कोशीका मुख्यमन्त्रीले लिएको विश्वासको मत बिरुद्ध एमाले सर्वोच्च अदालत जाँदै

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको बिश्वासको मत अबैधानिक मान्दै नेकपा एमाले सर्वोच्च अदालतमा मुद्धा दर्ता गराउँदै छ । संविधान र कानुनविपरीत सभाध्यक्षको भोटले प्रदेशसभाबाट गत सोमबार मुख्यमन्त्री थापाले विश्वासको मत लिएको भन्दै एमालेले सर्वोच्च अदालतमा मुद्धा दर्ता गराउन लागेको हो ।

एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री थापाले असंवैधानिक रूपमा लिएको विश्वासको मतको विरोधमा मुद्दा आज दर्ता गराउने जानकारी यसअघि नै दिईसकेका छन् । ‘हाम्रो कानुनी लडाइँ र संसद्भित्रको प्रतिवाद जारी नै रहन्छ, हामी फेरी पनि अदालत जादैँछौं’ उनले भने । 

यसअघि पनि तत्कालिन सभामुख बाबुराम दाहालको मतसहित मुख्यमन्त्रीमा थापा नियुक्ती भए पछि एमाले अदालत पुगेको थियो । सभामुखको मतसहित पहिलो पटक मुख्यमन्त्री भए पछि सर्वोच्च अदालतले  त्यसलाई मान्यतालाई खारेज गरेको थियो । 

पछि पुनः सभामुखलाई राजिनामा दिलाएर दोस्रो पटक मुख्यमन्त्री भएका थापाले विश्वासको मत लिदाँ सभाध्यक्षको मतसमेत जोडे पछि एमाले फेरी पनि सर्वोच्च अदालतमा मुद्धा दर्ता गराउन लागेको हो ।   

तपाइको प्रतिक्रिया
(Visited 66 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पोखराका चिकित्सक सडकमा, सिडिओ कार्यालय अघि नाराबाजी (फोटोफिचर)

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
ललितपुर महानगरमा पुरानै उम्मेद्वार, जित्नेमा दुवै ढुक्क