काठमाडौं । नेकपा एमाले निकट विध्यार्थी संगठन अनेरास्ववियु ओखलढुंगामा सर्कुलर बिपरित गतिविधि देखिएको छ । अनेरास्ववियु केन्द्रीय कमिटीको दोश्रो पुर्ण बैठकले संगठनको २३ औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटी र निकायमा उम्मेदवारी रहेकाहरु स्वतः साविकको जिम्मेवारीबाट मुक्त हुने र आयोजक कमिटीको नेतृत्वले गर्ने उल्लेख गरिएको थियो ।
ओखलढुंगा जिल्ला कमिटीबाट जिल्ला नेतृत्वले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाले त्यसपश्चातको सहसंयोजक रुपक मगर स्वतः आयोजक कमिटीको संयोजक बनेका थिए । तर आफूले गरेको निर्णय कै बर्खिलापमा सिटिभिटी हेर्ने जिम्मा पाएकी केन्द्रिय सचिब आफ्नो कार्यक्षेत्रमा नपर्ने ओखलढुंगा जिल्लामा मिति २०८० भदौ २ गते समानन्तर गतिबिधिमा रमाउदै कमिटी घोषणा गरेकाले सर्कुलर बिपरित गतिविधि छर्लङ्ग भएको छ ।
सम्वन्धित भूगोल कमिटीका साथीहरुलाई नसमेटिकन एक लौटी भेला बोलाएको भएर जिल्ला पार्टीका नेताहरुले कार्यक्रम बहिस्कार गरेको बताइएको छ । केन्द्रीय कमिटी बैठक बमोजिम रुपक मगर स्वतः आयोजक कमिटी संयोजक भएको र समानान्तर गतिबिधि गर्दै हिड्नेलाई कारबाहीका लागि अनेरास्ववियु अध्यक्ष समिक बडाललाई अनुरोध गरिएको एक जिल्ला नेताले बताए ।