लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । ललितपुरको पुल्चोकस्थित जलस्रोत अनुसन्धान विकास केन्द्रका लेखा अधिकृत तोरणबहादुर कार्की भ्रष्टाचार मुद्दामा मुछिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

वैधभन्दा चार गुणा बढी अवैध आर्जन

कार्कीले २०५३ देखि २०७९ सम्म जागिर अवधिमा १ करोड ८ लाख ४८ हजार ५ सय ९० रुपैयाँ ६ पैसा वैधानिक आर्जन गरेको देखिएको अख्तियारले जनाएको छ । उनले अवैधरूपमा ४ करोड ६७ लाख ३८ हजार ७ सय ८० रुपैयाँ गैरकानुनी आर्जन गरेको देखिएको भन्दै आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनले सिर्जना गरेको खर्च तथा लगानीतर्फ घर निर्माण खर्च, जग्गा खरिद र रजिस्ट्रेसन दस्तुर, अध्ययन खर्च, ऋण लिएवापत तिरेको साँवा ब्याज, बिमा प्रिमियमवापत तिरेको रकम, सवारी साधन खरिद, विभिन्न कम्पनीको सेयर खरिद तथा लगानी गर्दा भएको खर्च, पुँजीगत लाभकर, घर वहाल कर, बैंक मौज्दात गरी ५ करोड ७५ लाख ८७ हजार ३ सय ७० रुपैंयाँ बहत्तर पैसा देखिन आएको अख्तियारले जनाएको छ ।

सो सिर्जित आयबाट निजको व्यय घटाउँदा ४ करोड ६७ लाख ३८ हजार ७ सय ८० रुपैयाँ ६७ पैसा बराबर रकम अवैध आर्जन गरेको देखिएको अख्तियारले जनाएको छ । सोहीअनुसार उनीविरुद्ध ४ करोड ६७ लाख ३८ हजार ७ सय ८० रूपैयाँ ६७ पैसा बिगो कायम गरी मागदाबी लिइएको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

कार्कीले घर निर्माण, जग्गा खरिद तथा विभिन्न कम्पनीमा सेयरलगायत स्रोत नखुलेको सम्पत्ति जोडेको पनि भेटिएको थियो । अख्तियारका प्रवक्ता दाहालले सार्वजनिक सेवामा रहँदा कार्कीले पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अनुसन्धानबाट पुष्टि भएपछि बिगो कैद र जरिमाना, स्रोत नखुलेको सम्पत्ति जफतको मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरिएको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 109 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुदूरपश्चिम ८८ मध्ये १९ पालिकामा मतगणना सम्पन्न (सूचीसहित)