एमालेले भ्रष्ट्रचार,अनियमिता र कामको ढिलासुस्तीबिरुद्ध आवाज उठाउने

रौतहट । नेकपा एमालेले भ्रष्ट्रचार,अनियमिता र काममा हुने ढिलासुस्तीको बिरुद्ध आवाज उठाउने निर्णय सहित तिन दिने प्रशिक्षक प्रशिक्षण तालिम मंगलबार सम्पन्न गरेको छ । नेकपा एमाले रौतहटको स्कुल बिभागको आयोजनामा भएको उक्त तालिम गत आइबारबाट शुरु भएर मंगलबार रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न भएको थियो ।

उक्त तालिमको पहिलो दिन नेकपा एमालेका केन्द्रिय सचिब तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईले नेकपा एमाले बिधि,बिधान र पद्धति अनुरुप चल्ने पार्टी भएको बताएका थिए । केन्द्रिय सचिब भट्टराईले नेकपा एमालेलाई कमजोर पार्ने, घेराबन्दी गर्ने र कथित गठबन्धनको नाममा देशमा लुट मच्चाउने प्रवृत्ति र कम्युनिष्ट पार्टीको नाममा नेपाली कांग्रेसको पुच्छर समातेर बैतरणी तर्ने सोच राख्ने प्रवृत्तिको भण्डाफोर गर्न समेत आवहन गरेका छन ।

यस्तै नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा रौतहट इन्चार्ज पुरुषोतम पौडेलले नेकपा एमाले रौतहट जिल्लामा एउटा अग्रगामी, कृयाशिल, प्रतिष्पर्धी, जनपक्षिय तथा देशभक्तिपूर्ण पार्टी निर्माण गर्ने संकल्प गरिरहेको र यसका लागि सकृयतापूर्वक लाग्न सम्पूर्ण पार्टी पंक्तिलाई हार्दिक अपिल गरेका छन ।

यसैगरी नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रशिक्षक उद्धब रेग्मीले रौतहट जिल्लाको बिकाशको मोडल’bout जानकारी गराएका थिए ।

रौतहटका विभिन्न पालिकाका ८० जनाभन्दा बढि नेता कार्यकर्ताहरु सहभागि कार्यक्रम नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् रौतहट जिल्ला इन्चार्ज पुरुषोतम पोडैल, केन्द्रिय सदस्यहरु उद्धव रेग्मी, अरविन्द सिंह, कपिल पोखरेल, मधेस प्रदेश उपाध्यक्ष रेवती पन्त, केन्द्रिय स्कुल विभाग सदस्यहरु सुन्दर लामिछाने, शंकर महत्तोले प्रशिक्षण दिएको स्कुल विभाग रौतहटका सदस्य टेकनाथ खरेलले जानकारी दिए । प्रशिक्षणमा प्रशिक्षकहरुले पार्टीको निति, विधि, सिद्धान्त, माक्र्सवाद, जनताको वहुदलिय जनावद, विकास र समृद्धि, जनआचरण, प्रविधिको प्रयोग लगायतको विषयमा सहभागिहरुलाई प्रशिक्षण दिएको स्कुल विभाग रौतहटका प्रमुख बाबुराम दाहालले बताए ।

विभिन्न समयमा भूलवश नेकपा एमाले छोडि विभाजित पार्टी नेकपा एकीकृत समाजवादी सहित विभिन्न पार्टीमा जानुभएका इमान्दार कम्युनिष्ट नेता तथा कार्यकर्तालाई आफ्नो घर नेकपा एमालेमा फर्कन आव्हान गर्ने, नेकपा एमाले रौतहट जिल्लाको विकास र समृद्धिको योजना सहित अघि बढ्न चाहन्छ । यसको लागि रौतहट जिल्लाका सबै कमरेडहरु, बुद्धिजीवीहरू तथा रौतहटको विकास र समृद्धि चाहने महानुभावहरुलाई आवश्यक सुझाव दिइ सहयोग गर्न अनुरोध गर्ने, छोराछोरीलाई भेदभाव नगरी विद्यालय पठाउनेछौं । आफ्ना सन्तानलाई विद्यालय नपठाउने अभिभावकलाई पठाउन प्रेरित गर्ने सहभागी बिच प्रतिबद्धता भएको स्कुल बिभाग प्रमुख दाहालले जानकारी दिए ।

