विपद्सँगै उद्धारको समीक्षा होस्

मनसुनी वायुले बिदा लिन थालेको महसुस हुँदा नहुँदै मुलुकभरका प्राकृतिक विपदका घटनाहरूको समीक्षा हुनथालेका छन् । गत ३१ जेठदेखि मुलुकभर यस वर्षको मनसुन सुरू भएयता भदौको पहिलो सातासम्म बाढी, पहिरो र चट्याङ्बाट ७३ जनाको ज्यान जानुका साथै १ सय २ जना घाइते भएको तथ्यांक राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेसँगै उद्धार तथा राहत वितरणका ’boutमा पनि समीक्षा हुनुपर्ने गुनासो आमजनता माझमा उठिरहेको छ । बाढी, पहिरोका कारण हालसम्म २० जना बेपत्ता छन् । मनसुन अवधिभर मुलुकमा १ सय ३५ ठाउँमा बाढी, ४ सय २९ ठाउँमा पहिरो र ८३ स्थानमा चट्याङ परेको थियो । बेपत्ता भएका सबै बाढीमा परेका कारण उद्धारमा कतै कमी कमजोरी पो रहनगएको हो कि भन्ने जनतामा आशंका रहेका छन् ।

जलविद्युत् आयोजनाहरूमा पनि क्षति पुगेका कारण मुलुकलाई अर्बौं रुपैयाँ घाटा हुनगएको छ । यस अवधिमा बाढी पहिरोका कारण मुलुकका राजमार्गहरू २ सय ५० ठाउँमा भत्किन र पुरिन पुगेका छन् । यी घटनामा उद्धारका काम समयमै हुन सकेको भए धनजनको क्षति कम गर्न सकिने थियो कि भन्ने सबैको गुनासो छ । नेपालको भौगोलिक बनावट, मनसुनको आगमन, त्यसको सकारात्मक र नकारात्मक प्रभाव प्रायः उहीक्रम र चक्रमा हुनेभएकाले पूर्वतयारी रहेमा त्यतिका धेरै जोखिम र क्षति बेहार्नबाट बच्न सकिने आमधारणा नै छ । मनसुन आउँछ नै, त्यो पनि हरेक वर्ष उही नियमिततामा झैं । तर, सरकार र सरकारी निकायको तयारी पनि उही र उस्तै नियमिततामा हुन्छ । त्यो हो, ढिलाढाला, अपर्याप्तता, हुन्छ, गरौंला र धैर्य गर्नुस् ¤ यसैले पनि नेपालमा पूर्वआँकलन गरिएको क्षतिभन्दा बढी भएरै छाड्छ । यो विडम्बनाको नियमितता बनिरहेको छ । हरेक वर्ष करोडौंको क्षतिको समीक्षा गरिरहेका हुन्छौं । तर पनि तयारी र उद्धारको समीक्षा भएको देखिँदैन । सरकार चलिरहेको हुन्छ, समय बितिरहेको हुन्छ, मुलुक समस्याबाटै गुज्रिइरहेको हुन्छ । समीक्षा हुन्छ, रिपोर्ट हुन्छ, सरकारले केवल यसैलाई सुन्छ । कसैको पनि आत्मसमीक्षाका कुरा हुँदैनन् । समस्या र विपद् अर्कैतिर लगाइदिए हुन्छ । आफू जिम्मेवार हुनुपर्दैन ।

अब जमाना पुरानो छैन । जनता पनि जागरूक भइसकेका छन् । सरकार पनि पुरानै लर्तरो तालले चल्ने र टिक्ने देखिँदैन । सेवा र सुविधा पनि नयाँ परिवेशमा परिभाषित भएका छन् । जनताले सूचनाको हक खोजिरहेका छन् । तत्परता, विश्वसनीयता र जवाफदेहिता पनि चाहिरहेका छन् । विज्ञान प्रविधिले पनि सबैलाई नयाँ ढंगले सोच्ने, काम गर्ने र दायित्व बहन गर्ने अवस्थामा पु¥याएको छ । यसको बोध जनस्तरमा हुँदा सरकार र सम्बन्धित सरकारी निकायमा भने किन हुन नसकेको होला ? यसको अर्थ यो होइन कि उद्धार कार्यमा खटेका अनि खटाइएका कर्मचारी तथा सुरक्षाकर्मीहरूले मोलेको जोखिम आफैंमा सराहनीय छ । तर, यी र यस्ता काम सम्बन्धित निकायले समयमै तयारी हालतमा किन राख्दैन ? यो भने सोचनीय रहेको छ । उद्धारमा जनसहभागिता, उद्धारकर्तासँग स्थानीय जनताको हातेमालो र सहकार्य पनि अभूतपूर्व छ । त्यसैले, मनसुनका बेला निम्तने प्राकृतिक विपदको मुकाबिला गर्न सम्बन्धित निकायलाई सरकारले बेलैमा तयारी समय र बजेट उपलब्ध गराओस् । त्यसका लागि यस वर्ष मनसुनका बेलामा भए गरेका उद्धार तथा राहतको यथार्थ समीक्षा गरोस् !

तपाइको प्रतिक्रिया
(Visited 102 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

२५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बूढीगंगा मतगणना अपडेट : ५० प्रतिशत मत गन्दा एमालेलाई दोब्बर अग्रता