जनैपूर्णिमाको धार्मिक आस्था

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाको दिन जनैपूर्णिमालाई श्रावणी भनिन्छ र ऋषिको तर्पण गरिने दिन भएको हँुदा ऋषितर्पणी पनि भनिन्छ । हरेक चाडवाडको आआप्mनै महत्व र सन्दर्भ हुन्छ जस्तै कुनै चाड माटोको चाड हुन्छ । कुनै पानीको चाड र आज यो जनैपूर्णिमा भने धागो र बन्धनको चाड हो । जुन धागो अर्थात् बन्धन, पवित्रता र सुरक्षाको बन्धन पनि हो । यसमा ब्राह्मण र क्षेत्रीय पुरुषले हिन्दु परम्पराअनुसार यज्ञोपवित अर्थात् जनै लगाउने चलन रहिआएको छ । मूलतः बाल्यकालपश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पत्र गरी गुरु–पुरोहितद्वारा अरूले नसुन्ने गरी कानमा गायत्री मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ संकल्प लिएर देब्रे काँधमाथि पर्नेगरी दाहिने हातको मुन्तिर पारेर गुरु पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ । फलतः जनै फेर्ने दिन भएकाले जनैपूर्णिमा नाम रहन गएको स्पष्ट छ । तर, मलमास परेको वर्षमा मात्र भाद्र शुक्ल पूर्णिमाको दिन पर्न आउँछ । यसैदिन जनै लाउनेहरूले जनै फेर्ने दिन भएकाले यस पूर्णिमाको नाम जनैपूर्णिमा रहन गएको हो । यस दिनलाई रक्षाबन्धनको नामले पनि चिनिन्छ । शास्त्रको विधिबमोजिम ब्राह्मणद्वारा स्तोत्र वा मन्त्र पढेर हातमा रक्षाबन्धन बाँध्न लगाउने चलन छ । हातमा बाधिने रक्षाबन्धनबाट रोगव्याधि, अनिष्ट र संकट नाश गरी स्वास्थ्यको रक्षा गर्दछ भन्ने विश्वास गरिन्छ ।

कुनै पनि देशले आफ्ना पारम्परिक धार्मिक वा सांस्कृतिक निधिलाई जीवन्तता प्रदान गरिरहेका हुन्छन् । संक्षेपमा भन्नु पर्दा त्यो नै त्यस देशको सांस्कृतिक गतिविधि त्यहाँको सामाजिक प्रतिबिम्ब हो । यसरी पूर्वजले सामाजिक धरोहरका रूपमा छोडेर गएका विभिन्न पर्वमध्ये जनैपूर्णिमा पनि एक हो । एक पक्षबाट हेर्दा यो केवल तागाधारीको मात्र पर्व हो कि भन्ने लाग्छ, परन्तु त्यसो होइन । तागाधारीले पनि यस दिन रक्षासूत्र बाँध्ने प्रचलन छ । अतः गैरतागाधारीले वैदिक मन्त्ररहित स्नान, दान, ऋषिपुजन आदि गर्नुपर्छ भन्ने वर्णन भविष्यपुराणमा उल्लेख भएको कुरा हेमाद्रिमा उल्लेख भएको पाइन्छ । यसमा जनै फेर्ने कुरा के छ भने जनै कहिले र कति समयसम्म लगाउनुपर्छ ? भन्ने शास्त्रीय विधानको श्लोकलाई प्रस्तुत गर्नु सान्दर्भिक देखिन्छ । ‘सूतके मृतके चैव गते मांसचतुष्टये । नवयज्ञोपवीतानि धृत्थजीर्णानिसंत्यजेत् ।’ यसको अर्थ हो जुठोसूतक परेमा वा चार महिना बितेपछि नयाँ जनै फेरेर पुरानोलाई फाल्नु पर्दछ । जनैपूर्णिमाका दिन प्रातकालमा उठी नदी, कुवा, इनार, धारा आदि गएर दतिवन लगाई सेतोमाटो, गोबर र खरानी अंगमा दलेर स्नान गर्नुपर्ने विधान छ ।

जनैपूर्णिमालाई श्रावणी र ऋषिहरूको तर्पण गरिने दिन भएको हँुदा ऋषितर्पणी पनि भनिन्छ

