Saturday, June 6, 2020
Home Breaking News सिमामा रोकिएका नेपाली भन्छन् ‘सरकार हामीलाई आफ्नो देस छिर्न नदिने हो भने...

सिमामा रोकिएका नेपाली भन्छन् ‘सरकार हामीलाई आफ्नो देस छिर्न नदिने हो भने गोली ठोक’

कोरोना संक्रमण फैलिएपछि भारतले सिमासम्म ल्याइदियो, नेपालले रोकिदियो


दार्चुला । भारतमा कुल्ली (मजदुरी) गरेर फर्किएका नेपालीहरुको उद्धार गर्ने नेपाल सरकारको निर्णय गरेपनि त्यसको कार्यान्वयन नहुँदा सयौं नेपाली अहिले धारचुलाको गाई बाध्ने गौशालामा बस्न बाध्य छन् । धारचुलाका गाई बाध्न बनाइएका गौशालामा नेपालका सयौं मजदुरहरु रात विताउन बाध्य छन् ।

गत शुक्रबार राती १२ बजेदेखि सीमामा अलपत्र परेका नेपालीहरु तिनै पशु बाध्ने गौशालामा रात विताइरहेका छन् । १२ गाई बाध्ने ठाउँमा तीन सय नेपाली भेडा कोचेजस्तै बस्नु परेको छ, राजधानीको सम्पर्कमा आएका दुहुँ गाउँपालिका ३ का मिलन बोहराले भने । ‘मानवलाई पशुभन्दा तल्लो व्यवहार भइरहेको छ ।’

२३ तारिखमा बैंलोरबाट हिडेका बोहरा एक वर्ष अघि कामको खोजीमा बैंगलोर छिरेका थिए । होटलमा काम गर्दै आएका बोहरा विश्वभर फैलिएको कोराना भाइरस (कोभिड–१९) को सन्त्रास फैलिएपछि बिचल्लीमा परे । उनका मालिक घर गएपछि होटल बन्द भयो । मालिक नै घर हिडेपछि मजदुरहरुले बाध्य भएर गाउँ फर्किनु परेको उनले सुनाए । उत्तराखण्ड सरकारले उनीहरुलाई टनकपुर सम्म ल्याउन गाडी व्यवस्थापन गरेको थियो ।

‘चार दिन बनबासा टनकपुरमा स्वास्थ्य परीक्षण गर्न राख्यो । मेडिकल रिपोर्ट आएपछि बनबासाबाट पिथौरागढ जिल्लामा पठायो’ उनले बाटोभरी भोग्नुपरेको समस्या सुनाउँदै भने । ‘एक दिन पिथौरागढ डिग्री कलेजमा कोरेन्टाइन राखेपछि त्यहाँबाट २ वटा गाडी खोजेर हामीलाई धारचुला पुर्याइएको हो ।’ पिथौरागढ प्रशासनले गाडी व्यवस्था गरिदिएपनि भाडा आफैले तिरेका उनको भनाई छ ।

‘बाटोभरी मेडिकल जाँच गरेर पठाएका छन्, यता धारचुला पुगेपछि हाम्रो देशको पूलको ढोकामा भोटे ताल्चा लागेको छ ।’ उनले भने ‘चार दिन भयो, धारचुला पुगेको ।’ एक दिन उद्योग वाणिज्य संघको समन्वयमा धारचुला व्यापार मण्डलले खिचडी खानाको व्यवस्था गरेको थियो । ‘त्यसपछि खान पाएका छैनौ । मंगलबार दुई चम्चा माइक्रोनी खुवाएको थियो ।’ उनले भने । ६ सय बढि नेपालीलाई कति नै पुग्थ्यो र उनको पीडा थियो ।

गाई बाध्ने ठाउँमा मान्छेको भीड छ । उनीहरुले महाकालीको धमिलो पानी खानुपर्छ । ‘त्यहि शौचालय गर्यो, त्यहि पानी खानुपर्छ ।’ उनले भने ‘हामी नेपाली हैन भने हाम्रो नागरिकता खारेजी गरिदिए हुन्छ ।’ नेपाल सरकारले रोजगारीको व्यवस्था नगरेकाले भारतमा मजदुरी गर्न गएका उनी अहिले आफ्नै गाउँ फर्किदा देशको ढोकामै ताला लगाएर रोकेकोमा दुःखी छन् ।