यसैगरी आफुलाई अस्वस्थ पार्ने कुनै गतिविधि तथा कार्यहरू नगर्ने,सरसफाइको आधारभूत नियमहरुको पालना गर्ने र गराउने, कृषकहरुको हकहितको लागि निरन्तर आवाज उठाउन, आफूलाई पनि उत्पादनसँग जोड्ने, समाजमा व्याप्त सबैखाले विभेद, अन्धविश्वास, सामाजिक विकृति, विसंगति विरुद्ध अभियानको नेतृत्व गर्ने, मिटर व्याज पिडितहरुको पक्षमा वकालत गर्ने जस्ता प्रतिबद्धता भएको उनले जानकारी दिए ।

उक्त तालिमबाट सबै तहमा हुने सबै किसिमको भ्रष्ट्रचार र भ्रष्ट्रचाजन्य कृयाकलाप, अनियमितता, ढिलासुस्ती विरुद्ध आवाज उठाउने , सुशासनको पक्षमा खडा हुने, बाल विवाह नगराउने र गर्न नदिने, दाइजो प्रथालाइ सामाजिक विकृति मानेर यसको विपक्षमा आफुलाई उभ्याउने,बकैया, बागमती , झाझ, चाँदी खोला लगायत साना ठुला नदीहरुले जिल्लामा निम्त्याउने बाढी तथा डुबानजन्य दैविक प्रकोपका कारणहरु पत्ता लगाइ त्यसको अल्पकालीन र दीर्घकालीन समाधानको लागि प्रयास गर्ने, सदैव पिडितहरुको पक्षमा उभिने प्रतिबद्धता भएको थियो । यसैगरी भारतीय सिमा सहित जिल्लाभर हुने चोरी÷तस्करी एवम् अपराधिक कृयाकलाप रोक्न दृढतापूर्वक लाग्ने,सबैलाई सम्मानपूर्ण व्यवहार गर्ने, आफ्नो गाउँ÷टोलका सबैखाले समस्याको समाधानको लागि पहल गर्ने, कानुनी राज्य मान्दै असल नागरिक बन्ने र राज्यलाई तिर्नुपर्ने कर लगायत सबैखाले दायित्व समयमै भुक्तानी गर्ने प्रतिबद्धता भएको उनले जानकारी दिए ।

तालिममा पार्टीको निति,नियम,जबजको सिधान्त,कानुन तथा सुचनाको प्रयोग लगायत महत्वपुर्ण बिषयमा गहन अन्र्तरक्रिया तथा प्रशिक्षण भएको नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रशिक्षक उद्धब प्रसाद रेग्मीले जानकारी दिएका छन । उक्त प्रशिक्षक प्रशिक्षण तालिममा रौतहट जिल्लाभरीका ८० जनाको सहभागिता रहेको थियो । स्कुल बिभागको केन्द्रिय कार्यक्रम अनुसार ७७ जिल्ला मध्ये रौतहटमा पहिलो तालिम संचालन भएको नेकपा एमाले प्रदेश कमिटि उपसचिब आरती भण्डारीले जानकारी दिएकी छिन । यस्ता प्रकारको तालिम अब पालिका हुदै वाड तह सम्म संचालन हुने नेकपा एमाले स्कुल बिभाग रौतहट प्रमुख दाहालले जानकारी दिएका छन । प्रशिक्षण कार्यक्रमबाट २०८४ मा हुने निर्वाचनमा नेकपा एमालेलाई देशकै पहिलो पार्टी बनाउने बाटो देखाएको र आफुहरु अब रौतहटमा पनि एमालेलाई पहिलो पार्टी बनाउन टोलटोलबाट लाग्ने सहभागि अभि गौतमले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 113 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दलले छानेकालाई अस्वीकृत गर्दै मतदाता