अप्रत्यासित चुम्बन गरेपछि रुवियालेस निलम्बनमा


स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुवियालेसलाई विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले प्रारम्भिक ९० दिनको लागि निलम्बन गरेको छ । स्पेनले महिला विश्वकपको फाइनल जितेपछि रुवियालेसले पदक वितरण समारोहमा स्पेनकी मिडफिल्डर जेनी हर्माेसोलाई ओठमै चुम्बन गरेका थिए । लुइसले सहमतिमा चुम्बन भएको दावी गरिरहेका छन् । मिडफिल्डर हर्माेसोले भने सहमति नभएको बताउँदै आएकी छन् ।
फिफा अनुशासन समितिका अध्यक्ष जर्ज इभान पालासियोले फिफा अनुशासन संहिताका धारा ५१ ले दिएको अधिकारको प्रयोग गर्दै लुइस रुवियालेसलाई फुटबलसँग सम्बन्धित सबै गतिविधिबाट अस्थायी रुपमा निलम्बन गर्ने निर्णय गरेको हो । फिफाले सबै फुटबल गतिविधिबाट निलम्बन मात्र गरेको छैन कि रुवियालेसलाई फुटबल महासंघ र हार्मोसोसँग समेत सम्पर्कको अनुमति दिएको छैन । स्पेनिस फुटबल महासंघले यस अघि नै हर्माेसोका टिप्पणीलाई लिएर कानुनी काराबाही गर्ने बताएको थियो । कम्तिमा ८१ जना महिला खेलाडीले रुवियल्स भएसम्म राष्ट्रिय टोलीबाट नखेल्ने बताएका थिए । रुवियाल्सले राजीनामा दिन अस्विकार गरेका थिए । उनले सामाजिक हत्या भइरहेको र आफू अन्तसम्म लड्ने बताएका छन् ।
रुवियालेसको निम्लबन अघि स्पेनको फुटबल महासघले विवादको केन्द्रमा रहेका खेलाडीलाई नै कानुनी कार्वाही गर्ने धम्की दिएको जेनी हर्माेसोले बताएकी थिइन् । स्पेनिस महिला फुटबल टिममा केहि समयदेखि तनाव चलिरहेको छ । स्पेनले विश्वकप खेल्नु अघि पनि खेलाडी र फुटबल महासंघबिच द्वन्द थियो । २०२२ मा धेरै शीर्ष खेलाडीले विद्रोह गरेपछि स्पेनले शिर्ष १० खेलाडीविना विश्वकप खेलेको थियो । यसका बाबजुद पनि स्पेनले विश्वकप उचाल्यो । गत हप्तान फाइलनमा इंग्ल्यान्डलाई १–० ले हराउँदै स्पेन विश्व विजेता बन्यो ।

तपाइको प्रतिक्रिया
(Visited 264 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना, १ को मृत्यु,४ घाईते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उम्मेदवारका एजेन्डा: विकासभन्दा सुशासन प्राथमिकता