त्यसपछि अरुण घर्तीसहित कश्यप, भरद्वाज, गौतम, अत्रि, जमदग्नि, वसिष्ठ र विश्वामित्र यी सप्तर्षिको पहिले पूजा गर्ने र पछाडि सबैलाई तर्पण गर्ने शास्त्रीय विधान रहेको पाइन्छ । जनैपूर्णिमा भगवान् शिवलाई आराधाना गरिने दिनका रूपमा र शुद्ध जनै बदल्ने दिनका रूपमा समेत लिइन्छ । श्रावणी पूर्णिमा नेपालमा प्राचीन कालदेखि नै प्रचलित हँुदै आइरहेको एक पावनतम पर्व मानिन्छ । जुन रक्षा अर्थात् ‘राखी’ यो पर्वमा मित्र पहिलो–दोस्रोलाई बाँध्छन् बहिनीहरू प्रेमले आफ्ना भाइलाई बाँध्छिन् र ब्राह्मण अन्य वर्गका मानिसहरूलाई बाँध्दछन् । त्यो यथार्थमा सर्प अर्थात् दुष्टजनबाट त्राण पाउनका लागि, तिनीहरूको प्रेम एवं स्नेहमा आबद्ध आपसी एकताको प्रतीकस्वरूप प्राण थियो । पुराणअनुसार रक्षाबन्धन पर्वको पृष्ठभूमि पनि त्यही नै छ ।

हाम्रो देशमा विभिन्न किसिमका समुदाय, जातजाति, भाषाभाषी, बस्ने भएको हुनाले हरेक दिन एउटा न एउटा चाडपर्वहरू पर्ने गरेको पाइन्छ । त्यस्तैगरी जनैपूर्णिमा पनि एक महत्वपूर्ण चाड हो । कुनै पनि धार्मिक सांस्कृति पर्वलाई सनातनदेखि चल्दै आएको परम्परा मान्यता र रीतिरिवाजअनुसार नै ठ्याम्मै अनुशरण गर्न हामी सक्छांै वा सक्दैनौं ? एउटा महत्वपूर्ण प्रश्न हामीसामु छ । विज्ञान र प्रविधिको विकास सञ्जालले घेरिएको आजका व्यस्त मानिससलाई धार्मिक परम्परामा पुरै बाँधिएर बस्न सीमा र व्यावहारिक कठिनाइ छ्यापछ्याप्ती छन् । अतः साँच्चै बोझ, बन्धन कसैलाई पनि मन पर्दैन किनकि, यसमा मानिसलाई सुख, शान्ति र खुसीको अमनचयन प्राप्त हुँदैन तर रक्षाबन्धन मर्यादाको मीठो बन्धन हो जसले हामीलाई पवित्रता, स्वअनुशासन र संयमको लक्ष्मण रेखाभित्र राख्ने काम गर्दछ ।

जुन नियम, मर्यादाको सीमारेखाभित्र रहँदा मानिस सुखी हुनुका साथै जीवनमा सफलता पनि हासिल गर्न पुग्दछ । त्यस्तैगरी, रक्षाबन्धनले सबैको रक्षा गर्छ भन्ने चलन सत्ययुगदेखि नै चलेको देखिन्छ । अधि दानवबाट पीडित देवगणले अभिमानी असुरको हातबाट कसरी त्राण पाउन सकिएला भनी गुरु बृहस्पतिसामु हारगुहार मागेपछि गुरु बृहस्पतिले विशेष रक्षाकवचका रूपमा तयार पारेको रक्षाबन्धनको धागो देवी इन्द्रायणीमार्फत देवराज इन्द्रलाई बाँधिदिएको र यसो गर्दा गुरु बृहस्पतिले विशेष मन्त्रजप गरेको जसको प्रभावले दानव पराजित भई देवता सुरक्षित रहेको प्रसंग र संस्मरणस्वरूप रक्षा धागो गुरुका हातबाट बाँध्ने परम्परा विकसित हुँदै आएको हो । यो पर्र्व सर्वश्रेष्ठ धर्मका रूपमा संसारभरि परिचित छ जसले गर्दा हाम्रो धर्ममा पनि केही त्रुटिहरू छन् भने आध्यात्मिक जागरणको नाममा गलत संस्कार, छुवाछुत र रुढीवादीलाई निर्मूल गरिनुपर्छ भन्ने पनि हो ।

