ओस्कारमा सहभागी हुन नेपाली चलचित्रको माग

काठमाडौं । केही वर्षयताबाट एकेडेमी अवार्ड्स (द अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालले भाग लिँदै आएको छ । यस विधामा छनोट समिति (नेपाल)ले ‘९६औं अस्कर अवार्ड प्रतियोगिता’का लागि नेपाली चलचित्रतर्फ सहभागीका लागि अपिल गरेको छ । एक विज्ञप्तिमार्फत छनोट समितिले ओस्कारमा जानका लागि आफ्नो चलचित्र पठाउन नेपाली निर्माताहरूलाई अनुरोध गरेको हो ।

९६औं अस्कर अवार्ड प्रतियोगितामा सामेल हुन चाहने सबै नेपाली चलचित्र निर्देशक र निर्माताहरूलाई आफ्नो चलचित्र यही २९ भदौमा समितिको सचिवालयमा दर्ता गराउन समितिले आह्वान गरेको छ ।

सो पुरस्कारको प्रतियोगितामा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा सहभागी गराउन चलचित्र निर्देशक राजु केसीको नेतृत्वमा अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) गठन भएको छ ।

सो प्रतिस्पर्धामा भाग लिन चाहेको चलचित्र १ डिसेम्बर २०२२ अर्थात् १५ असोज २०७९ भन्दा पछि तथा ३० सेप्टेम्बर २०२३ अर्थात् १४ असोज २०८० भन्दा पहिला नै सार्वजनिक प्रदर्शन गरिएका चलचित्रले मात्र आवेदन दिनसक्ने बताइएको छ । दरखास्तका साथमा चलचित्र जाँच (सेन्सर) गरिएको प्रमाणपत्र, हलमा रिलिज नभएर ओटिटीमा रिलिज भएको हो भने सोको प्रमाण, ३५ एमएम वा ७० एमएमको भिडियो वा २४–४८ फ्रेममा प्याकेज गरिएको डिजिटल सिनेमा, यसैगरी २०४८ देखि १०८० पिक्सेलसम्म प्रोजेक्सन रेजुल्युसन भएको डिजिटल सिनेमा, ५ दशमलव १ अथवा ७ दशमलव १ मा उपलब्ध अडियो, निर्देशक, निर्माता, कलाकार आदिका साथै सबै प्राविधिकको नामावली पठाउन पनि अनुरोध गरिएको छ । यस्तै, अंग्रेजी भाषामा लेखिएको चलचित्रको संक्षिप्त सारांश (कथासार), निर्देशकको फिल्मोग्राफी र फोटो, सम्बन्धित चलचित्रका ३ देखि ५ वटासम्म स्थिर फोटाहरू, चलचित्र रिलिज हुँदाको एउटा अफिसियल पोस्टर पठाउन पनि अपिल गरेको छ ।

द एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेसले १० मार्च २०२४ आइतबारका दिन अमेरिकाको लस एन्जेलसको डल्बी थिएटरमा ९६औं एकेडेमी अवार्ड्स (द अस्कर अवार्ड्स) प्रदान गर्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 113 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा गठबन्धनको प्रतिबद्धतापत्र : विद्युतीय चुलोमा अनुदानदेखि किसानलाई पेन्सनसम्म