कानुन पढाउने विद्यालय नै कानुनविपरीत सञ्चालन

वीरगन्ज । कानुन पढाउने विद्यालय नै कानुनविपरीत सञ्चालन भइरहेको छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, पर्साको जिल्ला अदालतसँगै जोडिएको ‘वीरगन्ज स्कुल अफ ल’ नीगिगत दायरा बाहिर सञ्चालन भइरहेको पाइएको छ । स्थानीय तहअन्तर्गत शिक्षा क्षेत्र आएपछि सो विद्यालय सञ्चालनको डेढ वर्षपछि अनुमति नै नलिई चलेको भेटिएको हो ।

आठ शैक्षिक संस्थामा शिलबन्दी

गैरकानुनी ढंगबाट चलेको भेटिएपछि वीरगन्ज महानगरपालिकाले सो शैक्षिक संस्थामा शिलबन्दी गरेको छ । वीरगन्ज महानगरपालिकाले अनुमति नै नलिई सञ्चालन गरेको भन्दै प्लस टु पढाइरहेको वीरगन्ज ‘स्कुल अफ ल’सहित सातवटा कलेज र एउटा प्रिस्कुलमा शिलबन्दी गरेको छ । अहिलेसम्म जम्मा आठवटा शैक्षिक संस्था बन्द गरिएको वीरगन्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले जनाएको छ ।

वीरगन्ज–१३ मा रहेको वीरगन्ज ‘स्कुल अफ ल’सहित पहिलो चरणमा वीरगन्ज–११ मा रहेको इम्पेरियल कलेज, वीरगन्ज–५ मा रहेको बिजी बी किड्स विद्यालय, वीरगन्ज–१६ मा रहेको श्री माइस्थान बालविद्या मन्दिर इन्दुलाखे आधारभूत विद्यालय, गहवामा रहेको अन्नपूर्ण कलेज, वीरगन्ज–११ कै युनिभर्सल एकेडमी, वीरगन्ज–८ मा रहेको युनिभर्सल प्लस टु कलेज र प्रिन्सटन मोडेल एकेडमी कानुनविपरीत सञ्चालन भएको पाइएको वीरगन्ज महानगरपालिकाले जनाएको छ । दर्ताबिना सञ्चालनमा रहेका १८ वटा कलेज र केही विद्यालय पनि कानुनी दायरा बाहिर रहेको भन्ने सूचनाका आधारमा महानगरको अनुगमन समितिले अनुगमन गर्दा अनुमति नै नलिई सञ्चालन गरेको भेटिएको र त्यसपछि शिलबन्दी गरिएको वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहका जनसम्पर्क सल्लाकार नवराज फँुयालले बताए । ‘महानगर प्रमुख सिंहको निर्देशनअनुसार विद्यालय नियमन गर्न गठित समितिले छड्के अनुगमन गर्दै सिलबन्दी गर्ने अभियान भदौ १३ गतेबाट सुरु गरेको हो,’ उनले भने ।

महानगरपालिकाले जसपाका वीरगन्ज महानगर अध्यक्ष ईश्वरचन्द्र यादवको संयोजकत्वमा नियमन समिति गठन गरेर शैक्षिक प्रशासन महाशाखाका अधिकृत सम्मिलित टोलीलाई छड्के जाँचका लागि खटाएको छ ।

कक्षा सञ्चालन अनुमतिलगायतका कागजात माग गर्दा उक्त शैक्षिक संस्थाले आवश्यक काजगपत्र देखाउन नसकेपछि दायरामा ल्याउन कडाइ थालिएको वीरगन्ज महानगर प्रमुख राजेशमान सिंहले बताए । आवश्यक कागजातबिना नै कक्षा ११ र १२ कक्षा सञ्चालन गरिरहेको अनुगमनका क्रममा भेटिएको वीरगन्ज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका शिक्षा अधिकृत आनन्द लामिछानेको भनाइ छ । वीरगन्ज ‘स्कुल अफ ल’ले पिस जोन एकेडेमी र इम्पिरियल कलेजले ओसिस विद्यालयको अनुमतिको आधारमा कक्षा ११ र १२ सञ्चालन गरिरहेको पाइएको उनले जनाए । नियमानुसार अरू विद्यालयले लिएको अनुमतिका आधारमा नाम अथवा ठाउँ परिवर्तन गरेर विद्यालय सञ्चालन गर्न पाइँदैन ।

त्यस्तै, कक्षा ११ र १२ लाई कलेज भनेर सञ्चालन गर्ने अनुमति पनि विद्यालयसँग नरहेको वीरगन्ज महानगरको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ । उता बिजी बी किड्सले भने झन् कुनै पनि अनुमति नै नलिएको भेटिएको अनुगमन टोलीका संयोजक ईश्वर यादवले बताए । सिलबन्दी गरिएका विद्यालयलाई आवश्यक कागजात र इजाजतसहित महानगरमा उपस्थित हुन भनिएको टोलीमा सहभागी सदस्यले बताए । अनुमतिका लागि आवश्यक कागजात लिएर महानगरमा आई नदेखाएसम्म ती शैक्षिक संस्थाले कुनै पनि शैक्षिक गतिविधि गर्न नपाउने अनुगमन समितिले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 92 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यी हुन् राप्रपाले जितेका स्थान, कुन-कुन पालिकामा अग्रता ? (सूचीसहित)