विकट मानिने साल्पासिलिछोका ३८ सामुदायिक विद्यालयमा इन्टरनेट सेवा

भोजपुर । भोजपुर जिल्लाकै दुर्गम मानिने साल्पासिलिछो गाउँपालिकाका ३८ ओटा सामुदायिक विद्यालयमा ब्रोडव्यण्ड इन्टरनेट सामग्री वितरण थालिएको छ । सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षामा जोड दिन इन्टरनेट सेवा विस्तार थालिएको हो ।

यहाँका ४४ ओटा विद्यालय मध्ये पहिलो चरणमा ३८ ओटा विद्यालयमा इन्टरनेट विस्तारको काम थालिएकोे गाउँपालिका शिक्षा शाखा प्रमुख थानेश्वर गुरागाईले जानकारी दिए । यहाँका छ माध्यमिक विद्यालयमा भने यस अघि नै इन्टरनेट सेवा विस्तार गरेर सञ्चालनमा रहेको उनको भनाइ छ । दोश्रो चरणमा यी विद्यालयको पनि इन्टरनेटको थप क्षमता विस्तार लगायतको काम गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।

नेपाल दुरसञ्चार प्राधिकरण र साल्पासिलिछो गाउँपालिका बीच भएको सम्झौता अनुसार यहाँका विद्यालयमा इन्टरनेट सेवा विस्तार थालिएको हो । प्राधिकरणले प्रत्येक विद्यालयमा २० एमविपिएस नन डेडीकेडेट सेवा विस्तार गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधबकुमार अधिकारीले जानकारी दिए ।

गाउँपालिका भित्रका विद्यालयमा प्रविधिमैत्री शिक्षामा जोड दिन योजनाबद्ध रुपमा कामको थालनी गरिएको प्रशासकीय अधिकृत अधिकारीले बताए । विद्यालयहरुमा सूचना प्रणालीको विकास गर्नको लागि राष्ट्रिय योजना आयोगबाट आउने ९७ लाख विशेष अनुदानको बजेटबाट थप काम गर्ने उनको भनाइ छ ।‘जिल्लाकै विकट मानिने हाम्रो गाउँपालिकामा प्रविधिमैत्री शिक्षाको विकासमा जोड दिएका छौँ’ प्रशासकीय अधिकृत अधिकारीले भने,‘ यहाँका सवै विद्यालयमा इन्टरनेट सेवा विस्तारको काम थालेका छौँ । खास गरेर हाम्रो एक मात्र लक्ष्य नै सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउनु हो ।’

सामुदायिक विद्यालयमा इन्टरनेट सेवा विस्तारले बालबालिकालाई नविनतम र प्रविधियुक्त शिक्षा लिन सहज हुन्े गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताए । प्रविधिको विस्तारले शिक्षाको गुणस्तरमा सुधार ल्याउन भूमिका खेल्ने अध्यक्ष कुलुङको भनाइ छ।

‘नेपाल दुरसञ्चार प्राधिकरणसँगको सहकार्यमा ३८ ओटा विद्यालयमा गुणस्तरिय इन्टरनेट सेवा विस्तार थालेका छौँ’ अध्यक्ष कुलुङले भने,‘यसले यहाँका बालवालिकालाई प्रविधियुक्त शिक्षा लिन सहजता थप्नेछ । शिक्षालाई प्रविधिमैत्रीसँगै गुणस्तरिय बनाउन गाउँपालिकाले काम गरिरहेको छ ।’

सम्झौता अनुसार प्राधिकरणले एक विद्यालयमा पहिलो वर्ष ७३ हजार नौ सय का दरले २८ लाख आठ हजार नौ सय बराबरको इन्टरनेट सेवा प्रदान गर्नेछ । त्यस्तै दोश्रो वर्षमाप्रति विद्यालय १८ हजार नौ सयका दरले सात लाख आठ हजार दुई सय बरावरको इन्टरनेट सेवा प्रदान गर्ने गाउँपालिकाको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 36 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

तीनपटक सकारात्मक सर्किट लागेको सेयर बजार सयमअगावै बन्द

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जुम्लाकाे ताताेपानीमा माओवादीबाट प्रमुखमा सुरेश र उपप्रमुखमा सिमा काे मनाेनयन दर्ता