गौरा पर्वको आज मुख्य दिन अठेवालीः गौरा महेश्वर नचाइँदै

डडेल्धुरा जिल्ला सदरमुकाम बसपार्कमा गौरा नचाउदै स्थानीय महिला । तस्बिरः सम्झना पाण्डेय । फाइल फोटो

डडेल्धुरा । सुदूरपश्चिममा बिहीबार (आज) गौरा पर्व हर्षोल्लासका साथ मनाइँदैछ । गौरा पर्वको मुख्य दिन, आज अठवली अर्थात अष्टमी हो । यस दिन गौराको पूजाआजा गरी गौरा घरबाट गौरा महेश्वरलाई बाहिर आँगनमा राखेर पूजा गरिन्छ र नचाइन्छ ।

सुदूरपश्चिमको मौलिक संस्कृति झल्किने गरी मनाइने गौरा पर्व डडेल्धुरासहित दार्चुला, बैतडी, डोटी बझाङ, अछाम, कैलाली, कञ्चनपुर कर्णाली प्रदेशका विभिन्न जिल्लाहरु तथा भारत उत्तराखण्डको कुमाउ, गढवालमा समेत आ–आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार मनाउने चलन छ । संघिय राजधानी काठमाडौं उपत्यकामा बसोबास गर्ने सुदूरपश्चिमेलीहरुले पनि गौरा पर्व मनाउँदै आएका छन ।

भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने सुदूरपश्चिमेलीहरुको महान पर्व गौरापर्वको पहिलो दिन महिलाहरुले घरघरमा तामाको भाँडामा बिरुडा (पाँच प्रकारका अन्न) भिजाएर गौरा पर्वको विधिवत रुपमा सुरुवात गर्दछन । भदौ शुक्ल पञ्चमीका दिन महिलाहरुले उपासबसी केराउ, गहत, गहुँ, मास र गुरौस मिसाएर तामाको भाँडामा विरुडा भिजाएपछि गौरा पर्वको थालनी हुन्छ । भदौ शुक्ल पञ्चमीका दिन बिरुडा भिजाउने चलन रहिआएकाले सुदूरपश्चिममा यस पञ्चमीलाई बिरुडा पञ्चमीका नामले पनि चिन्ने गरिएको गौरा पुजारी पण्डित लोकराज भट्टले बताए ।

उनका अनुसार भदौ शुक्ल पञ्चमीका दिन भिजाइएको बिरुडा भोलिपल्ट षष्ठीका दिन नजिकको धारा, तलाउ वा पोखरीमा लगेर धुने चलन छ । त्यस्तै सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठमन्दिरमा भित्र्याएर पूजा अर्चना गरी विवाहित महिलाहरुले दुवधागो (मन्त्रिएको एक किसिमको धागो) चढाउने चलन छ । अठेवली अर्थात अष्टमीको दिन व्रत बसेर गौरा पर्व मनाउने स्थल गौरा खला (आँगन) मा पार्वती र महेश्वर (शिव)को पूजापाठ गर्ने चलन छ ।

गौरा पर्वको मुख्य आकर्षणको रुपमा रहेको देउडामा पौराणिक कथा, देवी देवताका गाथा गाउने, चैतली, धुमरी, ढुस्को लगायतका भाकामा देउडा खेल खेल्ने चलन छ । देउडाका माध्यमबाट समाजमा भएको विकृति, देशको राजनीतिक अवस्था लगायतका ’boutमा तिखो व्यङ्ग्य गरी पनि गरिन्छ । त्यस्तै देउडा गीतका माध्यमबाट सुख दुःख बाँड्नुका साथै सामाजिक सदभाव कायम पनि गरिन्छ । गौरा पर्व भदौ शुक्ल पञ्चमीका दिन आरम्भ हुने भएपनि गौरा विसर्जन भने आ–आफ्नै चलन अनुसार गर्ने गरिन्छ ।

तर पछिल्ला वर्षहरुमा रोजगारीका लागि अधिकांस स्थानीय गाउँ बाहिर जाने भएकाले पहिले जस्तो रौनक नहुने स्थानीय खडक बोहराले बताए । पहिले मनोरञ्जनका साधन नहुने गरेका कारण गौरा पर्वका बेला हरेक रात यी खेलहरु खेली रमाईलो गरिन्थ्यो । आजकाल भने परिर्वन भएको छ । बुढापाकाको निधन हुदै जानु र युवापिढी मोबाईल, ईन्टरनेट, टीभी तर्फ आकर्षित हुदै जानुले पुरानो कला संस्कृती हराउदै गएको उहाँले बताए ।

सुदूरपश्चिम प्रदेशमा भदौ ७ र ८ गते सार्वजनिक बिदा दिइएको छ। सुदूरपश्चिमेलीको धार्मिक, सांस्कृतिक एवं मौलिक चाड गौरा पर्वका अवसरमा प्रदेश सरकारले दुई दिन सार्वजनिक बिदा दिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 44 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेपाल आउँदै एमसीसी प्रमुख कार्यकारी अधिकृत अल्ब्राइट

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
डडेलधुराको परशुराम नगरपालिका प्रमुखमा काँग्रेसका जोशी र उपप्रमुखमा माओवादीका महता निर्वाचित