विद्यमान कुसंस्कार हटाइ सनातन धर्मबाट चलिआएको संस्कारलाई अगाल्नु समय सापेक्षिक हुन जाने ठहर्छ

अन्त्यमा भन्नुपर्दा यसरी मन्त्रेको जनै ६ वटा काँचो धागो (६ सुते धागो)लाई दुई बेग्लै बेग्लै गाँठो पारिसकेपछि सबैलाई एक ठाउँमा राखेर तयार पारिन्छ । जसलाई वार्षिकरूपमा आजैको दिन परिवर्तन गर्ने चलन रहिआएको छ । जनैमा रहने दुईवटा शिखाका छवटा धागो डोरामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाका तीन डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ । जनै लगाउनु अगाडि पढ्ने संस्कृति मन्त्र ‘येन बद्धो वलीराजा दानवेन्द्रो महावलस् । तेन त्वां प्रतिबध्नामी रक्षे मा चल मा चल ।’ यसरी चाडपर्वको रौनक निकै बढेको छ । घरको ढोकामा नागको तस्बिर टाँसेर नागपञ्चमी पर्व केही दिन अगाडि मनाइएको थियो । त्यसको केही दिनपछि अर्को महत्वपूर्णको पर्वका रूपमा ज्वाई–भानिजको पर्व जनैपूर्णिमाको महान् पर्व आज मनाइँदै छ ।

त्यसैगरी, त्यसको केही दिनपछि अर्को महान पर्व कृष्ण जन्माष्टमीको शुभ अवसर पनि आउँदै छ । त्यसपछि नेपालीका घरआँगन विभिन्न पर्वहरू लामबद्ध रूपमा आइरहने छन् । त्यस्तैगरी, कुशेऔंशी अर्थात् बाबुको मुख हेर्ने पर्व आउँदै छ भने दिदी बहिनीको रमाइलो पर्व तीज पनि आउँदै छ । यस्तैगरी नेपालीहरूका महान् पर्व दसैं–तिहार पनि एकपछि अर्को गरी आउँदै छन् । तसर्थ, आफ्नो गच्छेअनुसार हेरेर मात्र ती चाडपर्वलाई स्वागत गर्दै मनाउँदै बिदाइ गर्ने बानी बसाल्ने कार्यमा हामी सबैले बेलैमा सोचविचार गर्नुपर्छ । हाम्रो देशमा विभिन्न किसिमका समुदाय, जातजाति, भाषाभाषीका मानिस, बस्ने हुनाले हरेक दिन एउटा न एउटा चाडपर्व पर्ने गरेको पाइन्छ । त्यस्तै जनैपूर्णिमा पनि एक महत्वपूर्ण चाड हो । यो पर्र्व सर्वश्रेष्ठ धर्मका रूपमा संसारभरि परिचित छ जसले गर्दा हाम्रो धर्ममा पनि केही त्रुटिहरू छन् भने आध्यात्मिक जागरणको नाममा गलत संस्कार, छुवाछुत र रुढीवादी संस्कारलार्ई निर्मूल गरिनुपर्छ भन्ने पनि हो ।

समाजमा विद्यमान रहेका कुसंस्कारलाई हटाइ सनातन धर्मबाट चलिआएको संस्कारलाई अगाल्नु समयसापेक्ष हुन जाने छ । यस अर्थमा विश्वको एक मात्र हिन्दु राष्ट्रका रूपमा रहेको नेपालमा ८१ प्रतिशतभन्दा बढी हिन्दुहरू रहेका छन् । समाजमा विद्यमान रहेका कुसंस्कारलाई हटाइ सनातन धर्मबाट चलिआएको संस्कारलाई अगाल्नु समयसापेक्ष हुन जाने छ । यस कारणले गर्दा हिन्दु धर्मलाई अझै अगाडि बढाएमा हाम्रा चाडपर्वको महत्व अझै बढ्ने कुरामा कसैको दुई मत नहोला ।

तपाइको प्रतिक्रिया
(Visited 85 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनलाई हराउँदै धनगढीको मेयर बने स्वतन्त्र उम्मेदवार गोपाल हमाल