पिथौरागढ डिडीहाटमा सडक क्षेत्रमा काम गरि फर्किएका मार्मा गाउँपालिका ५ का करन महता आक्रोस पोख्दै भन्छन् ‘सरकार हामीलाई आफ्नो देश फर्काउन सक्दैनौ भने सिमानामा गोली ठोेकेर मार ।’ आफनै देशको क्वारेन्टाइनमा बस्न चाहन्छौ भन्दा पनि पूल नखुलेकोमा गुनासो पोख्दै भने ‘दुई महिना अघि काम गर्न गएका महता चार दिनदेखि धारचुलामा अलपत्र छन् ।’

बझाङ जिल्ला बुङ्गल नगरपालिका ३ का विरेन्द्र कामीले फोनमा रुदै भने । ‘मजदुरी गर्ने ठाउँमा भारतीयले गाली गलौच गरे । घर फर्क भने । यहाँ सीमामा पुगेपछि नेपाल आउनै दिदैन् ।’

एक रात काट्न महिनौ काटे जस्तै भएको छ । भोक पेटले कति दिन टिक्छ । फोहोरी जिन्दगी भएको छ । गौशालामा कोचिएर बस्नुपरेको पीडा सुनाउँदै उनले भने, ‘बजार तिर प्रहरीले छिर्नै दिएको छैन् ।’

पाैडी खेल्न जान्नेहरू महाकाली तरे

पौडी खेलेर जान सक्ने सयौं व्यक्ति महाकाली तरेर गइसकेका छन् । देवेन्द्र कामीले भने, ‘नदी तर्न नसक्ने आँट नभएका हामी पशुसरह बसेका छौ ।’

मंगलबार धारचुलामा पूलबाट नेपाल प्रवेश गर्न नपाएपछि व्यास गाउँपालिका वडा नम्बर ४ डोकटबाट २० जना, दत्तुबाट १० जना र छारछुमबाट ३ जना नेपाली प्रवेश गरेका छन् । व्यासको हुती पुगेका नेपालीहरुलाई सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा जिम्मा लगाउने गरी जिल्ला पठाइएको इलाका प्रहरी कार्यालय हुतीका प्रहरी निरीक्षक प्रेम खड्काले बताए । रानिस्थान आधारभूत विद्यालयको क्वारेन्टाइमा खाना खुवाएर उनीहरुलाई खलंगा पठाइएको छ उनले भने ।

यस्तै छारछुममा महाकाली तरेर नेपाल छिरेका ६ जना नेपालीलाई महाकाली नगरपालिकाको क्वारेन्टाइनमा ल्याइएको महाकाली नगरपालिकाका सूचना अधिकारी युवराज जोशीले बताए । यिनीहरुलाइ पनि सम्बन्धित ठाउँ पठाउने तयारी छ ।
आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको मन्त्रीपरिषद बैठकले सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरूलाई नेपाल ल्याउने निर्णय गरेको थियो । बैठकले स्थानीय तहले क्वारेन्टाइनमा राख्ने गरी सीमामा अलपत्र परेका नेपाली उद्धार गर्ने निर्णय गरेपनि नेपाली सीमामै छटपटाइरहेका छन् ।

मंगलबार भारतको धारचुलामा ६६० जना नेपालीलाइ भारतले खान बस्नको व्यवस्थान गरेको जनाएको छ । चार ठाउँमा सेल्टर राखेर उनीहरुको व्यवस्थापन गरेको हो । भारतले धारचुला ज्वाहरलाल स्टडियममा ३२५ जना, बालुवकोट महाविद्यालयमा ६० जना, जिआइसी कलेजमा ११० जना र काजी हाउँमा १६५ जनालाई सेल्टर गरेर उद्धार गरेको उल्लेख गरेको छ ।

धारचुलामा नेपाल प्रवेश गराई पाउँ भन्दै दुई दिनसम्म धर्ना दिए पनि उनीहरुले नेपाल प्रवेश नपाएपछि नेपालीहरुले अहिले पशु सरह महाकाली बगमा बाँस बस्न बाध्य छन् । आफुहरु नेपाली भएको र नेपालकै क्वारेन्टाइनमा बस्न चाहन्छौ भन्दा पनि उनीहरुले नेपाल प्रवेश नपाएका हुन् ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले भने अहिलेलाई उनीहरुलाई भारतकै क्वारेन्टाइनमा राख्ने व्यवस्थापन गरिएको बताए । तत्काल उद्धारयताबाट सम्भव छैन् उनले भने । हामीले भारतसँग समन्वय गरेरै व्यवस्थापन गरिएको उनले जानकारी दिए ।

