कृषिमन्त्री भुसाल समक्ष अध्ययन कार्ददलको प्रतिवेदन

काठमाडौं । कृषि मन्त्रालय अन्तर्गत गठित पनामा रोगको नयाँ प्रजाति टिआर ४ को जोखिम विश्लेषण एवं सर्भेक्षण कार्यदलले आफ्नो प्रतिवेदन कृषि तथा पशुपञ्छी विकास मञ्त्री डा. वेदुराम भुसालसमक्ष आज पेश गरेको छ ।

नार्क अन्तर्गत राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा. रामबहादुर खड्काको संयोजकत्वमा प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख प्रकाश पौडेल, बाली रोग वैज्ञानिक वशिष्ठ अचार्य लगायतको कार्यदलले प्रतिवेदन बुझाएको हो ।

कार्यदलले प्रतिवेदनमा हाल देखिएको केराको पनामा रोगको नयाँ प्रजाति टिआर ४ को फैलावट रोक्न रोगग्रस्त बगैंचामा रोग व्यवस्थापनका प्रारम्भिक विधि अवलम्बन गर्नुपर्ने सुझाव दिएको कार्यदलका संयोजक डा. खड्काले बताए । उनले किसानहरूलाई तत्काल आवश्यक पर्ने प्राविधिक सुझाव र नीतिगत तहमा चाल्नुपर्ने कदम’bout पनि प्रतिवेदनमा उल्लेख गरिएको बताए ।

प्रतिवेदनमा यो रोग देखिइसकेपछि यसको कारक ढुसी लामो समय सम्म माटोमा वांचिरहन सक्ने भएको हुंदा पुर्णरुपमा निर्मुलिकरण गर्न सम्भव नभएतापनि रोग देखिएको ठांउवाट रोगलाइ अन्यत्र फैलिन नदिन आवश्यक कदम चाल्नुपर्ने कुरामा जोड दिइएको छ । यसका लागि पहिला रोग कति क्षेत्रमा फैलिएको छ भन्ने निर्क्यौल गर्न वरिपरिका वगैचाहरुमा रोग शुरुभएको स्थान वाट ट्रेस व्याक र ट्रेस फर्वार्ड सर्भे गर्नु पर्दछ। सर्भे गर्दा नर्सरीहरु, साना र ठुला वंगैचाहरु सवैलाइ समेट्नुपर्ने र हरेक वगैचामा प्राप्त हुने विरुवाको श्रोतहरुलाइ ट्राकिंग गरि त्यहाँ समेत सर्भे गर्नु पर्दछ। प्रभावित वंगैचा वाट रोग वाहिरिन सक्ने विगतका क्रियाकलापहरु पत्ता लगाई उपरोक्त ठाउँहरुको समेत सर्भे गर्नु पर्दछ।

यसैगरि कामदारहरु तथा मेसिनहरुको आवागमन भएका क्षेत्रहरु पहिचान गरि त्यहाँ समेत सर्भे गरेपश्चात् प्रभावित क्षेत्र, खतरामा रहेको क्षेत्र र सुरक्षित क्षेत्रहरु पहिचान गरी त्यसको आधारमा क्वारेन्टाइन गर्नुपर्ने क्षेत्र पहिचान गर्नुपर्दछ। प्रतिवेदनमा अनेक सुचनाजन्य व्यानरहरु तथा पोष्टर, पम्प्लेट र रेडीयो टेलीभिजनवाट व्यापक रुपमा सूचना संप्रेषण गरि क्वारेन्टाइन गर्नुपर्ने क्षेत्रहरु मध्ये प्रभावित क्षेत्र र खतरामा रहेको क्षेत्रलाइ सरोकारवालाहरु समेतको सम्मतिमा तारवारले सिल गर्नुपर्ने र सार्वजनिक वाटोघाटोहरुलाइ डाइभर्सन प्रयोग गरि सुचारु गर्ने तर प्रभावित क्षेत्रवाट आवतजावतमा रोक लगाउनुपर्ने कुरा उल्लेख छ ।

प्रतिवेदनमा क्याभिन्डेस जात लगाइएका देशैभरिका क्षेत्रहरुमा द्रुत सर्भे तथा जोखिम विष्लेषण गरि त्यसका आधारमा तयार प्रतिवेदन वमोजिम यस रोगलाइ आन्तरिक क्वारेन्टाइनका मापदण्ड वनाइ यथाशिध्र नियमन गर्नु पर्ने, अर्को सूचना जारी नहोउन्जेल सम्मको लागि तत्काल केराको काइँयो वा हत्ता वाहेक अन्य कुनैपनि भाग वंगैचावाट वाहिरिन नदिने, सवै वगैचाहरुलाइ आइसोलेसनमा राख्ने, तत्कालका लागि चिसापानि तथा राजापुर पुलमा अस्थाइ चेकपोष्ट तयार गरि सुरक्षाकर्मी तथा प्राविधिक उपलव्ध गराइ केरा वोक्ने गाडीको चक्का सफा पानीले धोइ १० प्रतिशत व्लिचले निसंक्रमण उपचार गरेपछि मात्र गाडी पास हुन दिने व्यवस्था हुनुपर्ने जस्ता सुझावहरू दिइएको छ । सोही प्रकृयावाट गाडीका चालक, सहचालक लगायतका कामदारहरुले जुत्ता चप्पल निसंक्रमण गर्ने व्यवस्था सुनिश्चित गरिनु पर्ने कुरा समेत उल्लेख छ ।

राष्ट्रिय बाली रोग अनुसनधान केन्द्रका प्रमुख सुरज वैद्यले यो पनामा रोगको यो प्रजाति हालसालै नेपालमा पत्ता लागेको कुरा केन्द्रले राष्ट्रिय बाली संरक्षण संगठनमा (एनपिपिओ) मा प्रस्ताव गरी अनुमोदन समेत भइसकेको र उक्त संगठनले अन्तर्राष्ट्रिय बाली संरक्षण आयोग (आइपिपिसी) लाई सूचित गरेपछि यो रोगको अन्तर्राष्ट्रिय रूपमा समेत आधिकारिक जानकारी हुने बताए ।

राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले यो प्रजातिको यति छिटै पहिचान हुनु, शिघ्रातिशिघ्र कार्यदल गठन हुनु, कार्यदलले छोटो समयमा स्थलगत अध्ययन र सरोकारवालाहरूसँग छलफल गरी बिस्तृत प्रतिवेदन तयार गर्नु आफैमा विशेष महत्वपूर्ण भएको कुरा उल्लेख गरे । उनले यो काममा अहोरात्र खट्ने कार्यदलले महत्वपूर्ण जिम्मेवारी पूरा गरेको र अब सरकारले अपनाउने थप रणनीतिको प्रतीक्षामा किसानहरू रहेको उल्लेख गरे । उनले वैज्ञानिकहरूलाई देशका विभिन्न भागमा रहेका केराका व्यवसायिक वगैंचाको अवस्थाको अध्ययन गर्न थप उत्प्रेरित गर्नुपर्ने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 182 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘अर्थतन्त्रमा दीर्घकालीन असर’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ग्रामिण वस्तीहरुमा स्मार्ट भिलेजको अवधारणा कार्यान्वयन गर्छु : अधिकारी