एमाले लुम्बिनी अधिवेशन : ५ पदाधिकारीका लागि १५ जनाको उम्मेदवारी

काठमाडौँ । नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा उम्मेदवारी दर्ता प्रक्रिया सकिएको छ । ५ सदस्यीय पदाधिकारीका लागि १५ जनाको उम्मेदवारी परेको हो ।

अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरि रिजालले आइतबारै निर्वाचन समितिमा उम्मेदवारी दर्ता गराएका थिए । कँडेल उपाध्यक्ष विष्णु पौडेल र रिजाल महासचिव शङ्कर पोखरेल निकटका हुन् । कँडेल एमालेको लुम्बिनी प्रदेशको तदर्थ समितिका निवर्तमान अध्यक्ष हुन् भने रिजाल केन्द्रीय सदस्य हुन् ।

उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, विश्वराज बराल र बाँकेका पूजन विश्वकर्माको उम्मेदवारी रहेको छ । सचिवमा दाङका लक्ष्मण आचार्य र सोमनाथ सापकोटाको उम्मेदवारी परेको छ ।

उपसचिव खुलामा ४ र महिलामा ३ जनाको उम्मेदवारी छ । उनीहरू उपेन्द्रलाल कामी–रुकुम पूर्व, दुर्गाप्रसाद थारू चौधरी-बाँके, पूर्ण बुढामगर-रोल्पा र हिरा एसी-गुल्मी हुन् । यस्तै, महिला उपसचिवमा बाँकेकी आरती पौडेल, वसन्ती अधिकारी र बाँकेकी लीला रानामगरको उम्मेदवारी रहेको छ ।

लेखा समिति अध्यक्षमा दामोदर घिमिरे, गुणनिधि भुसाल र विष्णुराज बिसीको गरी ३ जनाको उम्मेदवारी परेको निर्वाचन कमिटीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 52 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाटीले उपेक्षा गरेको भन्दै एमालेका राउत र खड्काले नगर प्रमुखमा उम्मेदवारी दर्ता