नेपाल सेमिफाइननलमा प्रवेश

काठमाडौं । नेपाल आईसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको बांगीमा सोमबार भएको खेलमा कतारलाई ९ विकेटले पराजित गर्दै एक खेलअघि नै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । 

लगातार चौथो जित निकालेर सेमिफाइनल यात्रा सुरक्षित गरेको समूह ए बाट नेपालले मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट र भुटानलाई तीन विकेटले पराजित गरेकोे हो । सोमबार भएको खेलमा कतारले जितको लागि दिएको ७५ रनको सामान्य  लक्ष्य नेपालले १० दशमलव ३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो ।

नेपालको जितमा काजल श्रेष्ठले २८ बलमा ४ चौकाको मद्दतमा सर्वाधिक ३२ रनको योगदान दिइन् । त्यस्तै इन्दु बर्मा १२ बलमा ३ चौकासहित २० रन र सीता रानामगर २३ बलमा १७ रनमा अविजित रहे । 

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रन जोडेको थियो । 

नेपालका लागि इन्दु बर्माले ३ विकेट लिइन् भने पूजा महतो र कविता जोशीले समान एक विकेट लिए । नेपालले समूह चरणको अन्तिम खेल बुधबार युएईसँग खेल्नेछ ।
 

तपाइको प्रतिक्रिया
(Visited 100 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

तीनपटक सकारात्मक सर्किट लागेको सेयर बजार सयमअगावै बन्द

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्वतन्त्र उम्मेदवारलाई जनताको हितमा काम गर्न सघाउनुपर्छ : महामन्त्री शर्मा