एक साता कर्फ्यु थपिएपछि सुनसान बर्दिया

बर्दिया । कोरोना भाइरसको त्रास बढेसँगै यहाँ थप उच्च सजगता अपनाइएको छ । लकडाउनलाई पूर्णरुपमा पालना गराउन जिल्ला प्रशासन कार्यालयले मंगलबारदेखि एक सातासम्मका लागि पुन ः यहाँ निषेधाज्ञा जारी गरेको छ । एक साता अघि लगाइएको निषेधाज्ञाको समय मंगलबारसकिए लगत्तै पुन ः निषेधाज्ञा जारि गरिएको हो । निषेधाज्ञा जारी भएसँगै यहाँ सडक सुनसान भएका छन् । मानिसहरु घर बाहिर निस्केका छैनन् ।

जिल्लाका ८ वटै स्थानिय तहका उद्योग, कलकारखाना, बजार सबै बन्द छन् । सदरमुकाम गुलरिया, ताराताल, भुरिगाउँ, राजापुर, बाँसगढीलगाएतका मुख्य बजार विहानैदेखि सुनसान छन् । बजारमा छिटफुट मात्र मानिस देखिएका छन् । गुलरिया– नेपालगंज, गुलरिया – भुरिगाउँ र गुलरिया – राजापुर हुलाकी सडक सुनसान छ । पूर्वपश्चिम राजमार्गमा अत्यावश्यक सवारी साधन मात्र चलेका छन् । प्रशासनले यस अघि दिएको पास पनि मंगरबारदेखि रद्ध गरिएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक काममा बाहेक कोही पनि घर बाहिर ननिस्कन अनुरोध गरेको छ । चोक चोकमा प्रहरी परिचालन गरिएको छ । अत्यावश्यक सेवा प्रदान गर्ने खाद्यान्न पसल, मेडिकल, तरकारी तथा फलफल पसललाई मात्र खोल्न अनुमती दिइएको छ । निषेधाज्ञा पालना नगर्नेलाई कारवाही गरिने प्रशासनले जनाएको छ ।


भारतसँग सिमा जोडिएका कारण बर्दियालाई उच्च जोखिम मानिएको छ । भारतलगाएत अन्य स्थानबाट घर फर्केकाहरुलाई जिल्लाका आठवटै स्थानिय तहमा रहेको क्वारेन्टाइनमा राखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 403 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय तह परिणामः दलका हैसियत अदलबदल हुँदै