बस खोलामा फाल्दिन्छु भन्थे, डुबेकै अवस्थामा भेटियो

लमजुङ । लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिका–७ को ङादी नजिकै बालुवा पहिरोमा खसेको बस निकालिएको छ । सो बसका चालक भने फेला परेका छैनन् । उनको मोबाइल र चप्पल गाडी खसेकै ठाउँमा फेला परेको प्रहरीले आइतबार जनाएको छ ।

सो बस शनिबार राति खसेको आँकलन गरिएको छ । सो बसका चालक ४० वर्षीय खेमबहादुर भुजेल रहेको तर बसमा यात्रु नभएको बताइएको छ ।

बेसीसहर–ङादी रुटमा चल्ने ध१ख ३७२ नम्बरको बस बिग्रिएको भन्दै श्रीमानले फोनमा जानकारी गराएको चालककी श्रीमती कमला तामाङले बताइन् ।

राति करिब साढे १२ बजे बस बिग्रिएको हुँदा बनाएर आउँदै छु भन्दै चालक भुजेलले आफूलाई फोनमा बताएको उनकी श्रीमती कमला तामाङले बताएको सोही गाउँपालिका– ३ स्थित खुदी प्रहरी चौकीका प्रमुख सहायक प्रहरी निरीक्षक प्रेमप्रसाद शर्माले बताए । उनका अनुसार पहिले पहिले पनि कहिलेकाँही आउँछु भन्ने र नआउने गरेको हुँदा रातमा खोजी नगरेको श्रीमतीको भनाइ छ । बिहान स्थानीयले नदीमा गाडी डुबेको देखेपछि खोजतलासको काम भइरहेको प्रहरी भनाइ छ । नदीमा डुबिरहेको बस सडक किनारमा ल्याइएको छ ।

खुदी प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक शर्माका अनुसार चालकको मोबाइल र चप्पल बस खसेकै स्थानमा भेटिए पनि उनलाई फेला पार्न सकिएको छैन । उनले भने, ‘चालकले कहिलेकाहीं श्रीमतीलाई गाडी खोलामा फालेर बेपत्ता भइदिन्छु भन्ने धम्की दिने गरेका रहेछन्, उनी फेला पर्छन् कि भन्ने आधार त्यही मात्रै हो ।’

तपाइको प्रतिक्रिया
(Visited 1,499 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

तीनपटक सकारात्मक सर्किट लागेको सेयर बजार सयमअगावै बन्द

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुरमा तीन उम्मेदवार निर्विरोध निर्वाचित