सामाजिक सञ्जालमा नेपालका तीन तहका सरकारले आफ्ना नागरिकको उद्धार गर्न नसकेको व्यापक आलोचना भइरहेको छ ।

(Visited 248 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२३५

काठमाडौं । शनिबार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार थपिएका संक्रमित मध्ये २ सय...

खर्च गर्नेलाई होटलमा, अन्यलाई सरकारी क्वारेन्टिनमा

गलकोट । बागलुङ नगरपालिकाले विदेशबाट आउनेलाई क्वारेन्टिनको दुई विकल्प दिएको छ । सरकारले शुक्रबारदेखि तेस्रो मुलुकमा रहेका नेपालीको उद्धार थालेपछि बागलुङ भित्रिनेले इच्छाअनुसारको क्वारेन्टिनमा...

कोरोना संक्रमणबाट डोल्पामा एकको मृत्यु, मृतकको संख्या १२ पुग्यो

सुर्खेत । कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । जगदुल्ला गाउँपालिका–३ डोल्पाका ५८ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि...

जनकपुरको प्रादेशिक अस्पतालबाट १५ जनाले जिते कोरोना

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधाम अन्तर्गत रहेको कोरोना विशेष अस्पतालबाट १५ जनाले कोरोना जितेका छन् । गत जेष्ठ ९ गते कोरोना पुष्टि भएर अस्पतालमा...

भर्खरै

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२३५

काठमाडौं । शनिबार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार थपिएका संक्रमित मध्ये २ सय...

विजयी यादव निर्विजको ‘रुपवा सलोना’ गीत सार्वजनिक (भिडियाेसहित)

कलैया । भोजपुरी भाषाको फिल्म, गीत, संगित प्रति बढदै गईरहेको जनचाहनासंगै नेपाली कलाकारले समेत उत्कृष्ट गीत सार्वजनिक गर्न थालेका छन् । निर्विज प्रोडक्सन काठमाडौंको प्रस्तुतीमा...

विदेशबाट घर आउन चाहने सबैलाई फिर्ता ल्याऊ : काँग्रेस

काठमाडाैं । नेपाली काँग्रेसले स्वदेश आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउन सरकारसँग आग्रह गरेको छ । काँंग्रेसको केन्द्रीय जनसम्पर्क समिति समन्वय विभागले...

सप्तरीमा ७ संक्रमित थपिए, ७५ दिनमा संक्रमितको संख्या ७७ पुग्यो

सप्तरी, राजविराज । सप्तरीमा दिनहु कोरोना संक्रमित थपिने क्रम बढदो छ । पछिलो पटक शनिबार पनि ७ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको हो...

धेरै पढिएका

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२३५

काठमाडौं । शनिबार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार थपिएका संक्रमित मध्ये २ सय...

विजयी यादव निर्विजको ‘रुपवा सलोना’ गीत सार्वजनिक (भिडियाेसहित)

कलैया । भोजपुरी भाषाको फिल्म, गीत, संगित प्रति बढदै गईरहेको जनचाहनासंगै नेपाली कलाकारले समेत उत्कृष्ट गीत सार्वजनिक गर्न थालेका छन् । निर्विज प्रोडक्सन काठमाडौंको प्रस्तुतीमा...

विदेशबाट घर आउन चाहने सबैलाई फिर्ता ल्याऊ : काँग्रेस

काठमाडाैं । नेपाली काँग्रेसले स्वदेश आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउन सरकारसँग आग्रह गरेको छ । काँंग्रेसको केन्द्रीय जनसम्पर्क समिति समन्वय विभागले...

सप्तरीमा ७ संक्रमित थपिए, ७५ दिनमा संक्रमितको संख्या ७७ पुग्यो

सप्तरी, राजविराज । सप्तरीमा दिनहु कोरोना संक्रमित थपिने क्रम बढदो छ । पछिलो पटक शनिबार पनि ७ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको हो...

ई-पेपर

(Visited 35 times, 1 visits today)