने, एउटा काविल सम्पादकलाई विदाइ गर्नुपर्दा त्यत्ति खुशी लागेको छैन । तर, राजधानी एउटा घर हो, यसको ढोका संधैं खुला रहन्छ, उनले भने, ‘यो प्लेटफर्ममा पुनः ठोकिन पनि सकिन्छ ।’

तपाइको प्रतिक्रिया
(Visited 103 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

प्रकृतिका बुवा सुनिल भन्छन्– 'मैले छोरी गुमाएँ, अन्य नेपाली विद्यार्थीमाथि दमन नहोस्'

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको मेयरमा समाजवादी जीत नजिक