‘कुनै सूचना भए पठाएर सहयोग गरिदिनुहोला’

काठमाडौं । ६० किलो बढी सुन तस्करी प्रकरण’bout छानबिन गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सुनसँग सम्बन्धित केही सूचना, तथ्य वा प्रमाण भए दिएर सहयोग गरिदिन अनुरोध गरेको छ । सिआइबीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं सांसद रवि लामिछानेलगायतले सुन तस्करी’bout आफूहरूसँग सूचना रहेको र आवश्यक परे दिने भन्दै सार्वजनिक रूपमा बताइरहेका बेला सिआइबीले सो अनुरोध गरेको हो । सिआइबीले सुन’bout कुनै महत्वपूर्ण सूचना भए कार्यालयमा प्रत्यक्ष रूपमा आएर समेत उपलब्ध गराउन सकिने बताएको छ ।

सिआइबीको विज्ञप्तिमा सुन’bout कुनै सूचना भए सिआइबीको इमेल ठेगाना अष्द२लभउबउियष्अिभ।नयख।लउ मा पठाउन वा ब्युरोका सूचना अधिकारीलाई ९८५१२९१३११ मा सम्पर्क गर्न पनि भनिएको छ ।

सिआइबीका सूचना अधिकारी नवराज अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एक महिना अगाडि भन्सार छली ल्याइएको सुनको सूक्ष्म रूपमा ब्युरोले अनुसन्धान गरिरहेको बेहोरा सर्वविदितै छ, यसभन्दा अगाडि विभिन्न मितिमा भएका सुन तस्करीका सम्बन्धमा समेत ब्युरोबाट अनुसन्धान भइरहेको छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘यसरी प्राप्त भएको जानकारी वा सूचनाको स्रोत गोप्य रहने सबैमा जानकारी गराउन चाहन्छौं, आमनागरिकको साथ सहयोग र सहकार्यबाट अपराध अनुसन्धान सत्य, तथ्यमा पुग्ने हुँदा त्यसमा सकरात्मक सहयोगको अपेक्षा गरेका छौं ।’

तपाइको प्रतिक्रिया
(Visited 146 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
अर्घाखाँचीको पाणिनी गाउँपालिकामा एमाले विजयी